११ मंसिर २०८१ मंगलबार
image/svg+xml

वर्णविन्यास बिगारेको भन्दै सर्वोच्चमा रिट

नेपाली भाषाको वर्णविन्यास बिगारेको भन्दै पत्रकारद्वय टपेन्द्र कार्की र स्वागत नेपालले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सरकारी निर्णयबमोजिम पछिल्लो समय चलाइएको वर्णविन्यास खारेज गरी यसअघि प्रचलनमा रहेकै वर्णविन्यास कायम गराउन उनीहरूले माग गरेका छन् ।

भुटानमा महेश्वरलाई स्वर्ण

नेपालका महेश्वर महर्जनले शारीरिक सुगठनको ५० औँ एसियन च्याम्पियनसिपको उपाधि जितेका छन्। भुटानमा मङ्गलबार भएको प्रतियोगिताअन्तर्गत ७५ केजी तौल समूहमा भाग लिएका महर्जनले १० देशका प्रतिस्पर्धीलाई उछिन्दै प्रथम स्थान हासिल गरेका हुन्।

ब्राजिलले जित्यो स्वर्ण

जर्मनीलाई ट्राइब्रेकरमा पराजित गर्दै आयोजक ब्राजिलले पुरुष फुटबलतर्फ स्वर्ण पदक हात पारेको छ। गएराति सम्पन्न फाइनलमा ब्राजिलले जर्मनीलाई ट्राइब्रेकरमा ५-४ गोल अन्तरले पराजित गरेको हो।

बोल्टको 'स्वर्ण ह्याट्रिक'

जमैकाका धावक उसेन बोल्टले शुक्रबार ४ गुणा १०० रिलेमा स्वर्ण जितेपछि ‘टि्रपल टि्रपल’ को उपाधि पाएका छन्। बोल्ट लगातार तीनवटै ओलम्पिकमा ३–३ स्वर्ण जित्न सफल भएका हुन्। यसअघि  १०० मिटर र २०० मिटरमा स्वर्ण जितिसकेका बोल्टले ४ गुणा १०० मिटर रिलेमा स्वर्ण जितेपछि अमेरिकी धावक कार्ल लेविस र फिनल्यान्डका पाभो लुर्मीको ओलम्पिक ट्र्याकमा ९ स्वर्ण पदकसँग बराबरी गरेका छन्।

जर्मनीलाई महिला फुटबलको स्वर्ण

दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेपछि शुक्रबार जर्मनीले स्विडेनलाई २–१ ले पराजित गर्दै ओलम्पिक महिला फुटबलमा पहिलो स्वर्ण पदक जितेको छ। प्रतियोगिताअघि विश्व वरीयताको दुई र अहिले नम्बर एक जर्मनी ओलम्पिक र विश्वकप दुवैमा उपाधि जित्ने तेस्रो राष्ट्र बनेको छ।

जोन्सलाई दोस्रो स्वर्ण

बेलायतकी जडे जोन्सले महिला तेक्वान्दो फेदरवेट (४९–५७ केजी) स्पर्धामा स्वर्ण पदक जितेकी छन् । ओलम्पिकमा उनको यो दोस्रो स्वर्ण पदक हो । यसअघि उनले २०१२ लन्डन ओलम्पिकमा स्वर्ण जितेकी थिइन् ।

बोल्टले जिते आठौं ओलम्पिक स्वर्ण

रियो दि जेनेरियो— विश्वका तिब्र गतिका जमैकन धावक उसेन बोल्टले ओलम्पिकमा आफ्नो स्वर्ण संख्या ८ पुर्‍याएका छन्।

ब्राजिल स्वर्ण नजिक

नेइमारले ओलम्पिक इतिहासमै सबैभन्दा छिटो गरिएको गोलसँगै दुई गोल ठोकेपछि ब्राजिलले ओलम्पिक स्वर्ण पदकका लागि जर्मनीविरुद्धको 'रिम्याच' पक्का गरेको छ। बुधबार रियोस्थित माराकाना रंगशालामा सम्पन्न सेमिफाइनलमा आयोजक ब्राजिलले होन्डुरसलाई ६–० को फराकिलो अन्तरमा पराजित गर्दै ओलम्पिक फुटबलमा पहिलो स्वर्ण पदक जित्ने आशा जीवित राखेको छ।

मार्टाको स्वर्ण जित्ने सपना अधुरै

ब्राजिल महिला फुटबल टोलीकी कप्तान मार्टाको ओलम्पिकमा स्वर्ण जित्ने सपनालाई स्विडेनले असफल पारिदिएको छ। स्विडेनले बुधबार घरेलु मैदानमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो। ओलम्पिकको स्वर्ण पदकका लागि स्विडेनले जर्मनीसँग फाइनल प्रतिस्पर्धा गर्नेछ।

डाइभ हानेर दौडको स्वर्ण

अमेरिकी धाविका एलिसन फेलिक्सलाई नाटकीय ढंगले उछिन्दै बहमासकी सन मिलरले रियो ओलम्पिकमा स्वर्ण पदक जितेकी छिन् ।

स्वर्ण पछ्याउँदै ब्राजिली फुटबल

विश्व फुटबलको महारथी ब्राजिलले ओलम्पिकमा अहिलेसम्म एउटै स्वर्ण पदक जित्न सकेको छैन । विश्वकपमा पुरुष टोलीले कीर्तिमानी पाँचपटक उपाधि जिते पनि ओलम्पिकमा पहिलो स्वर्ण जित्ने सपना घरेलु मैदानमा पूरा गर्नेमा ब्राजिली समर्थक आशावादी छन् ।प्रतियोगिताको बलियो दाबेदार आयोजक ब्राजिलले बुधबार पुरुष फुटबलको सेमिफाइनलमा होन्डुरससँग प्रतिस्पर्धा गर्दैछ ।

ओलम्पिकमा अमेरिकाको हजार स्वर्ण

स्टार पौडी खेलाडी माइकल फेल्पसले ओलम्पिकमा २३ स्वर्ण पदक जित्दै ओलम्पिक पौडीमा आफ्नो चम्किलो करियरको अन्त्य गरेका छन्। रियो ओलम्पिकको मध्यतिर उसेन बोल्टको चर्चा सुरु हुने बेला फेल्पसको स्पर्धा भने सकिएको छ।

अमेरिकी र क्यानडियन महिला पौडीबाजले जिते संयुक्त स्वर्ण

रियो दि जेनेरियो— ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ को पौडीतर्फको महिला एक सय मिटर फ्रि—स्टाइलमा अमेरिकी र क्यानेडेली पौडीबाजले संयुक्त रुपमा स्वर्ण पदक जितेको छन्।

अष्ट्रेलियालाई ४८ वर्षपछि पौडीको स्वर्ण

गल्फले १ सय १२ वर्षपछि विवादास्पद रूपमा ओलम्पिकमा पुनरागमन जनाएको बिहीबारको दिन अस्ट्रेलियाका नयाँ सनसनी किशोर पौडीवाज काइल चाल्मर्सले ओलम्पिकको १ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेका छन्।

रियो ओलम्पिकः अस्ट्रेलिया शीर्ष स्थानमा, भियतनालाई ओलम्पिक इतिहासकै पहिलो स्वर्ण

रियो ओलम्पिक २०१६ मा २ स्वर्ण र एक रजत पदकसहित अस्ट्रेलिया पदक तालिकामा शीर्ष स्थानमा रहँदा भियतनामले ओलम्पिक इतिहासकै पहिलो स्वर्ण जितेको छ। भियतनामका भिन छावाङ होङले पुरुष १० मिटर एयर राइफलमा स्वर्ण जितेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्