२० वैशाख २०८१ बिहीबार
image/svg+xml

खोप लगाएकाले पनि सार्छन् भाइरस

भाइरसका अन्य प्रजातिभन्दा फरक हिसाबले खोप लगाए पनि डेल्टा भेरियन्टका संक्रमितले अन्यलाई भाइरस सार्ने देखिएको छ,’ सिडिसीका निर्देशक रोसेल वालेन्स्कीले शुक्रबार भने। उनले अध्ययनको नतिजा चिन्ताजनक रहेको र यही नतिजाका कारण अमेरिकाले मास्कसम्बन्धी निर्देशिका परिमार्जन गर्नुपरेको बताए।

उपत्यकामा फेरि बढ्यो संक्रमण

पछिल्लो २४ घण्टामा उपत्यकामा ९ सय ४ जना नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिन ७ सयको हाराहारीमा संक्रमित भेटिएका थिए।

टेकुमा कोभिड १९ विरुद्धको खोप प्रमाणीकरणमा भीड, विदेश जानेलाई सास्ती

अमेरिका जाने तयारीमा रहेका विराटनगरका सरोज कटुवाल खोप लगाएर प्रमाणीकरण कागज लिन तीन दिनअघि काठमाडौं आएका हुन्। बुधवार वीर अस्पतालमा तीन घण्टा लाइन बसेपछि खोप लगाउन पाए। बिहिवार ३ बजे प्रमाणीकरण कागज लिन टेकु अस्पतालमा लाइन बसेको १२ घण्टापछि उनको पालो आयो र कोभिड खोप प्रमाणीकरण पत्र पाए।

अब ३ महिनाभित्र कोरोना खोप तयार हुन सक्छ : डब्लुएचओ

डब्लुएचओका महानिर्देशक डा. टेड्रोस एडहनम गेब्रियससले मंगलबार यस वर्षको अन्तिमसम्ममा खोप आउन सक्ने आशा व्यक्त गरेका हुन्।

रुसमा बनेको कोरोना खोप भारतमा पनि परीक्षण हुँदै

भारतको हैदरावादस्थित औषधि निर्माता कम्पनी ‘डाक्टर रेड्डीज ल्याबोरेटरी’को नेतृत्वमा अबको केही हप्तापछि खोपको परीक्षण हुने भएको हो।

खोप नआए के होला ?

सबैभन्दा राम्रो खोप पनि अल्पकालका लागि र आंशिक हिसाबले मात्र सफल भएको अवस्थामा समेत आनीबानीमा परिवर्तन र विभिन्न एन्टीभाइरल औषधि सेवन कोरोना महामारी नियन्त्रण गर्न उपयोगी हुनेछन्।

खोप अवरुद्ध हुन नदिन छुट्टै स्वास्थ्यकर्मी खटाइने

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण बालबालिकाको खोप प्रभावित भएपछि सबै सरकारी स्वास्थ्य संस्था एवं स्थानीय तहहरूले अनिवार्य रूपमा छुट्टै स्वास्थ्यकर्मी खटाउने भएका छन् । कोरोना संक्रमणका कारण नियमित रूपमा लगाउनुपर्ने खोप प्रभावित भएपछि सबै सरकारी अस्पताल, स्वास्थ्यचौकी र स्थानीय तहबाट छुट्टै स्वास्थ्यकर्मी खटाई खोप सञ्चालन गर्न लागिएको हो ।

नगरपालिकाभित्रैकै बालबालिका खोपबाट वञ्चित

जन्मिएदेखि १५ महिनासम्मका बालबालिकाले विभिन्न रोगविरुद्ध लगाउने सात वटा खोप नगरपालिकाका केहि बस्तीका बालबालिकाले पाएका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्