नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सरकार कामभन्दा पनि कुरामा अल्झिएको टिप्पणी गरेका छन्। शुक्रवार नेविसंघ संगठित र प्रशिक्षित अभियानले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले जनताले खानेपानी नपाएका बेला सरकार रेल र पानीजहाजको सपना बोकेर हिडेको बताए।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समिति चाँडै आउने बताएका छन्। नेविसंघको ४९ औं स्थापना दिवसको अवसरमा नेविसंघ काठमाडौंले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले सबैको भावना समेट्ने समिति ल्याउने स्पष्ट पारेका हुन्।
नेपाल कम्युनिस्ट पार्टीको दुई तिहाई बलियो सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसक्दा पनि प्रतिपक्षी दल कांग्रेस मौन बसेको भन्दै भ्रातृ संगठन नेपाल विद्यार्थी संघले खबरदारी गरेको छ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आफ्नै पार्टीविरुद्ध खबरदारीसभा गर्ने भएको छ। सरकारका गलत गतिविधिको पनि खबरदारी गर्न नसकेको भन्दै माउ पार्टी कांग्रेसविरुद्ध नेविसंघले खबरदारी गर्न लागेको हो।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समिति गठनका लागि पार्टीले पहल थालेको छ। दुई वर्षे कार्यकाल र थपिएको पाँच महिना सकिँदा पनि महाधिवेशन गर्न नसकेपछि दुई महिनाअघि अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि नेविसंघ खाली रहेको थियो।
नेपाल विद्यार्थी संघले पक्राउ परेका आफ्ना विद्यार्थी नेता रिहा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। पोखरा विश्वविद्यालयको लापरवाहीका कारण विद्यार्थीको भविष्य नै अन्योलमा परेको भन्दै नेविसंघका नेताहरु आइबतार आन्दोलनमा उत्रिएका थिए।
पोखरा विश्वविद्यालय अन्तर्गतका केही कलेजले परीक्षा दिनबाट वञ्चित गराएर विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका ११ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
यसअघि नै नेविसंघको महाधिवेशनका लागि पार्टीले तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ। तर सभापति शेरबहादुर देउवाले तदर्थ समिति गठनका लागि चासो नदेखाएका कारण नेविसंघ अन्योलमा परेको हो।
नेपाली कांग्रेसमा तेस्रोधारको दाबी गर्दै आएको कृष्णप्रसाद सिटौलाको समूहले भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा समानान्तर समिति बनाउने संकेत गरेको छ। कांग्रेसको शक्तिशाली र प्रमुख भ्रातृ संगठनको रूपमा रहेको नेविसंघमा सिटौला समूहका प्रभाव छ।
नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले माघ २८ मा राजीनामा दिए । महरको राजिनामासँगै संघ अहिलेसम्म नेतृत्वविहीन भएको छ।
विप्लव माओवादीप्रति गृह प्रशासन किन लचिलो ?
काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हिंसात्मक गतिविधी बढ्दै गर्दा सरकारको भूमिकामाथि प्रश्न पनि शुरु भएको छ। पछिल्लोपटक सर्वसाधारणको ज्यान लिने गरी राजधानीमै बम विस्फोट गराइएपछि सरकारको भूमिकामाथि प्रश्नचिन्ह उठ्न थालेको हो।
शुक्रबार साँझ उक्त माओवादी घटकले देशैभर रहेका दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका टावर तथा बीटीएसहरुमा बम विस्फोट गरी क्षति पुर्याएको थियो। सोही क्रममा ललितपुर नख्खुस्थित एनसेलको मुख्यालयमा विस्फोट हुँदा एक जना सर्वसाधारणको निधन भयो भने २ जना सर्वसाधारण घाइते भए। एक दशकको गृहयुद्ध र एक दशककै संक्रमणकालबाट गुज्रिएर शान्ति तथा स्थिरताको यात्रा शुरु गरेको भनिएको समयमा भएका यी हिंसात्मक गतिविधीले फेरी एकपटक नेपाली जनतालाई युद्धको त्रास सिर्जना गरेको छ। यद्यपि विप्लव नेतृत्वको हिंसात्मक गतिविधीको यो घटना पछिल्लो कडी मात्र हो। यसको शुरुवात पहिले नै भइसकेको थियो।
नेपाल विद्यार्थी संघका दुई समूहबीच नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा भएको झडपमा दर्जन बढी विद्यार्थी नेता घाइते भएका छन्। आज पार्टी कार्यालय सानेपामा सिटौला समूह र संस्थापन समूहबीच प्रदर्शनको ठाउँलाई लिएर झडप भएको थियो।
नेपाली कांग्रेस भ्रातृ संस्था नेविसंघभित्रको विवादले चर्को रुप लिएको छ। आज पार्टी कार्यालय सानेपा सिटौला समूह र संस्थापन समूहका विद्यार्थी नेताबीच विवाद भएको छ।