९ मंसिर २०८१ आइतबार
image/svg+xml

नेइमारको अनुपस्थिति निरन्तर

पेरिस सेन्ट जर्मन (पिएसजी) ले आइतबार लिग वानअन्तर्गत रेनिसविरुद्ध आफ्नो दोस्रो लिग खेल्दा सबैभन्दा महँगा ब्राजिलियन स्ट्राइकर नेइमार भने अनुपस्थित हुने भएका छन्।

नेइमारको भाउ मिलेन

पेरिस सेन्ट जर्मन (पिएसजी) ले ब्राजिली स्ट्राइकर नेइमारका लागि उनकै पूर्वक्लब बार्सिलोना र रियाल मड्रिडले गरेको अनुबन्धन प्रस्ताव अस्वीकृत गरेको छ। नेइमारको पूर्वक्लब बार्सिलोनाले उनका लागि पिएसजीसामु १ करोड युरोका साथै फिलिप कौटिन्होलाई पिएसजी पठाउने प्रस्ताव गरेको थियो। यता रियालले पनि नेइमारका लागि आकर्षष रकमका साथै गारेथ बेल र हामेस रोड्रिग्वेजलाई पेरिस पठाउने प्रस्ताव अघि सारेको थियो।

नेइमारको सरुवा चर्चा छायामा

पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च लिग वानमा निमिसमाथि ३–० को जितका साथ सुखद सुरुआत गर्दा स्ट्राइकर नेइमारको सरुवा चर्चा छायामा परेको छ।

नेइमारलाई लगाइएकाे बलात्कार मुद्दा स्थगित

ब्रजिलका चर्चित फुटबल खेलाडी नेरइमारमाथि लागेको बलात्कार अभियोगको अनुसन्धान गरिरहेका प्रहरीहरूले उक्त मुद्दा बन्द भएको बताएका छन्।

नेइमारद्वारा बलात्कारकाे आराेप अस्वीकार

ब्राजिलियन फुटबलर नेइमारले उनीमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन्। पेरिस सेन्ट जर्मन (पीएसजी)बाट खेल्दै आएका नेइमारलाई हालै एक महिलाले आफूमाथि यौन दुर्व्यवाहार गरेको आरोप लगाएकी थिइन्।

नेइमारको स्वागत

रूस विश्वकपमा सन्तोषजनक प्रदर्शन गर्न नसकेका ब्राजिलियन स्ट्राइकर नेइमारलाई बिहीबार पेरिस सेन्ट जर्मन (पिएसजी) फर्किने क्रममा दजनौं समर्थकले स्वागत गरेका छन्।

आलोचनाबाट निराश छैन : नेइमार

ब्राजिलियन स्ट्राइकर नेइमारले विश्वकपको आलोचनाले आफू निराश नभएको बताएका छन् । रूस विश्वकपमा आशा गरिएका खेलाडी नेइमारले अधिकांश समय प्रतिद्वन्द्वीविरुद्ध मैदानमा लडेर बिताएका थिए।

दुई खेलमा १४ मिनेट इन्जुरी, ५ फन्को घुम्दै मैदानमा लडे नेइमार

ब्राजिलियन फुटबल टोलीका स्ट्राइकर नेइमार राम्रो खेलका कारण नभई यतिबेला गलत नियतका कारण विश्वभरीनै चर्चामा छन्।

नेइमार नै ब्राजिलको मनोबल

पूर्ण रूपमा फिट नभए पनि स्ट्राइकर नेइमार शुक्रबार कोस्टा रिकाविरुद्ध मैदान उत्रिएर सुखद नतिजासाथ प्रतियोगिताकै दाबेदारमध्येको एक ब्राजिलको अघिल्लो चरण प्रवेश सम्भावना कायम राख्न चाहन्छन्।

नेइमारको शल्यक्रिया शुक्रबार

पेरिस सेन्ट जर्मन (पिएसजी) का स्टार नेइमारले ब्राजिलको बेलो होरिजोन्टेस्थित माटर डेई अस्पतालमा बिहीबार (नेपाली समयअनुसार शुक्रबार) शल्यक्रिया गर्नुपर्ने भएको ब्राजिली सञ्चारमाध्यमहरूले जनाएका छन्।

मेसी र नेइमारलाई हराउँदै रोनाल्डो बने उत्कृष्ट खेलाडी

लियोनेल मेसीलाई हराउँदै क्रिस्टियानो रोनाल्डो यसवर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्। बेलायतको लन्डनमा आयोजित पुरस्कार घोषणा कार्यक्रममा उनले मेसी र नेइमाइरलाई हराउँदै वर्षको उत्कृष्ट खेलाडी बन्न सफल भएका हुन्। उनले ४३.१६ प्रतिशत मत प्राप्त गरेका थिए।

बार्सिलोनाले नेइमारविरुद्ध मुद्दा चलाउने

ब्राजिली स्ट्राइकर नेइमारले बार्सिलोनासँग बोनसस्वरूप १ करोड डलर लिए पनि पछि सम्झौताविपरीत विश्व कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मन (पिएसजी) सँग सरुवा सम्झौता गरेकोमा स्पेनिस टोलीले उनीमाथि मुद्दा चलाउने भएको छ।

नेइमारबिना पनि जादु गर्ने चाहना

स्पेनिस सुपर कपअन्तर्गतको पहिलो लेगमा बार्सिलोनाले आइतबार चिर प्रतिद्वन्द्वी रियाल मड्रिडविरुद्ध खेल्दै छ। ब्राजिली स्ट्राइकर  नेइमारबिना पनि विजयी नतिजा निकाल्दै बार्सिलोना उच्च मनोबलका साथ ला लिगाको सुरुआत गर्न चाहन्छ।

नेइमारबिनाको बार्सिलोनालाई सफलता

नेइमारबिनाको यात्रालाई सहज बनाउने क्रममा बार्सिलोनाले सोमबार राति ब्राजिलियन क्लब सापाकोइन्जेमाथि ५–० को नतिजा निकालेको छ । गत वर्ष विमान दुर्घटनामा १९ खेलाडीसहित २४ क्लब अधिकारी गुमाएको सापाकोइन्जे अझै पीडाबाट मुक्त भइसकेको छैन।

'नेइमार बार्सिलोनाभन्दा ठूला होइनन्'

बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमेउले सोमबार कुनै पनि खेलाडी क्लबभन्दा ठूलो नभएको बताएका छन्। ब्राजिलियन स्ट्राइकर नेइमार विश्व कीर्तिमानी २२ करोड २० लाख युरोमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) गएको केही दिनपछि बार्टोमेनको यस्तो भनाइ सार्वजनिक भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्