१० मंसिर २०८१ सोमबार
image/svg+xml

आरआर क्याम्पसमा दुई समूहबीच झडप, १० जना पक्राउ

काठमाडौंस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा नेविसंघ र अनेरास्ववियूका विद्यार्थीबीच कुटाकुट भएको छ। सोमबार बिहान क्याम्पसमै दुई समूहबीच कुटाकुट भएको हो।

नेविसंघले पायो नेतृत्वः राजीव ढुंगाना अध्यक्ष, छ महिनाभित्र अधिवेशन गर्ने जिम्मेवारी

नेपाली कांग्रेसले राजीव ढुंगानाको नेतृत्वमा नेपाल विद्यार्थी संघ गठन गरेको छ। सभापति शेरबहादुर देउवाले बिहीबार ढुंगानाको नेतृत्वमा नेविसंघको केन्द्रीय तदर्थ समितिको गठन गरेका हुन्।

कोहलपुर घटनाको विरोधमा नेविसंघद्वारा काठमाडाैंमा प्रदर्शन

नेपाल विद्यार्थी संघले कोहलपुरमा आइतबार स्कुले बालबालिकामाथि भएको प्रहरी ज्यादतीको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ।

नेविसंघका कार्यकर्तामाथि आक्रमणको निन्दा

नेपाली काँग्रेसले शान्तिपूर्ण रुपमा छलफलमा भाग लिई फर्केका नेपाल विद्यार्थी सङ्घका कार्यकर्तामाथि सत्तारुढ नेकपानिकट अनेरास्ववियुका कार्यकर्ताबाट आक्रमण भएको भन्दै निन्दा गरेको छ।

नेविसंघद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग

नेविसंघले भारत सरकारसँग नेपाली भूमि फिर्ता लिन माग गर्दै काठमाडौंलगायतका देशका मुख्यमुख्य सहरमा विरोध प्रर्दशन गर्दै आएको छ।

भारतीय अतिक्रमण विरुद्ध नेविसंघको विरोध जुलुस

भारतले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्साभित्र समावेश गरेर सिमाना अतिक्रमण गरेको भन्दै नेबि संघको दिक्तेल बहुमुखी क्याम्पस ईकाइ समितिले सोमबार प्रदर्शन गरेको हो ।

‘गो ब्याक इन्डिया’ भन्दै भारतीय दूतावास अगाडि नेविसंघको प्रदर्शन, ज्ञापनपत्र बुझाइयो

नेपाल विद्यार्थी संघले नेपाली भूमि भारतीय नक्साबाट हटाउन माग गर्दै बिहीबार भारतीय दूतावासमा ज्ञापन पत्र बुझाएको छ।

नेविसंघलाई वृद्ध संगठन बनाए आन्दोलन गर्ने चेतावनी

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समिति गठन गर्दा विधानमा व्यवस्था भएको ३२ वर्षे उमेर हदलाई उल्लघंन नगर्न नेविसंघ आवद्ध विद्यार्थी नेताहरुले कडा चेतावनी दिएका छन्।

केन्द्रीय समितिपछि नेविसंघमा नयाँ नेतृत्व

नेपाली कांग्रेसले पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व पार्टीको केन्द्रीय समिति बैठकलगत्तै तोक्ने तयारी गरेको छ। गत माघदेखि नेतृत्वविहीन रहेको संघको केन्द्रीय नेतृत्व तोक्ने अधिकार सभापति शेरबहादुर देउवालाई पार्टी केन्द्रीय समितिले दिएपनि जारी बैठक नसकिँदै नेतृत्व तोक्दा विवाद बढ्ने आँकलनपछि बैठकपछि नेतृत्व तोक्न लागिएको हो।

शैक्षिक माग पूरा नभए कडा आन्दोलन गर्ने नेविसंघको चेतावनी

निजी शिक्षण संस्थाहरूले बढाएको चर्को शुल्कविरुद्ध आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले बिहीबार आफ्ना माग पूरा हुनुपर्ने मागसहित शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाएको छ।

विषादी परीक्षणको माग गर्दै नेविसंघको राँकेजुलुस, ९ जना पक्राउ

भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षणको माग गर्दै नेपाल विद्यार्थी संघले राजधानीमा प्रदर्शन गरेको छ। राँकेजुलुससहितको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर ९ जनालाई नियन्त्रणमा लिएको छ।

सरकारविरुद्ध नेविसंघको प्रदर्शन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले  राजधानीमा सरकारविरुद्ध प्रदर्शन गरेको छ।

राजधानीमा सरकारविरुद्ध नेविसंघको प्रदर्शन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले  राजधानीमा सरकारविरुद्ध प्रदर्शन गरेको छ। केपीशर्मा ओली नेतृत्वको सरकारले जनतालाई सुशासन दिन नसकेको भन्दै नेविसंघ सरकारविरुद्ध सडक प्रदर्शनमा उत्रिएको हो।

मिडिया काउन्सिल विधेयकको विरोधमा नेविसंघ

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसमा निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पनि प्रेस स्वतन्त्रताको विरुद्धमा आएको मिडिया काउन्सिलसम्बन्धि विधेयक तत्काल खारेज गर्न सरकारसँग माग गर्दै सडक आन्दोलन सुरु गरेको छ।

महानगरको निर्णयविरुद्ध नेविसंघ सर्वोच्चमा

काठमाडौं महानगरपालिकाले संविधानविपरीत आधारभूत तथा माध्यमिक तहका लागि विद्यार्थीबाट शुल्क तोकेको भन्दै नेपाल विद्यार्थी संघले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ। महानगरपालिकाले संवैधानिक तथा मौलिक हकको उल्लंघन गर्न खोजेको भन्दै निःशुल्क शिक्षाबाट वञ्चित गर्ने खालको निर्णय गरेकाले कार्यान्वयन रोक्न माग गर्दै सोमबार सर्वोच्चमा निवेदन दर्ता गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्