रसुवागढीमा आँखाले विषादी परीक्षण

रसुवागढीमा आँखाले विषादी परीक्षण

सोमबार, ३० असार २०७६

भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकिएको भन्दै सरकारको सर्वत्र आलोचना भएका बेला उत्तरी नाका रसुवागढी भएर आउने...

तरकारीमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयमा सर्वोच्चको ‘ब्रेक’

तरकारीमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयमा सर्वोच्चको ‘ब्रेक’

बुधबार, २५ असार २०७६

भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने सरकारकाे निर्णय कार्यन्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।...

विषादी परीक्षण नभएका तरकारी बजारमा

विषादी परीक्षण नभएका तरकारी बजारमा

बुधबार, २५ असार २०७६

प्रदेश सरकारले विराटनगरमा सञ्चालनमा ल्यायो विषादी अवशेष विश्लेषण प्रयोगशाला ...

‘सरकारले ईच्छाशक्ति देखाउनु पर्‍यो, विषादी परीक्षणमा समस्या छैन’

‘सरकारले ईच्छाशक्ति देखाउनु पर्‍यो, विषादी परीक्षणमा समस्या छैन’

मङ्गलबार, २४ असार २०७६

नेपालगन्जस्थित रानी तलाउ तरकारी मण्डीमा स्थापना गरिएको ‘विषादी अवशेष दु्रत विश्लेषण इकाई’ अहिले बन्द अवस्थामा छ। ...

‘विषादीयुक्त’ भारतीय तरकारी र फलफुल प्रधानमन्त्रीलाई उपहार

‘विषादीयुक्त’ भारतीय तरकारी र फलफुल प्रधानमन्त्रीलाई उपहार

मङ्गलबार, २४ असार २०७६

नेपाल बिद्यार्थी संघ बाँकेले सांकेतिक बिरोध स्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीलाई तरकारी र फलफुल उपहार स्वरुप पठाएको छ। भारतबाट आउने तरकारी र फलफुलको विषादी परीक्षण नगरेर जनताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको भन्दै मंगलबार जिल्ला प्रशासन कार्यालयमार्फत काठमाडौं पठाएको हो।

पछि हट्ने सरकार, दोष सचिवलाई

पछि हट्ने सरकार, दोष सचिवलाई

मङ्गलबार, २४ असार २०७६

भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णयबाट पछि हट्दा सरकारको चौतर्फी आलोचना भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले विषादी परीक्षण गर्ने निर्णय खारेज गरेको नभई स्थगनमात्र भएको स्पष्ट पारेका छन्।

विषादी परीक्षणको माग गर्दै नेविसंघको राँकेजुलुस, ९ जना पक्राउ

विषादी परीक्षणको माग गर्दै नेविसंघको राँकेजुलुस, ९ जना पक्राउ

सोमबार, २३ असार २०७६

भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षणको माग गर्दै नेपाल विद्यार्थी संघले राजधानीमा प्रदर्शन गरेको छ। राँकेजुलुससहितको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर ९ जनालाई नियन्त्रणमा लिएको छ।

‘भारतीय विस्तारवादसामु केपी–पीके सरकारको तावेदारीवाद उदाङ्गियो’

‘भारतीय विस्तारवादसामु केपी–पीके सरकारको तावेदारीवाद उदाङ्गियो’

सोमबार, २३ असार २०७६

नेकपा मालेले भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षण नगर्ने सरकारको निर्णयमा आपत्ति जनाएको छ।

विषादीबारे मन्त्री यादवकाे प्रष्टीकरणः तीन सचिवले डुबाए

विषादीबारे मन्त्री यादवकाे प्रष्टीकरणः तीन सचिवले डुबाए

सोमबार, २३ असार २०७६

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपालमा आयात हुने फलफूल तथा तरकारीमा विषादी परीक्षण नगर्ने निर्णय लिनुमा सचिवहरु जिम्मेवार रहेको आरोप लगाएका छन्। सोमबार अपरान्ह मन्त्री यादवले पत्रकार सम्मेलन गरी सचिवहरुको भरपर्दा आफू सो निर्णयका कारण डुबेको बताएका हुन्।

परिपत्र नआउँदा जाँचेर मात्रै भन्सार पास

परिपत्र नआउँदा जाँचेर मात्रै भन्सार पास

सोमबार, २३ असार २०७६

भन्सार बिन्दुमा पर्याप्त प्रयोगशाला नभएका कारण सरकारले आयातित तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने निर्णय गरे पनि भैरहवा भन्सार कार्यालयमा विषादी अवशेष चेकजाँच गरेरमात्र तरकारी र फलफूल आयात भइरहेको छ।

विषादी परीक्षण रोक्नु गलत

विषादी परीक्षण रोक्नु गलत

सोमबार, २३ असार २०७६

सरकारले भारतबाट आयात हुने तरकारी वा फलफूलमा हुन सक्ने जीवनाशक विषादीको अवशेष परीक्षण गर्ने काम रोक्ने निर्णय गरेको छ। भारतीय हस्तक्षेपका कारण विषादी परीक्षण रोकिएको यथार्थ लुकाउँदै सरकारले ‘आवश्यक तयारी नुगेकोले’ रोक्नुपरेको तर्क दिएको छ। गत असार २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी ‘ताजा तरकारी तथा फलफूल पैठारी गर्दा सम्बन्धित भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्यरूपमा गर्नुपर्ने व्यवस्था गरिएको थियो।

अब आठ ठाउँमा विषादी परीक्षण केन्द्र

अब आठ ठाउँमा विषादी परीक्षण केन्द्र

सोमबार, २३ असार २०७६

भारततर्फका ६ र चीनतिरका दुई गरी आठ नाकामा विषादी परीक्षण केन्द्र स्थापना प्रस्ताव गरिएको छ।

विषादी परीक्षण नगरे भारतीय गाडी नाकामै जलाउने चेतावनी

विषादी परीक्षण नगरे भारतीय गाडी नाकामै जलाउने चेतावनी

आइतबार, २२ असार २०७६

नेपालको मौलिक राज्य व्यवस्था नेपालतन्त्र र नेपालवादको माग राख्दै आएको हाम्रो पार्टी नेपालले आफ्नो आधिकारिक नीति तथा कार्यक्रम र सरकारसँगको माग पत्र सार्वजनिक गरेको छ। करिब भूमिगत शैलीमा आफ्नो राजनीतिक गतिविधि संचालन गर्दै आएको उक्त पार्टीले आइतबार पत्रकार सम्मेलन गर्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो।

‘पारितिरबाट आएको खोकीको मन्द आवाजले थला नै पो पर्‍यो हाम्रो सरकार’

आइतबार, २२ असार २०७६

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले विषादी परीक्षणबाट पछि हट्ने सरकारको निर्णयमा आपत्ति जनाएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै नेता थापाले भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षण गर्ने निर्णयबाट राष्ट्रवादी सरकार फिर्ता हुनु आपत्तिजनक भएको बताए।

ओलीलाई नेपालले भनेः कसैको दबाबको सामु झुक्नु जरुरी छैन

शनिबार, २१ असार २०७६

भारतबाट नेपाल भित्रने तरकारी तथा फलफुलको विषादी परीक्षण नगर्ने सरकारको निर्णयमा सत्तारुढ नेकपाकै सांसदले विरोध जनाएका छन्। जनताको स्वास्थ्यप्रति सचेत र गम्भीर हुनुपर्ने सरकार स्वयम्ले जनतालाई विषादीयुक्त खाद्यान्न खान बाध्य बनाउने गरी निर्णय गरेको भन्दै उनीहरुले आपत्ति जनाएका छन्।

भारतको दबावपछि तरकारीमा विषादी परीक्षण स्थगित

भारतको दबावपछि तरकारीमा विषादी परीक्षण स्थगित

शुक्रबार, २० असार २०७६

भारतको दबावपछि सरकारले भारतबाट आयात हुने तरकारी र फलफुलको विषादी परीक्षण नगर्ने भएको छ। बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले आधुनिक प्रयोगशाला नभएको बहाना बनाउँदै विषादी परीक्षण नगर्ने भएको हो।

तरकारी र फलफूलका ट्रक रोकिए

तरकारी र फलफूलका ट्रक रोकिए

सोमबार, ०९ असार २०७६

भैरहवा भन्सार कार्यालयमा भारतबाट आयातित आलु प्याजका १७ वटा ट्रक रोकिएका छन्। सरकारले विदेशबाट आयात हुने फलफूल र तरकारीजन्य वस्तुमा विषादी छैन भनी प्रमाणित गरेपछि मात्रै भिœयाउने प्रावधान लागू गरेकाले उक्त सामान भन्सार विन्दुमै रोकिएको हो।

Ncell Footer Ad