भूमि विधेयकमाथि सत्तारुढ सांसद्कै असन्तुष्टि

भूमि विधेयकमाथि सत्तारुढ सांसद्कै असन्तुष्टि

बुधबार, ०४ भदौ २०७६

सत्तारुढ दलका सांसदहरूले भूमि विधेयकले सुकुमबासीका नाममा दिएको जग्गा १० वर्षपछि बिक्री गर्न पाउने प्रावधानप्रति असन्तुष्टि जनाएका छन्। प्रतिनिधिसभाको मंगलबारको...

दोहोरो कब्जामा हरैयाको जग्गा

दोहोरो कब्जामा हरैयाको जग्गा

बिहिबार, ३० साउन २०७६

तत्कालीन नेकपा माओवादी (अहिले नेकपाका नाममा सत्तामा) नेताहरु सो जमिन बिक्री गराएर सुकुमबासी हटाउन सक्रिय रहे भने माओवादीबाट अलग भएका...

क्रान्तिकारी माओवादीद्वारा जमिन कब्जा, दुई जना पक्राउ

क्रान्तिकारी माओवादीद्वारा जमिन कब्जा, दुई जना पक्राउ

शनिबार, २५ साउन २०७६

१० दिनसम्म ‘बाउन्सर’ लगाएर सुकुमबासीका टहरा तोडफोड गरिएको गोदावरी नगरपालिका–६, हरैयास्थित जमिनमा वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले झन्डा गाडेर...

सुकुमबासी र अव्यवस्थित बसोबासीलाई सरकारी लालपुर्जा

सुकुमबासी र अव्यवस्थित बसोबासीलाई सरकारी लालपुर्जा

शनिबार, २५ साउन २०७६

विधेयकको मस्यौदामा राखिएको ‘भूमिहीन तथा सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सक्नेछ’ भन्ने वाक्यलाई परिमार्जन गरी ‘गराउनेछ ’ भन्ने शब्द थपेको छ।

ऐलानी जग्गाबाट पनि लखेटिए सुकुमबासी

ऐलानी जग्गाबाट पनि लखेटिए सुकुमबासी

सोमबार, ०६ साउन २०७६

हरैया शिविरमा बसेका सुकुमबासीका टहरा तोडफोड गर्दै आएका भाडाका ‘बाउन्सर’ ले ऐलानी जमिनमा बसेका सुकुमबासीलाई पनि लखेटेका छन्। हरैयामा एक बिघा सात कट्ठा सवा चार धुर ऐलानी जमिनमा बनाइएका सुकुमबासीका घर भत्काइएका छन्। आफ्नो लालपुर्जा भएको जमिनमा बसेकालाई हटाउन पाउनुपर्ने बताउँदै आएका पोखराको सौभाग्य रियल स्टेट एन्ड हाउजिङ प्रालिका सञ्चालकले परिचालन गरेका बाउन्सरले ऐलानी जमिनमा बस्दै आएका सुकुमबासीलाई पनि हटाएका हुन्।

गाउँपालिकाद्वारा १९ सुकुमबासीलाई जग्गा

गाउँपालिकाद्वारा १९ सुकुमबासीलाई जग्गा

बिहिबार, ०२ साउन २०७६

तामाकोशी गाउँका १९ सुकुमबासी परिवारलाई गाउँपालिकाले जग्गा किनिदिएको छ। भूकम्पपछि जग्गा नभएकाले घर बनाउन नसकेका ती परिवारलाई गाउँपालिकाले जग्गा किनिदिएको हो। गाउँपालिकाको १ देखि ४ नम्बर वडासम्ममा १९ सुकुमबासी परिवार रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ।

सुकुमबासी बस्तीमा ‘गुन्डाराज’ कायमै

सुकुमबासी बस्तीमा ‘गुन्डाराज’ कायमै

बुधबार, ०१ साउन २०७६

भाडाका बाउन्सर’ लगाएर हरैयास्थित सुकुमबासी बस्तीमा घर भत्काउने, कुटपिट गर्ने र आगजनी गर्ने कार्य ६ दिनसम्म जारी रहेको छ। अविरल झरीमा सुकुमबासीको बिचल्ली बनाउने गरी गुन्डागर्दी शैलीमा हरैयाका झुप्रा भत्काउने कार्यको चौतर्फी आलोचना हुँदा पनि प्रहरी–प्रशासन र सरकार मौन बसेको छ। २०÷२५ जना ‘बाउन्सर’हरू भाडामा प्रयोग गरेर बिहीबारदेखि सुकुमबासी बस्ती भत्काउन सुरु भएको स्थानीय बताउँछन्। मंगलबारसम्म एक सय झुप्रा भत्काइएका छन्। अझै ३० घर बाँकी छन्। उनीहरूले चक्कु, गैंची, हथौडा, करैंती बोकेर घर भत्काउने र कुटपिट गर्ने गरेका छन्।

‘माओवादी नेताले नै बसाले, उनैले नै उठीबास लगाए’

‘माओवादी नेताले नै बसाले, उनैले नै उठीबास लगाए’

आइतबार, २९ असार २०७६

बाँसले बनाएको सानो झुप्रो । झुप्रोभित्र बालकलाई काखमा राखेर दूध चुसाउँदै थिइन् देवी विक । एक्कासि हातमा गैटी, चक्कु, कोदालो, करेंत बोकेको एक समूहले झुप्रोमा गैटीले हिर्काउन थालेपछि उनी त्रासमा बाहिरिइन् । त्रसित उनले हात जोड्दै बिन्ती गरिन्, ‘पकाएको खाना खान दिनुस् । त्यसपछि भत्काउनु होला घर ।’ छेउमै रहेकी अर्र्की महिलाले कराउँदै भन्न थालिन्, ‘बच्चाभित्र छन्, बाहिर निकाल्न दिनुस्, भित्रै मर्लान् ।’

चौथो सरकार !

चौथो सरकार !

शुक्रबार, २४ जेठ २०७६

के के न उथलपुथल होला भन्ने लाग्थ्यो तर लोकतन्त्र पनि यस्तै रहेछ–बर्दघाट निवासी ऋषिराम परियार सुनाए।

‘सुकुमबासी समस्या राजनीतिक तवरबाटै सल्टाउनुपर्छ’

‘सुकुमबासी समस्या राजनीतिक तवरबाटै सल्टाउनुपर्छ’

सोमबार, ०६ जेठ २०७६

अहिले पनि सडक कालोपत्रे, ढलान गर्ने, ब्लक ओछ्याउने लगायतका कामलाई दु्रत गतिमा अगाडि बढाएका छौं। अहिलेसम्म वडामा डेढ किलोमिटर सडकमा ब्लक ओछ्याएका छौं। करिव एक किलोमिटरभन्दा धेरै सडकमा सडक ढलान गरेका छौं।

आशा सुरक्षित घरको

आशा सुरक्षित घरको

सोमबार, ०६ जेठ २०७६

सुरक्षित घर बनाउन पाइन्छ कि भन्ने आशासहित गुनासो बोकेर मेलम्ची नपा–९ ज्यामिरेका चक्रबहादुर भुजेल मेलम्ची बजार ओर्लिए।पुनर्निर्माण प्राधिकरणका प्रमुखसामु सोधे–‘छिमेकीको घर बन्यो मेरो कहिले बन्छ ?’ यस्तो प्रश्नउनमा मात्र सीमित छैन। उनी जस्तै सिन्धुपाल्चोकका कैयौँ सुकुमबासी र बिस्थापितले प्रमुखसामु ताली बजाएर भुजेलको प्रश्नप्रति ऐक्यबद्धता जनाए।हो पनि, सिन्धुपाल्चोकबाट मात्रै २ सय ३३ सुकुमबासी परिवारले सुरक्षित घर बनाउनका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा निवेदन पेश गरे पनि घरचाहिँ बन्न सकेको छैन।

भूमि सुधारकाे विभ्रम

भूमि सुधारकाे विभ्रम

सोमबार, २७ फागुन २०७५

नेपालमा भूमि सुधारको बहस सुरु भएको सात दशक पूरा भइसकेको छ। सुकुमबासी, भूमिहीन, साना किसान, गरिब, कृषि श्रमिकहरू हरेक राजनीतिक परिवर्तन र सरकार फेरिएपिच्छे भूमि सुधारको अपेक्षा गर्छन्।

सुकुमबासीबारे दोहोरो व्यावहार भएको गुनासो

सुकुमबासीबारे दोहोरो व्यावहार भएको गुनासो

सोमबार, ३० पुष २०७५

सुकुमबासी समस्या समाधान आयोगबाट वितरण गरिएको जग्गाधनी प्रमाणपुर्जा खारेज गराउन जितपुरसिमरा उपमहानगरपालिका प्रमुख र वडा नम्बर १९ का वडाध्यक्ष दुवैले दोहोरो रबैया देखाएको मेथुरापुरका स्थानीयले आरोप लगाएका छन्। उनीहरूले आइतबार पत्रकार सम्मेलन गरी सुकुमबासी समस्या समाधान आयोगबाट पुस्तौंदेखि खन्नजोत गरिँदै आएको सार्वजनिक जग्गाको जग्गा खारेजी गराउने काममा लागेर प्रमुख डा. कृष्ण पौडेल र वडाध्यक्षले सुधन दासले दोहोरो चरित्र देखाएको उनीहरूले गुनासो गरे।

पाँच वर्ष भित्र कोही सुकुमबासी हुँदैन : मन्त्री अर्याल

पाँच वर्ष भित्र कोही सुकुमबासी हुँदैन : मन्त्री अर्याल

शुक्रबार, २६ असोज २०७५

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले पाँच वर्ष भित्र सुकुमबासी समास्याको समुल अन्त्य हुने बताएकी छन्।

कोहलपुर चौराहका सुकुमबासी हटाइयो

कोहलपुर चौराहका सुकुमबासी हटाइयो

आइतबार, १२ कार्तिक २०७४

पूर्व–पश्चिम राजमार्ग र रत्न राजमार्ग अन्तर्गत पर्ने कोहलपुर–११, चौराहमा १२ वर्षदेखि सडक अतिक्रमण गरी बसेका सुकुमबासीलाई प्रशासनले हटाएको छ । १२ वर्षदेखि व्यापारिक र घरायसी टहरा बनाएर बसेका ७२ घरधुरी सुकुमबासीलाई हटाइएको हो।

Ncell Footer Ad