पटना आउने रेल दुर्घटना हुँदा कम्तीमा ९१ जनाको मृत्यु
भारतको कानपुरमा रेल दुर्घटना हुँदा कम्तीमा ९१ जनाको ज्यान गएको छ। भारतको इन्दोरबाट पटना आइरहेको उक्त रेल कानपुरको पुख्र्यानमा लिकबाट बाहिर गएर पल्टिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनामा १ सय जनाभन्दा बढी घाइते भएका छन्।