२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रहरीद्वारा गोली र पानीको फोहोरा प्रहार

हङकङमा आइतबार आयोजित सरकार विरोधी प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीलक्षित गोली र पानीको फोहोरा प्रहार गरेको छ। गत जुन महिनादेखि निरन्तर रूपमा चलिरहेको हङकङ प्रदर्शनका क्रममा पहिलो पटक प्रहरीले प्रदर्शनकारीलाई लक्षित गरेर गोली प्रहार गरेको हो।

फिलाडेल्फियामा गोली हानाहान, छ प्रहरी घाइते

संयुक्त राज्य अमेरिकाको फिलाडेल्फिया सहरमा लागूपदार्थका शंकास्पद कारोबारीसँग भएको गोली हानाहानमा छ प्रहरी घाइते भएको फिलाडेल्फिया प्रहरी विभागले जनाएको छ ।

फिलाडेल्फियामा गोली हानाहान, ६ प्रहरी घाइते

संयुक्तराज्य अमेरिकाको फिलाडेल्फिया सहरमा लागुपदार्थका शंकास्पद कारोबारीसँग भएको गोली हानाहानमा ६ प्रहरी घाइते भएको फिलाडेल्फिया प्रहरी विभागले जनाएको छ।

स्वयम्भु गोलीकाण्डः गाउँपालिका अध्यक्ष र वडाध्यक्षबीच बढ्याे तिक्तता

काठमाडौंकाे स्वयंभु गोली चलेर अपराधिक गतिविधिमा संलग्न रहेको भन्दै  दुई व्यक्तिलाई प्रहरीले नियन्त्रण लिएसँगै जिल्लाको लिखु गापालिकाका अध्यक्ष र वडाध्यक्षबीच तिक्तता शुरु भएको छ। प्रहरीले समातेको व्यक्तिहरुलाई प्रयोग गरी जिल्लाको लिखु तामाकोशी गाउँपालिका ७ नं वडाका अध्यक्ष सुवास बोहोराले आफु माथि चन्दा आतंक र ज्यान मार्ने धम्की दिएको सोही गाउपालिकाका अध्यक्ष गोविन्द बहादुर खडकाले आरोप लगाएका छन्।

स्वयम्भूमा गोली चल्यो, दुई जना पक्राउ

उनलाई पक्राउ गर्ने क्रममा गोली चलाउनु परेको महानगरीय अपराध महाशाखा प्रमुख शहकुल थापाले पुष्टि गरे।

‘एल पासो गोलीकाण्ड आतंकवादी कार्य हो’

मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले अमेरिकाको एल पासोमा शनिबार भएको गोलीकाण्डलाई मेक्सिकोका नागरिकले आतंकवादी कार्यका रूपमा लिएको बताएका छन्।

अमेरिकामा केही घण्टामै अर्काे गोलीकाण्ड, सुटरसहित ९ जनाको मृत्यु

संयुक्त राज्य अमेरिकाको टेक्सासमा गोलीकाण्ड भएको केही घण्टामै अर्काे राज्य ओहायोमा पनि अन्धाधुन्ध गोली प्रहार भएको छ।

गोली लागेर एकको मृत्यु

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–५ तल्लो डाँडावनमा गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

अमेरिकामा अन्धाधुन्ध गोली चल्दा २० जनाको मृत्यु, एक जना पक्राउ

अमेरिका अन्धाधुन्ध गोली चल्दा २० जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। बन्दुकधारीले टेक्सासको एल पासो शहरमा अन्धाधुन्ध गोली चलाएको हो। हाल उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको टेक्सासका गभर्नर ग्रेग एबोटले अमेरिकी सञ्चारमाध्यमलाई बताएका छन् ।

कलंकी घटनाले लियो नयाँ मोड, बरामद हतियारबाट गोली नचलेको रिपोर्ट

विष्णुप्रसाद शर्माको कलंकीस्थित घरमा गोली चलेको घटनामा बरामद भएका दुवै हतियारबाट गोली नचलेको रिपोर्ट बाहिर आएको छ ।

अमेरिकाको एक पसलमा गोली चल्याे, दुई जनाको मृत्यु

अमेरिकाको मिसिसिपी राज्यको साउथाभेनको एक पसलमा बिहान गोली चलेको छ। अज्ञात व्यक्तिले गरेको सो गोली प्रहारबाट दुई जनाको ज्यान गएको छ भने एक प्रहरी अधिकृत घाइते भएका छन्।

कलंकी गोलीकाण्डः कारणबारे प्रहरी अन्योलमा

बरामद भएका दुइटै हतियार परीक्षणका लागि विधि विज्ञान प्रयोगशाल पठाइएको र परीक्षणपछि महानगरीय प्रहरी वृत्त कालिमाटीमा पठाइएको छ। तर परीक्षणको रिपोर्ट भने प्राप्त भइसके पनि ढकालकै घरबाट शर्माको घरमा गोली प्रहार भएको हो वा होइन भन्नेमा प्रहरीले केही बताएको छैन।

कलंकीमा पूर्वउपसचिवको छोरीलाई लक्षित गरी गोली प्रहार

गोली प्रहार भएको कोठामा उनकी छोरी पढिरहेकी थिइन्। घटनाको बारेमा महानगरीय अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ।

क्यालिफोर्निया गोलीकाण्डमा तीनजनाको मृत्यु

अमेरिकाको क्यालिफोर्निया सहर नजिकै आयोजित एक खानेकुराको मेलामा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा तीन सर्वसाधारणको मृत्यु भएको छ। ‘द गिलरोय गार्लिक फेस्टिभल’ नाम दिइएको मेलाको अन्तिम दिन आइतबार सहभागी भएका माथि गोली प्रहार हुँदा १५ जना व्यक्ति घाइते भएका छन्। एक संदिग्ध बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्न थालेसँगै प्रहरीले गरेको जबाफी कारबाहीमा उसको पनि मृत्यु भएको जनाइएको छ। बन्दुकधारीको मृत्यु भए पनि अन्य व्यक्तिको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्