कंगनाले लगाइन आरोप
बलिउड अभिनेत्री कंगना रनौटले दीपिका पादुकोणलाई एसिड आक्रमणबाट पीडितहरूमाथि व्यंग्य गरेको आरोप लगाएकी छन्।
बलिउड अभिनेत्री कंगना रनौटले दीपिका पादुकोणलाई एसिड आक्रमणबाट पीडितहरूमाथि व्यंग्य गरेको आरोप लगाएकी छन्।
बलिउड अभिनेत्री कृति सेननले विभिन्न विधाका फिल्महरूमा काम गर्न इच्छुक रहेको बताएकी छन्। भारतीय सञ्चारमाध्यमसँग उनले फरक विधामा फिल्महरू बलिउडमा निर्माण हुनुपर्नेमा जोड दिइन्।
बलिउड अभिनेत्री श्रद्धा कपुरले ‘मिटु’ आरोपित निर्देशक लभ रञ्जनको फिल्ममा काम गर्ने भएसँगै विवादमा तानिएकी छन्।
बलिउड अभिनेत्री सोनम कपुरले ट्याक्सी चालकको व्यवहारबाट आत्तिएको सामाजिक सञ्जालमा लेखेकी छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै लन्डनमा उबर (ट्याक्सी) प्रयोग गर्ने मानिसहरू सचेत हुन आग्रह गरेकी छन्।
बलिउड अभिनेत्री दीपिका पादुकोण नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) पुगेकी छन्। गत आइतबार राति नकाब लगाएका ५० भन्दाबढी लाठी बोकेका आक्रमणकारीले जेएनयुको छात्रबास गएर विद्यार्थीहरूमाथि गरेको आक्रमणको विरोधमा ऐक्यबद्धता जनाउन उनी त्यहाँ पुगेकी थिइन्।
बलिउडका कलाकारहरूले नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) मा भएको हिंसात्मक हमलाको निन्दा गरेका छन्। सामाजिक सञ्जालमा जेएनयुमा भएको हिंसात्मक हमलाको भिडियो र फोटोहरू आएलगत्तै बलिउडका कलाकारहरूले त्यसको विरोध गरेका थिए।
बलिउड अभिनेत्री काजोलले समान पारिश्रमिकबारे आफ्नो धारणा व्यक्त गरेकी छन्। उनले यस विषयमा आफूलाई रुचि नभएपनि समानताबारे फिल्म हेर्ने दर्शकले मुख्य भूमिका निर्वाह गर्ने तर्क राखेकी छन्। हाल निर्माण भइरहेका फिल्मका प्रकार र दर्शकहरूको रुचिअनुसार बलिउडमा महिला र पुरुष कलाकारले पाउने पारिश्रमिकमाथिको विभेद घट्दै गएको बताइन्।
अभिनेत्री सन्नी लियोनीले मिटु अभियानबारे बोलेकी छन्। उत्पीडन विरूद्ध बोल्ने आँट गर्न सके परिवर्तन सम्भव रहेको उनले बताएकी छन्। उनका अनुसार महिला सशक्तिकरण र मिटु अभियानले बलिउडको मानसिकता परिवर्तन गरिदिएको छ।
बलिउड अभिनेता शाहरूख खानले नयाँ फिल्मको घोषणा नगरेका अवस्थामा उनका फ्यानले आत्महत्या गर्ने धम्की दिएका छन्।
बलिउड अभिनेत्री दीपिका पादुकोणको ‘छपाक’ फिल्मलाई चोरीको आरोप लागेको छ। फिल्म रिलिज हुनु दुई साताअघि ‘छपाक’ लाई स्क्रिप्ट चोरीको आरोप लागेको हो।
नागरिकता संशोधन कानुनलाई लिएर भारतमा विरोध प्रदर्शन भइरहँदा बलिउडका कलाकारहरु विभाजित भइरहेका छन्। निर्देशक तथा अभिनेता फरहान अख्तरले सामाजिक सञ्जालमा नागरिकता संशोधन कानुनविरुद्ध ट्वीट लेख्दा आलोचना खेप्नु परेको छ।
हलिउड अभिनेता डोयन जोनसन (रक)ले बलिउड फिल्ममा देखिने इच्छुक भएको बताएका छन्।
बलिउड अभिनेत्री कट्रिना कैफ आफ्नो अभिनयको स्तरलाई फराकिलो पार्न लागिपरेकी छिन्। भारतीय सञ्चारमाध्यसँग कुराकानी गर्दै उनले फरक भूमिकाहरूमा अभिनय गर्ने इच्छा व्यक्त गरेकी थिइन्।
अभिनेत्री प्रियंका चोपडा इन्टरनेटमा सबभन्दा धेरै खोजिने बलिउड सेलिब्रेटीको सूचीमा अग्रपंक्तिमा परेकी छिन्। हालै सिम्रस नामक संस्थाले संसारभर भारतीय कलाकारको लोकप्रियतामाथि गरेको अध्ययनअनुसार अभिनेत्री चोपडा अग्रपंक्तिमा परेकी हुन्।
बलिउड अभिनेता गोविन्दा नेपाल आइपुगेका छन्। आगामी कात्तिक २१ देखि वीरगन्जमा आयोजना हुन लागेको नेपाली चलचित्र स्वर्णिम महोत्सवमा सहभागी हुन उनी मंगलबार काठमाडौं आइपुगेका हुन्।