११ मंसिर २०८१ मंगलबार
image/svg+xml

संसदीय दलको विधान टुंग्याउँदै राजपा

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय दल सम्बन्धी विधानलाई मंगलबार औंपचारिक रुपमा टुंग्याउने भएको छ।  सिंहदरबारमा साेमबार बसेको राजपा संसदीय दलको बैठकले विधानको मस्यौदा उपर छलफल गरी सांसदहरुको थप राय सुझाव लिएर विधानलाई पारित गर्ने निर्णय गरेको हो।

राजपामा अध्यक्षमण्डल खारेज हुने

राजपामा अध्यक्षमण्डल खारेज हुने भएको छ। राजपाको शनिबार बसेको राजनीतिक समितिको बैठकले पार्टीको महाधिवेशनपछि अध्यक्षमण्डल खारेज गर्नेगरी विधान पास गर्ने विषयमा सहमति जनाएको छ।

राजपामा दलका नेता चयन प्रक्रिया अन्योलमा

संसदीय दलको नेतामा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र अध्यक्षमण्डलक सदस्य राजेन्द्र महताले इच्छा देखाएपछि राजपामा संसदीय दलको नेता चयन गर्ने प्रक्रिया लम्बिँदै गएको छ।

महाधिवेशनपछि एउटा मात्र अध्यक्ष राख्न राजपामा दबाब

राष्ट्रिय जनता पार्टी नेपालका अधिकांश नेताहरूले पार्टीमा ६ जना अध्यक्ष राख्दा पार्टी गतिहीन भएको आरोप लगाउँदै महाधिवेशनपछि एकजना मात्र अध्यक्ष राख्न दबाब दिएका छन्।

राजपाको महाधिवेशन वैशाखमा, रेशम चौधरीलाई रिहा गर्न माग

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले निर्वाचित सांसद रेशम चौधरीलाई शीघ्र रिहाइ गर्न सरकारसँग माग गरेको छ।

गोला प्रथामा कांग्रेस र राजपा ठगिए: कसकोअवधि कति? (सूचीसहित)

राष्ट्रिय सभाका कुल ५९ सदस्य मध्ये कसको कार्यकाल कति वर्षको हुने भन्ने आज गोला प्रथाबाट तय भएको छ । गोला प्रथामा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी ठगिएका छन् । नेपाली कांग्रेसका १३ जना मध्ये ७ जना सांसद २ वर्षे अवधिमा परेका छन् । कांग्रेसका २ जना ४ वर्षे र ४ जना ६ वर्षे अवधिमा परेका छन् ।

राजपा सात महिनासम्म संसदीय दलको नेताविहीन

प्रतिनिधिसभाको निर्वाचन भएको करिब सात महिना हुन लाग्दा पनि राष्ट्रिय जनता पार्टी (राजपा)नेपाल संसदीय दलको नेताविहीन भएको छ। राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर बिरामी हुँदा राजपामा दलको नेता चयन नभएको राजपाका नेताहरूले जनाएका छन्।

‘राजपा एक साताभित्रै सरकारमा, महन्थ सभामुख बन्न तयार’

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारमा सहभागी हुने तयारी गरेको छ। केपी शर्मा ओली नेतृत्वको बहुमत सरकारमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सहभागी भएसँगै राजपाले पनि तयारी थालेको हो।

राजपा पनि सरकारमा जान इच्छुक : संयोजक ठाकुर

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुरले राजपा पनि सरकारमा जान इच्छुक रहेको बताएका छन्।उनले सरकारमै जान पार्टी बनेको भन्दै यद्यपि आफ्नो पार्टीले सरकारमा जाने निर्णय भने गरी नसकेको बताए।

राजपालाई असारसम्म महाधिवेशन गर्न निर्देशन

पार्टी एकीकरण भएको एक वर्ष बितिसक्दा पनि महाधिवेशन गर्न अलमल गरिरहेको राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचन आयोगले अगामी असार २९ सम्म महाधिवेशन गर्न निर्देशन दिएको छ।

‘राजपाले प्रदेश २ को सरकार छोड्ने, केन्द्रमा समर्थन फिर्ता लिने’

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश नम्बर २ को सरकारबाट बाहिरिने तयारी गरेको छ। राजपाका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले प्रदेश नम्बर २ को फोरम नेतृत्वको सरकारबाट आफ्नो पार्टी फिर्ता हुने जानकारी दिए।

संघीय फोरम र राजपाबीच दूरी बढ्दै

संघीय समाजवादी फोरम नेपालको सत्तारोहणसँगै प्रदेश २ मा सहयात्रा गरिरहेका राष्ट्रिय जनता पार्टी र संघीय फोरमबीच दूरी बढेको छ । राजपाका नेताहरूले फोरम मधेसका मुद्दा छाडेर सरकारमा गएको आरोप लगाएका छन्। राजपा भने तत्काल सरकारमा जाने सम्भावना छैन। सरकारमा जान राजपाले रेशम चौधरीको रिहाइ हुनुपर्ने र संविधान संशोधन हुनुपर्ने शर्त राखेको छ।

सरकारमा जान फाेरमले राजपासँग छलफल गर्ने, राजपा नेता भने सशंकित

सरकारमा जाने सहमति गरेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा)सँग पनि सल्लाह गर्ने भएका छन् ।

फोरमसँग सम्बन्ध चिसिएपछि राजपा फकाउँदै ओली

संघीय समाजवादी फोरम नेपालसँग सम्बन्ध चिसिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेस केन्द्रित अर्को दल राष्ट्रिय जनता पार्टी नेपाललाई सरकारमा ल्याउने तयारी गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनपकुर भ्रमणका क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बोलेको अभिव्यक्तिपछि प्रधानमन्त्री र संघीय फोरमबीच सम्बन्ध चिसिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्