१० मंसिर २०८१ सोमबार
image/svg+xml

धराशायी बन्दै सिमेन्ट उद्योग, क्षमताको ४० प्रतिशत मात्र उत्पादन

सरकारको पुँजीगत खर्च कमजोर, निर्माण क्षेत्र चलायमान नहुँदा सिमेन्ट उद्योग धराशायी बनेका छन्। बजारमा सिमेन्टको माग घटेर उद्योगहरूले उत्पादन कटौती गर्दा सिमेन्ट उद्योगको नाफामा उच्च गिरावट आएको छ।

ह्वासिनको साढे ६ अर्ब लगानी स्वीकृत

सरकारले ह्वासिन नारायणी सिमेन्ट परियोजनाका लागि करिब साढे ६ अर्ब रूपैयाँको थप लगानी स्वीकृत गरेको छ।

तीन दिनयता अवरुद्ध टिफर सहमतिपछि सञ्चालन

विगत तीन दिनयता अवरुद्ध मारुती सिमेन्ट उद्योगका टिफर शुक्रबारदेखि सुचारु भएको छ। कटारी नगरपालिका ४ गबुवाका स्थानीयबासीसँग उद्योगको सहमतिपछि शुक्रबारदेखि टिफर सुचारु भएको हो।

अर्घाखाँची सिमेन्ट र एनएमबी क्यापिटलबीच सम्झौता

अर्घाखाँची सिमेन्टले सर्वसाधारणमा प्राथमिक सेयर सार्वजनिक गर्न एनएमबी क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

साता दिनदेखि सौर्य सिमेन्टको चुनढुङ्गा खानी बन्द

स्थानीयको लगातार अवरोधका कारण बन्द रहेको उदयपुरको कटारी ८ गाल्टारस्थित सौर्य सिमेन्टको चुनढुङ्गा खानी साता दिन बित्दा पनि सुचारु हुन सकेको छैन।

चुनढुङ्गा खानी बन्द गर्न स्थानीयको माग

कटारी नगरपालिका ८ नं. वडावासीले अत्याधिक प्रदुषण बढेको, चुनढुङ्गा ओसारपसार गर्ने टिफरले वर्षेनी सडक क्षति गर्ने गर्दा धुलो र हिलोको सामना गर्नुपरेको भन्दै खानीहरु बन्द गर्न माग गरेका हुन्।

सिमेन्ट निर्यातले जगायो आशा

मुलुकको व्यापार घाटामा ठुलो खाडल रहेको अवस्थामा सरकारले लिएको सही नीतिका कारण सिमेन्ट निर्यातले वैदेशिक व्यापारमा आशा जगाएको छ।

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पुनः सुरु

साढे तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको पुनःउत्पादन सुरु गरेको छ।

प्रधानमन्त्री दाहाल शनिबार उदयपुर आउँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल आउँदो शनिबार उदयपुरको समग्र विकास निर्माणको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यले उदयपुर आउने कार्यक्रम छ।

उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक पौडेलसहित आठ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उद्योग सञ्चालनको मागसहित हेटौँडा सिमेन्टमा आन्दोलन

विगत ४ महिना भन्दा बढी समयदेखि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगको क्लिङ्कर उत्पादन सुरु गर्नुपर्ने मागसहित कार्यरत कर्मचारीहरू आन्दोलित भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्