नक्कली सुन देखाई ठगी गर्ने पक्राउ

नक्कली सुन देखाई ठगी गर्ने पक्राउ

बुधबार, २० कार्तिक २०७६

नक्कली सुन देखाई ठगी गर्ने दुई जनालाई प्रहरीले मङ्गलबार साझँ बेँसीगाउँबाट पक्राउ गरेको छ। ...

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

मङ्गलबार, १९ कार्तिक २०७६

पछिल्लो साता केही उकालो लागेको सुनको मूल्यमा आज सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा...

भाकल पुरा गर्न एक तोला सुन

भाकल पुरा गर्न एक तोला सुन

आइतबार, १७ कार्तिक २०७६

खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा एक दर्शनार्थीले एक तोला सुन चढाएका छन्। ...

फेरि उकालो लाग्दै सुन

फेरि उकालो लाग्दै सुन

शुक्रबार, १५ कार्तिक २०७६

निकै उतारचढावबीच कारोवार हुँदै आएको सुनको मूल्य कात्तिक महिना लागेसँगै पुनः उकालो लाग्न थालेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका...

१० अर्बको सुन व्यापार

१० अर्बको सुन व्यापार

सोमबार, ११ कार्तिक २०७६

प्रतितोला चाँदीको मूल्य आठ सय ५० रुपैयाँ रहेको छ। पछिल्लो समय डलरको मूल्य वृद्धि भएसँगै सुनको मूल्य अत्याधिक मात्रामा बढेको हो। अहिलेको बजार भाउअनुसार एक केजी सुनका लागि ६० लाख रुपैयाँ पर्दछ।

सुनको मूल्य तोलाको छ सयले बढ्यो

सुनको मूल्य तोलाको छ सयले बढ्यो

बुधबार, १५ असोज २०७६

मङ्गलबार केही गिरावट आएको सुनको मूल्य आज स्थानीय बजारमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले वृद्धि भएको छ।

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आइतबार, १२ असोज २०७६

लगातार नेपाली बजारमा उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको भाउ आइतबार भने ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ७० हजार २०० मा कारोबार भएको छ।

हङकङमा सुनको मूल्य घट्यो

हङकङमा सुनको मूल्य घट्यो

सोमबार, २३ भदौ २०७६

हङकङमा सोमबार सुनप्रति टायल एक हजार ७९९ अमेरिकी डलर (१४,१०० हङकङ डलर) मा किनबेच भएको छ।

मूल्य वृद्धिले सुनकाे व्यापार घटायाे

मूल्य वृद्धिले सुनकाे व्यापार घटायाे

शुक्रबार, २० भदौ २०७६

गत वर्षभन्दा अहिले पश्चिमी पहाडी कर्णाली प्रदेशमा सुनको कारोबारमा ठूलो गिरावट आएको छ। सुनचाँदीको बढी व्यापार हुने तीजमा आधा व्यापार घाटेको व्यवसायीको भनाइ छ।

हिजो तोलामा एक हजारले बढेको सुन आज एक सयले घट्यो

हिजो तोलामा एक हजारले बढेको सुन आज एक सयले घट्यो

बिहिबार, १९ भदौ २०७६

लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज भने सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु एक सयले घटेको छ।

सुनको मूल्य घट्याे

सुनको मूल्य घट्याे

शुक्रबार, १३ भदौ २०७६

पछिल्लो डेढ महिनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्यमा आज गिरावट देखिएको छ।

सुन तोलाको नौं सय रुपैयाँले घट्यो

सुन तोलाको नौं सय रुपैयाँले घट्यो

मङ्गलबार, १० भदौ २०७६

पछिल्लो डेढ महीनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा सामान्य गिरावट आएको छ।

अहिलेसम्म कै उच्च बिन्दुमा सुनको मूल्य

अहिलेसम्म कै उच्च बिन्दुमा सुनको मूल्य

सोमबार, ०९ भदौ २०७६

पछिल्लो डेढ महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा प्रतितोला एक हजार रुपैयाँले वृद्धि भई प्रतितोला ७३ हजार ५ सय रुपैयाँ कायम भएको छ।

फेरी बढ्यो सुनको मूल्य

फेरी बढ्यो सुनको मूल्य

बुधबार, ०४ भदौ २०७६

पछिल्लो एक महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज फेरि वृद्धि भएको छ।

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

आइतबार, ०१ भदौ २०७६

लगातार उकालो लाग्दै गएको सुनको मूल्यमा आज सामान्य गिरावट देखिएको छ।

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

बुधबार, २९ साउन २०७६

सुनको मूल्यमा बुधबार सामान्य गिरावट आएको छ।

किन बढिरहेको सुनको मूल्य? नेपाली बजारमा अहिलेसम्मकै उच्च विन्दुमा

बुधबार, २९ साउन २०७६

केहीँ सातायता सुनको मूल्यमा अत्यधिक वृद्धि भएको छ। सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा छ। बजारमा सुन खरिद गर्न आउने भन्दा बिक्री गर्न आउनेको भिड देखिन्छ। प्रतितोला सुनको भाउ ७१ हजार पुगेको छ।

सातामा प्रतितोला पाँच हजार रुपैयाँले महँगियो सुन, तोलाको ७० हजार

सातामा प्रतितोला पाँच हजार रुपैयाँले महँगियो सुन, तोलाको ७० हजार

शुक्रबार, २४ साउन २०७६

अमेरिका र चीनबीचको व्यापारमा भइरहेको विवाद साम्य नभएपछि त्यसको प्रत्यक्ष चाप सुन खरिद–बिक्रीपरेको छ। चीनबाट निर्यात हुने वस्तुमा अमेरिकाले भन्सार दर बढाएसँगै दुई शक्ति राष्ट्रबीच बढेको चिसोपनका कारण लगानीकर्ता सुन किनबेचमा झुम्मिँदा मूल्य ह्वात्तै बढेको हो।

१२ किलो सुनसहित विमानस्थलबाट दुई जापानी पक्राउ

१२ किलो सुनसहित विमानस्थलबाट दुई जापानी पक्राउ

बिहिबार, २३ साउन २०७६

स्रोतका अनुसार विदेशी सुन तस्करसँग मिलेर आपराधिक गिरोहहरूले गैरकानूनी रूपमा ठूलो पैमानामा सुन, विदेशी मुद्रा, लागु औषध तथा प्रतिबन्धित औषधीहरू भित्राउने गर्छन्।

चार किलो सुनसहित विमानस्थलबाट चिनिया नागरिक पक्राउ

चार किलो सुनसहित विमानस्थलबाट चिनिया नागरिक पक्राउ

सोमबार, २० साउन २०७६

चार किलो सुनसहित एक जना चिनिया नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

नेपाली बजारमा सुनको मूल्य छोइ नसक्नु, इतिहासकै महंगो

नेपाली बजारमा सुनको मूल्य छोइ नसक्नु, इतिहासकै महंगो

आइतबार, १९ साउन २०७६

नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ। नेपाल सुन चाँदी व्यवसायी संघले आइतबार छापावाल सुनको प्रतितोला मूल्य ६६ हजार ३ सय रुपैयाँ कायम गरेको छ।

महावीर गोल्यानसँग १० लाख धरौटी माग

महावीर गोल्यानसँग १० लाख धरौटी माग

शुक्रबार, १७ साउन २०७६

सर्वोच्च अदालतले ३३ किलो सुन प्रकरणमा मुछिएका महावीर गोल्यान बाहेक अन्यको हकमा विराटनगर उच्च अदालतकै फैसलालाई सदर गरेहो छ।

एक किलो सुनसहित थानकोटबाट एक जना पक्राउ

एक किलो सुनसहित थानकोटबाट एक जना पक्राउ

बिहिबार, १६ साउन २०७६

सुन केरुङ नाका हुँदै काठमाडौँ भित्रिएको प्रारम्भिक अनुसन्धानले बताए पनि तामाङसँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रासस

१६ किलो सुन काण्ड: विभागद्वारा अनुसन्धान शुरु

१६ किलो सुन काण्ड: विभागद्वारा अनुसन्धान शुरु

शनिबार, ११ साउन २०७६

गोरखाको धार्चे गाउँपालिका–३ स्थित जङ्गलमा लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको १६ किलो सुनबारे राजश्व अनुसन्धान विभागले अनुसन्धान थालेको छ।

सुन तस्करको नयाँ ट्रान्जिटः तिब्बत हुँदै गोरखा

सुन तस्करको नयाँ ट्रान्जिटः तिब्बत हुँदै गोरखा

बिहिबार, ०९ साउन २०७६

उत्तरी गोरखाको धार्चे गाउँपालिका ३ माछाखोला स्थित ओढारमा लुकाएर राखेको अवस्थामा १६ किलो सुन प्रहरीले बिहिवार  बरामद गरेको छ। धार्चे १ यारुबगरका ४० वर्षिय धनकमल गुरुङले छेकम्पारबाट ल्याएको उक्त सुन ओढारमा बोराभित्र सलमा पोको पारेर खाल्डोमा गाडेको अवस्थामा प्रहरीले फेला पारेको हो। बरामद भएको उक्त सुनको बजार मूल्य आठ करोड ८१ लाख रहेको छ।

धनकमलले ओढारमा लुकाएर राखेका थिए १६ किलो सुन

धनकमलले ओढारमा लुकाएर राखेका थिए १६ किलो सुन

बिहिबार, ०९ साउन २०७६

गोरखा प्रहरीले ओढारमा लुकाइराखेको १६ किलो सुन बरामद गरेको छ। गोरखा धार्चेको एक ओढारबाट उक्त सुन बरामद गरिएको प्रहरीले जनाएको छ। २७ दिन अघिदेखि हराइरहेका माछाखोलाका धनकमल गुरुङ बुधवार पक्राउ परेपछि उक्त सुन फेला परेको हो।

ओढारबाट १६ किलो सुन बरामद

ओढारबाट १६ किलो सुन बरामद

बिहिबार, ०९ साउन २०७६

गोरखा धार्चेको एक ओढारबाट उक्त सुन बरामद गरिएको प्रहरीले जनाएको छ।

कम्मरमा बाँधेर सुन तस्करी, नागढुंगाबाट एक पक्राउ

कम्मरमा बाँधेर सुन तस्करी, नागढुंगाबाट एक पक्राउ

आइतबार, ०५ साउन २०७६

लुकाइछिपाइ ल्याएको दुई किलो सुनसहित एक व्यक्ति नागढुंगाबाट पक्राउ परेका छन्।

सात किलो सुन ल्याउनेलाई १७ करोडको माग दाबी

सात किलो सुन ल्याउनेलाई १७ करोडको माग दाबी

बुधबार, ०८ जेठ २०७६

सात किलो सुनको हुन आउने सात करोड ११ लाख ७६ हजार रुपैयाँ बिगो कायम गरी राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनको कसुरमा मुद्दा दर्ता गरेको हो।

एक किलो सुनसहित एक जना पक्राउ

एक किलो सुनसहित एक जना पक्राउ

शुक्रबार, २० बैशाख २०७६

गौर नगरपालिकाबाट एक किलो सुनसहित एक जना पक्राउ परेका छन्। नगरपालिकाको वडा नम्बर ४ बसपार्कबाट लु १ प ५८०३ नम्बरको मोटरसाइकलमा अवैध सुन बोकेर हिडेका वडा नम्बर ५ का २१ वर्षीय अनुकेश शाहलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

विमानस्थलमा फेरि समातियो सुन, चार विदेशी महिला पक्राउ

विमानस्थलमा फेरि समातियो सुन, चार विदेशी महिला पक्राउ

आइतबार, ०८ बैशाख २०७६

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। आइतबार विमानस्थलबाट एक हजार ६ सय ग्राम सुनसहित दुई जना कम्बोडियन र दुई थाई नागरिकलाई विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ परेका चारै जना महिला रहेको प्रहरीले जनाएको छ।

सुन र लागुऔषधसहित दुई युवक पक्राउ

सुन र लागुऔषधसहित दुई युवक पक्राउ

शुक्रबार, २९ चैत २०७५

प्रहरीको टोलीले सिरहाको छुट्टाछुटै स्थानबाट विहीवार बिहान अवैधरुपमा रहेको सुन र लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ।

छ किलो सुनसहित ४ भारतीय विमानस्थलबाट पक्राउ

छ किलो सुनसहित ४ भारतीय विमानस्थलबाट पक्राउ

बिहिबार, २१ चैत २०७५

छ किलो सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरी प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदीका अनुसार ४ सय ९७ ग्राम सुन बोकेका एक पुरुष र ५ किलो सुनजस्तो देखिने वस्तुसहित ३ महिलालाई महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको हो।

सुनको भाउ ५९ हजारभन्दा तल

सुनको भाउ ५९ हजारभन्दा तल

सोमबार, १८ चैत २०७५

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आउँदा स्थानीय बजारमा भाउ घटेको छ। उच्च बिन्दुमा पुगेको सुनको भाउ पछिल्लो एक महिनादेखि निरन्तर घटिरहेको छ।

हङकङमा सुनको मूल्य बढ्यो

हङकङमा सुनको मूल्य बढ्यो

बुधबार, २९ फागुन २०७५

हङकङ बजारमा सुनको मूल्यमा बुधबार सामान्य वृद्धि भएको छ। बजारमा प्रति ३७ ग्राम (एक टायल) सुनको मूल्य १२ हजार २१० हङकङ डलर (करिब एक हजार ५५६ अमेरिकी डलर) मा किनबेच भएको छ।

एक करोड बढीको सुन बरामद, ब्यापारी परे प्रहरी फन्दामा

एक करोड बढीको सुन बरामद, ब्यापारी परे प्रहरी फन्दामा

बिहिबार, २३ फागुन २०७५

धनगढी प्रहरीले २ किलो ३ सय ग्राम सुन बरामद गरेको छ। उक्त सुनसहित सोही ठाउँका एक व्यापारीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

सुनको मूल्य दुई सयले घट्यो

सुनको मूल्य दुई सयले घट्यो

आइतबार, १९ फागुन २०७५

आइतबार नेपाली बजारमा सुनको मूल्य पाँच सयले घटेको छ। शुक्रबार ६१  हजार ७ सयमा कारोबार भएको प्रतितोला सुन आइतबार २ सय रुपैयाँले घटेर ६१ हजार पाँच सयमा कारोबार भएको छ।

सुनको मूल्य प्रति तोला दुई सयले घट्यो

सुनको मूल्य प्रति तोला दुई सयले घट्यो

बुधबार, १५ फागुन २०७५

बुधबार प्रतितोला सुनको मूल्य ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ। मंगलबार ६२ हजार आठ सय रुपैयाँमा कारोबार भएको प्रतितोला सुन बुधबार दुई सय रुपैयाँले घटेर छ।

बढ्यो सुनको मूल्य, अझै बढ्ने संकेत

बढ्यो सुनको मूल्य, अझै बढ्ने संकेत

मङ्गलबार, १४ फागुन २०७५

मंलगबार प्रतितोला सुनको मूल्य एक सय रुपैयाँले बढेर ६२ हजार सात सय रुपैयाँमा कारोबार भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण यसको असर घरेलु बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

एक तोला सुनको मूल्य कति ?

एक तोला सुनको मूल्य कति ?

सोमबार, १३ फागुन २०७५

सोमबार प्रतितोला सुनको मूल्य ६२ हजार सात सय रुपैयाँमा कारोबार भएको छ। आइतबार ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको प्रतितोला सुन सोमबार एक सय रुपैयाँले बढेर ६२ हजार सात सय रुपैयाँ पुगेको हो।

५ वर्षपछि सुनको मूल्य उच्च, अझै बढ्न सक्ने

५ वर्षपछि सुनको मूल्य उच्च, अझै बढ्न सक्ने

बिहिबार, ०९ फागुन २०७५

बिहीबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य ६३ हजार एक सय रुपैयाँ पुगेको छ। बुधबार प्रतितोला ६३ हजार तीन सय थियो। अहिले बढेको सुनको मूल्य ५ वर्ष पछिको उच्च मूल्य हो। २०७० भदौ १२ गते यसरी नै सुनको मूल्य ६३ हजार तीन सय पुगेको थियो।

मोबाइलले खोल्यो सुनकाे पोल

मोबाइलले खोल्यो सुनकाे पोल

शनिबार, ०४ फागुन २०७५

मंसिर ७ गते भारतबाट भन्सार पास लिएर डिएल १० सिएफ ६९२१ नम्बरको इको स्पोर्टस गाडी नेपाल भित्रियो। भन्सार र प्रहरी कर्मचारी दुवैले सो गाडीभित्र के छ भनी सामान्य सोधीखोजी गरे पनि खनातलासी गरेनन्। त्यसको केही समयपछि त्यही नम्बरको गाडी हराएको भन्दै दिल्लीका एक व्यापारीले कञ्चनपुर प्रहरीमा उजुरी दिए। उजुरीमा ती व्यापारीले लक्ष्मण तिरुवाले गाडी चलाएर नेपाल लगेको र उनी आफ्नो कर्मचारी भएको समेत उल्लेख छ। त्यसपछि प्रहरीले लक्ष्मण तिरुवासहित सो गाडीको खोजतलासी गर्न थाल्यो।

आधा केजी सुन सहित एकजना पक्राउ

आधा केजी सुन सहित एकजना पक्राउ

शुक्रबार, ०३ फागुन २०७५

चीनबाट अवैध तरिकाले ल्याइएको करिब आधा केजी सुन सहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रसुवाको गोसाईकुण्ड गाउँपालिका–१ थुमनका दावा छिरिङ तामाङ रहेका छन्।

जमिनमुनि लुकाएर राखेको १८ किलो सुन बरामद

जमिनमुनि लुकाएर राखेको १८ किलो सुन बरामद

बिहिबार, ०२ फागुन २०७५

कञ्चनपुरको पुनर्बास नगरपालिका–२, दशरथबस्तीबाट प्रहरीले १८ किलो सुन बरामद गरेको छ। जमिनमुनि गाडेर राखिएको १८ किलो सुन प्रहरीले बिहीबार बरामद गरेको हो।

लुटिएको सुन अझै फेला परेन्

लुटिएको सुन अझै फेला परेन्

शनिबार, १९ माघ २०७५

द्वन्द्वकालमा बैङ्कमा सुरक्षाका लागि राखिएको सुन लुटिएपछि घटनाको विस्तृत छानबिन नहुँदा बैतडीको पुर्चौडी क्षेत्रका ३ सय स्थानीयवासीले सुन फिर्ता पाउन सकेका छैनन्।

लाखौँको अवैध सुनसहित ५ जना पक्राउ

लाखौँको अवैध सुनसहित ५ जना पक्राउ

शुक्रबार, १८ माघ २०७५

लाखौँको अवैध सुनसहित ५ जना परेका छन्। पक्राउ पर्नेमा धनुषाका सफिउल राइन र खाेटाङका राजन रार्इसहित ५ जना रहेका छन्। बैदेशिक रोजगारीको शिलशिलामा विदेशमा गएका कामदारहरुलाई प्रयोग गरी तस्कारहरुले सुन तस्करी गरिरहेको गोप्य सूचनाको आधारमा उनीहरु पक्राउ परेका हुन्।

एक किलो सुनसहित तीन महिला पक्राउ

एक किलो सुनसहित तीन महिला पक्राउ

मङ्गलबार, ०१ माघ २०७५

काठमाडौंको न्यूरोडबाट एक किलो सुनसहित तीन महिला पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार दिउँसो इन्द्रचोकबाट उनीहरुलाई सुनसहित नियन्त्रणमा लिएको हो। उनीहरुलाई सुन किनबेच गरिरहेको अवस्था नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले बताए।

सुनसहित वडाध्यक्ष पक्राउ

सुनसहित वडाध्यक्ष पक्राउ

आइतबार, २९ पुष २०७५

सशस्त्र प्रहरीको टोलीले पूर्व–पश्चिम राजमार्गको गोलबजार नगरपालिका–९ घुर्मी पुलबाट ठूलो परिमाणको सुनसहित वडाअध्यलाई पक्राउ गरेको छ। एक किलो सात सय ५७ ग्राम सुनसहित लहान नगरपालिका–१९ का वडाध्यक्ष हकिम मियाँसँगै अरू पाँच जना पक्राउ परेका हुन्।

सुन गायब पार्ने एक भारतीय नागरिक पक्राउ

सुन गायब पार्ने एक भारतीय नागरिक पक्राउ

बिहिबार, २६ पुष २०७५

रुपन्देहीको सैनामैनाबाट सुन गायब गर्ने एक भारतीय नागरिक पक्राउ परेका छन्। भारत विहारका १९ वर्षीय अमन कुमार शाहले सैनामैना नगरपालिका वडा न.११ बनकट्टा ताली बस्ने वर्ष ३४ की तारा रेग्मीको डेढ तोलाको सुनको सिक्रि नि:शुल्क चम्काइदिने भन्दै गायब बनाएका थिए।

भारतबाट चोरेर ल्याएको दुई किलो सुनसहित दुई पक्राउ

भारतबाट चोरेर ल्याएको दुई किलो सुनसहित दुई पक्राउ

मङ्गलबार, २४ पुष २०७५

भारतको कर्नाटक राज्यस्थित ब्याङ्लोरबाट सुनका गहना चोरेर आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। चोरी भएको मध्ये २.३५८ किलो सुन र ५६८ ग्राम चाँदी कालिकोट र सुर्खेतबाट बरामद गरिएको प्रहरीले जनाएको छ।

Ncell Footer Ad