१२ असार २०८१ बुधबार
image/svg+xml

घर जानु अघिको खोप (फोटोफिचर)

चाडबाड मनाउन घर जाने यात्रुहरुलाई लक्षित गरि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गोगंबु बसपार्क, कङ्लकी, बल्खु र कोटेश्वरमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेको छ।

आज ७०८ सङ्क्रमित, ९३२ सङ्क्रमण मुक्त

पछिल्लो २४ घन्टामा ९३२ जना सङ्क्रमणबाट निको भएका छन्। यससँगै नेपालमा हालसम्म सात लाख ८५ हजार ८१३ जनामा सङ्क्रमण रहेको छ। नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.२ प्रतिशत रहेको छ।

थप २७२ मा कोरोना संक्रमण, ८ जनाको मृत्यु

आज थपिएका सँगै देशभर सक्रिय सङ्क्रमित १३ हजार ३०८ रहेका छन्। पछिल्लो २४ घण्टामा ७७७ जना सङ्क्रमणमुक्त भएका छन्।

सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कम

मन्त्रालयका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ सक्रिया सङ्क्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो सङ्ख्या १५ हजार ९४२ पुगेको हो।

मातृ मृत्युदर बारे नेपालमा पहिलो पटक अध्ययन हुँदै

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनगणना–२०७८ मार्फत पहिलो पटक मातृमृत्यु दर बारे अध्ययन गर्न थालेको हो। मन्त्रालयले मातृ मृत्युदर निर्धारण गर्ने र मृत्युको कारण पहिचान गरी सुरक्षित मातृत्व सेवालाई सुदृढ गर्ने उद्देश्यका साथ जनगणनासँगै मातृमृत्यु दर बारे अध्ययन गर्न थालेको छ।

असोज ४ गतेदेखि भेरोसेलको दोस्रो मात्राको खोप

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका १४५ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको हो। कार्यालयले यही असोज ४ देखि ६ गतेसम्म ती खोप केन्द्रमा गई खोप लगाउन सम्बन्धीत सबैलाई आग्रह गरेको छ।

काठमाडौँ उपत्यकाका ४० प्रतिशतले लगाए पूर्ण खोप

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कम्तिमा ६० प्रतिशत जनसङ्ख्यालाई खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने जनाएको छ।

हतारमा विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयकाे निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन दिएको मन्त्रायलका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कोभिड–१९ जस्तै लक्षण भएको ‘स्क्रब टाइफस’ देखिन थाल्यो, सचेत रहन स्वास्थ्य मन्त्रालयको अनुरोध

कोभिड–१९ जस्तै स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखाला सताउनु, सास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ।

काेराेनाको नक्कली रिपोर्ट बनाउने कर्मचारीमाथि छानबिन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ परीक्षणको नक्कली रिपोर्ट बनाइदिने शहीद गङ्गालाल हृदय रोग केन्द्रका कर्मचारीमाथि छानबिन सुरु गरेको छ।

२०८० सम्म प्रत्येक प्रदेशमा एउटा सरकारी मेडिकल शिक्षण संस्था स्थापना हुने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०८० सम्म प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल शिक्षण संस्था स्थापना गर्ने बताएको छ।

भेरोसेलको दोस्रो मात्रा शुक्रबारदेखि लगाईने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रबारदेखि लगाउने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्