काठमाडाैं– ब्राजिलियन फुटबलर नेइमारले उनीमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन्। पेरिस सेन्ट जर्मन (पीएसजी)बाट खेल्दै आएका नेइमारलाई हालै एक महिलाले आफूमाथि यौन दुर्व्यवाहार गरेको आरोप लगाएकी थिइन्। यद्यपि नेइमारले भने आरोप अस्वीकार गर्दै आफू अचम्मित भएको प्रतिकृया दिएका छन्।
साओ पाउलोमा दायर भएको उजुरीमा पेरिसस्थित एक होटलमा सो घटना भएको प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएकाे छ। उजुरीमा नेइमारसँग ती महिलाको चिनजान सामाजिक सञ्जाल इन्स्टाग्राममा भएको र नेइमारले उनलाई पेरिसस्थित एक होटलमा भेट्न बोलाएको उल्लेख छ। नेइमारले मदिरा सेवन गरी हिंसात्मक व्यवाहार तथा इच्छाविपरित शारीरिक सम्वन्ध राख्न खोजेको आरोप छ। दस्तावेजको अनुसार घटना १५ मे मा बेलुकी ८ बजेर ३० मिनेटमा भएको बताइएको छ।
नेइमारले इन्स्टाग्राममा एउटा भिडियो पब्लिस गर्दै आफूमाथि लागेको आरोपको खण्डन गरेका छन्।
प्रकाशित: २० जेष्ठ २०७६ ०८:२१ सोमबार