९ असार २०८१ आइतबार
image/svg+xml

भारत-चीन वाक्युद्ध र नेपाल

यी दुईको झगडामा बोल्नु हाम्रा लागि हितकर र आवश्यक दुवै छैन। तीनैवटा छिमेकी देशमध्ये कसैले आफ्नो पक्षमा बोल्न दबाब दिए भने पनि त्यसबाट बच्नुपर्छ।

प्रधानमन्त्री भदौ ७ मा भारत जाने

प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ ७ देखि १२ गतेसम्म भारत भ्रमण गर्ने भएका छन्। पाँचदिने भ्रमण क्रममा उनी नयाँदिल्ली, हैदराबाद र पटना सहर पुग्ने कार्यक्रम छ। भ्रमणमा उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन्।

डोक्लम क्षेत्रबाट भारतीय सेना फिर्ता

चीन र भारतको विवादित सीमा क्षेत्र डोक्लमबाट भारतीय सैनिक फिर्ता भएका छन्। डोक्लममा गत १८ जुनदेखि चार सय भारतीय सैनिक तैनाथ गरिएको चीनको दाबी छ। तैनाथ सैनिक उक्त क्षेत्रबाट हटाउनका लागि चीनले भारतलाई चेतावनी दिँदै आएको थियो।

भूपरिवेष्ठित देशको नाताले भारतसँग सहयोग चाहन्छौँः डा महत

पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले भूपरिवेष्ठित देशको नाताले नेपालले भारतसँग अन्तर्राष्ट्रिय पहुँच र बजारका लागि सधैँ सहयोगको अपेक्षा गर्ने बताएका छन्।

नेपाल–भारत ओहरदोहर गरिरहन्छन् बाघ

वन्यजन्तुलाई बस्न राम्रो वन र आहारा भए पुग्यो । त्यो वन नेपालको होस् वा भारतको उनीहरूलाई के सरोकार । लामो सिमाना जोडिएको भारतको वालमिकी टाइगर रिजर्ब र नेपालको चितवन राष्ट्रिय निकुञ्जका बाघलाई पनि देशको सिमानाले रोक्ने छेक्ने कुरै भएन । आहारा र वासको खोजीमा बाघहरू कहिले नेपाल र कहिले भारत जाने आउने गरेको पाइएको छ ।

भारतीय म्युजिक भिडियोमा नेपाली मोडल

नेपाली मोडल आदिती बुढाथोकीले भारतीय म्युजिक भिडियोमा अभिनय गरेकी छन्। र्‍यापर रफ्तार र मनिन्दर बुट्टरको 'गल गोरिए' बोलको म्युजिक भिडियोमा उनले मोडलिङ गरेकी हुन्।

भारतको योजनाअनुसार संविधान संशोधन प्रयास: मोहनविक्रम सिंह

नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि खतरा बढ्दै गएको बताएका छन्।

भारतको पुनेमा नेपाली फिल्म

भारतको पुनेमा आगामी साउन १३ गतेदेखि आयोजना हुन लागेको एक कार्यक्रममा नेपालका १० फिल्म देखाइने भएको छ । ‘इन द ल्याप अफ दी हिमालयजः ए फेस्टिभल अफ फिल्मस् फ्रम नेपाल’ नामक कार्यक्रममा नेपाली फिल्म देखाइन लागिएको हो ।

चीन-भारत विवादबारे संसदमा बहस : नेपाल मुकदर्शक भएर बस्नु हुँदैन

चीन र भारतबीच विवाद चुलिँदै गएको अवस्थामा नेपालको संसदमा सो विषयले प्रवेश पाएको छ। सोमबारको बैठकमा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले यो विषयलाई उठाएका हुन्। चीन र भारत उत्तेजित भइरहेको दोक्लम विवादबारे नेपालका राजनीतिक दल तथा सरकारले छलफल गरी समान धारणा बनाउन आवश्यक रहेको उनले औंल्याए।

भारत र चीन वार्ता गर : अमेरिका

एक महिना भन्दा लामो समयदेखि भारत र चीनबीच दोक्लम क्षेत्रमा देखिएको तनावलाई वार्ताका माध्यमबाट समाधान खोज्न अमेरिकाले आग्रह गरेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले भारत–भुटान–चीनबीचको सीमा क्षेत्रमा उत्पन्न तनावलाई वार्ताका माध्यमबाट समाधान खोज्न आग्रह गरेको बताइएको छ।

भारतमा दुर्घटनामा परी ९ र चीनमा ११ जनाको मृत्यु

भारत र चीनमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ।

भारतविरुद्ध हेराथले श्रीलंकाको नेतृत्व लिने

दीनेस चन्डिमल अस्वस्थताका कारण अस्पतालमा भर्ना भएपछि रंगना हेराथले भारतविरुद्धको पहिलो टेस्टमा श्रीलंकाली टोलीको नेतृत्व गर्ने भएका छन्।

उत्तरी भारतमा बस दुर्घटना हुँदा २८ को मृत्यु, ७ गम्भीर

उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशमा बिहीबार भएको बस दुर्घटनामा कम्तीमा २८ व्यक्तिको मृत्यु भएको वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन्।

अमेरिकाद्वारा भारतीय नागरिकलाई आतंककारी घोषणा

भारतीय नागरिक रिकुटर मोहमद शफी अरमरलाई अमेरिकाले विश्व आतंककारी भएको घोषणा गरेको छ। उनीमाथि भारत र त्यसका सीमावर्ती क्षेत्रमा आतंक फैलाएको आरोप लागेको छ।

बंगलादेश भारतको नयाँ क्रिकेट प्रतिद्वन्द्वी

च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा बिहीबार बंगलादेशले भारतको सामना गर्दा यसले एसियामा नयाँ क्रिकेट प्रतिद्वन्द्वीको जन्म गराउनेछ। थोरै मात्र बंगलादेशी समर्थकले मासरफ मोर्टाजाको कप्तानीमा रहेको टोलीले अन्तिम ४ को यात्रा तय गर्ने आशा गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्