रसुवामा ७४ प्रतिशत रोपाइँ

रसुवामा ७४ प्रतिशत रोपाइँ

बिहिबार, १६ साउन २०७६

रसुवामा ७४ प्रतिशत रोपाइँ सकिएको छ। धान रोपाइँ हुने क्षेत्रमा पर्याप्त पानी परेपछि धान रोपाइँले गति लिएको हो। गत असार...

बाँकेमा ८० प्रतिशत रोपाइँ

बाँकेमा ८० प्रतिशत रोपाइँ

आइतबार, १२ साउन २०७६

बाँकेमा ८० प्रतिशत रोपाइँ सम्पन्न भएको छ। विगत एक महिनादेखि पर्याप्त मात्रामा वर्षा भएकाले धान रोपाइँको दर पनि ह्वात्तै बढेको...

ओखलढुंगामा ३५ प्रतिशत रोपाइँ

ओखलढुंगामा ३५ प्रतिशत रोपाइँ

आइतबार, १२ साउन २०७६

ओखलढुंगामा मध्य साउन लाग्दा करिब ३५ प्रतिशत रोपाइँ सकिएको छ। लामो समयको खडेरीपछि पानी परे पनि मूल नफुटेका कारण रोपाइँ...

खोटाङमा साउन पहिलो सातासम्म ६२ प्रतिशत रोपाइँ

खोटाङमा साउन पहिलो सातासम्म ६२ प्रतिशत रोपाइँ

आइतबार, १२ साउन २०७६

ढिलो वर्षा भएका कारण खोटाङमा हालसम्म ६२ प्रतिशत मात्र रोपाइँ भएको छ। लामो समयसम्म खडेरी परेकाले मैझारो हुने बेलामा करिब...

खोटाङमा ६२ प्रतिशत मात्र रोपाइँ

खोटाङमा ६२ प्रतिशत मात्र रोपाइँ

शुक्रबार, १० साउन २०७६

ढिलो वर्षा भएका कारण खोटाङमा हालसम्म ६२ प्रतिशत मात्र रोपाइँ भएको छ। लामो समयसम्म खडेरी परेकाले मैझारो हुने बेलामा करिब ६२ प्रतिशत मात्र रोपाइँ भएको हो।

मल अभावले रोपाइँ प्रभावित

मल अभावले रोपाइँ प्रभावित

बिहिबार, ०९ साउन २०७६

धानबालीका लागि किसानले पर्याप्त मल पाउन नसक्दा प्रदेश १ का अधिकांश जिल्लामा रोपाइँ सुस्त भएको छ। धानबालीका लागि मल पाइन्छ कि भन्ने आशामा रहेका किसान मलका लागि केही समय कुर्ने योजनामा रहेकाले रोपाइँ गर्न ढिलाइ भइरहेको हो।

धान रोपाइँ ४० प्रतिशत मात्र

धान रोपाइँ ४० प्रतिशत मात्र

बिहिबार, ०२ साउन २०७६

समयमा वर्षात् सुरु नभएकाले असार मसान्तसम्म धान रोपाइँ ४०.४६ प्रतिशत मात्र भएको छ। यो पाली गत वर्ष भन्दा २३.४२ प्रतिशत कम रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ।

वर्षासँगै रोपाइँ गर्न भ्याइनभ्याइ

वर्षासँगै रोपाइँ गर्न भ्याइनभ्याइ

बिहिबार, ०२ साउन २०७६

साताभरको मुसलधारे झरीसँगै आएको बाढी सकियो। अब किसानलाई खेतको रोपाइँ गर्न भ्याइनभ्याइ छ। खेतको माटो रोपाइँका लागि चाहिएजस्तो गलेर मलिलो भएको छ। बाढीको पानी खेतबाट फर्केपछि मौकाको लाभ लिँदै किसानले तीव्र गतिमा रोपाइँ बढाएका छन्। पर्साको सिबर्वाका किसान लालदेव राउत कुर्मीका अनुसारधेरैका लागि वर्षा बिपत्ती बनेर आएको छ भने कसैका लागि धान खेतीको शुभ साबित हुँदैछ।

दुमडा गाउँको पहिलो रोपाइँ

दुमडा गाउँको पहिलो रोपाइँ

बुधबार, २५ असार २०७६

दुमडा गाउँमा पहिलो पटक रोपाइँ गरिएको छ। अमरगढी–६ को दुमडा गाउँमा सिँचाइ पुगेपछि पहिलो पटक रोपाइँ गरिएको हो।

कम वर्षा, कम रोपाइँ

कम वर्षा, कम रोपाइँ

मङ्गलबार, २४ असार २०७६

धानखेती हुने क्षेत्रमध्ये ६० प्रतिशत हेक्टरमा आकाशे पानीको भर पर्नुपर्ने किसानको बाध्यता छ भने ४० प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको कृषि प्राविधिक युगमणि भट्टराईले जानकारी दिए।

असार तेस्रो सातासम्म २० प्रतिशत रोपाइँँ

असार तेस्रो सातासम्म २० प्रतिशत रोपाइँँ

सोमबार, २३ असार २०७६

असारको तेस्रो सातासम्म रुपन्देहीमा अधिकांश किसानका खेत बाँझै छ। बिउ छिप्पिसकेको छ। खेतमा धाँजा फाटेको छ। खडेरीकै कारण हिँउदे बाली लगाउन नपाएका किसानले धानबाली पनि समयमै लगाउन नपाएपछि छट्पटिएका छन्।

खडेरीले सखाप

खडेरीले सखाप

बिहिबार, १९ असार २०७६

विगतमा असार मध्यसम्म ३५ प्रतिशत हारहारीमा रोपाइँ भइसक्थ्यो। चर्को खडेरीका कारण १० प्रतिशत रोपाइँ पनि हुन सकेको छैन।

मानो खाएर मुरी

मानो खाएर मुरी

सोमबार, १६ असार २०७६

‘असारै महिनाको छिपछिपे हिलो छुनलाई घिन लाग्यो...’– एउटा चर्चित गीत। असार १५ ताका यो गीत रेडियो नेपालबाट बज्दै गर्दा अधिकतर किसान परिवार त्यही छिपछिपे हिलोमा मग्न हुन्थे। ‘मानो खाएर मुरी’ को जोहो गर्नुपर्ने यसबेला अझै धेरै खेतमा रोपाइँ हुन सकेको छैन। धान रोपाइँसँग जोडिएको यस दिनले कृषिकर्मसँग मात्र सरोकार राख्दैन। खासमा यो दिन मुलुकको कृषि अर्थतन्त्र बुझ्न पनि उपयोगी हुनुपर्छ। निर्वाहमुखी नै भए पनि हिजोका दिनमा सबैले खेतबारीमा दशनंग्रा खियाएर मुलुकको अर्थतन्त्रमा योगदान गर्दै आएका हौँ। राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान ३० प्रतिशतभन्दा तल छ। समग्र कृषिजन्य उत्पादनमा धानको योगदान २० प्रतिशत रहेको मानिन्छ। तर, धान हाम्रो मुलुकमा एउटा महत्वपूर्ण खाद्यबालीका रूपमा छ। धनधान्यले भरिपूर्ण हुनु भनेको परिवारमा खाने अनाज हुनु हो। जीवन सहज बन्नु पनि हो। दुर्गम पहाड र तराईका नागरिक पनि आफूले उत्पादन गर्ने यस्तै कृषिजन्य वस्तुमा निर्भर हुन्छन्। यसको उत्पादन हुन सकेन भने तिनको जीवन कठिन हुन पुग्छ। यसकारण पनि असार महिना आगामी वर्ष बाँच्ने उपक्रमको एउटा निरन्तरता हो।

किसानलाई हर्ष, न विस्मात

किसानलाई हर्ष, न विस्मात

सोमबार, १६ असार २०७६

राजापुर क्षेत्रको भेरी माविमा सोमबार सोह्राैं राष्ट्रिय धान दिवस मनाउन कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालसहित कृषि विभागका कर्मचारी गाडीको लस्करसहित पुगे।

मुगुमा ७५ प्रतिशत रोपाइँ

मुगुमा ७५ प्रतिशत रोपाइँ

आइतबार, १५ असार २०७६

हिमाली जिल्ला मुगुमा ७५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र जुम्ला सम्पर्क केन्द्र मुगुका अनुसार रोपाइँ हुने कुल क्षेत्रफलमध्ये ७५ प्रतिशत क्षेत्रफलमा सम्पन्न भएको हो। जिल्लाका अधिकांश स्थानमा सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ।

सिन्धुलीमा ३ दशमलव ५ प्रतिशत रोपाइँ

सिन्धुलीमा ३ दशमलव ५ प्रतिशत रोपाइँ

शनिबार, १४ असार २०७६

असारको दुई साता बितिसक्दा पनि यस वर्ष सिन्धुलीमा धान रोपाइँले गति लिन सकेको छैन। पर्याप्त पानी नपर्दा यस वर्ष किसानहरुले धान रोपाइँ गर्न सकेका छैनन्।

किसानलाई धानको बिउ छर्न भ्याइनभ्याइ

किसानलाई धानको बिउ छर्न भ्याइनभ्याइ

शुक्रबार, ३१ जेठ २०७६

‘यो वर्ष रोपाइँको बेला पनि राम्रो पानी परिदियो भने धान मनग्य हुनेछ,’ पर्साको पोखरिया नगरपालिका–१० सिर्बावाका किसान बुनिनारायण राउत कुर्मीले भने, ‘अहिले बिउ हाल्ने बेलामा ठिक्क मात्रामा पानी परेको छ, बिउलाई राम्रो भयो ।’ जिल्लाका किसानलाई धानका लागि बिउको बिड तयार पार्न भ्याइनभ्याइ छ । धान यहाँको मुख्य बाली हो । जिल्ला कृषि ज्ञान केन्द्रको रेकर्डअनुसार पर्सामा ४६ देखि ४७ हजार हेक्टरसम्म धान खेती हुन्छ । यसका लागि जेठभरीमा बिड तयार गरेर किसानले बिउ छर्नुपर्ने हुन्छ । असारभरी रोपाइँ चल्छ । एकातिर खेती किसानीमा काम गर्ने मानिसको संख्या घट्दो छ भने अर्कोतिर प्राविधिले सघाएको छ । रोपाइँदेखि दाईसम्म ट्याक्टर र कम्बाइनजस्ता ठूला कृषि उपकरणले काम गरे पनि बिउको बिडको लागि गोरुकै जोताइ राम्रो हुने कृषकको अनुभव छ ।

देशभर ९० प्रतिशत धान रोपाइँ

देशभर ९० प्रतिशत धान रोपाइँ

शनिबार, १९ साउन २०७५

देशभर अहिलेसम्म करिब ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि विकास मन्त्रालयले यही साउन १७ गते बिहीबारसम्म संकलन गरेको अभिलेखअनुसार देशका धेरै भागमा रोपाइँँ सम्पन्न भएको छ।

रसुवामा १८ प्रतिशत रोपाइ सम्पन्न

रसुवामा १८ प्रतिशत रोपाइ सम्पन्न

शनिबार, १६ असार २०७५

रसुवामा १८ प्रतिशत रोपाइ सकिएको छ। समयमा मनसुन सक्रिय भएका कारण असार लागेसँगै जिल्लामा रोपाइँ सुरु भएको हो।

लामोसाँघु जिरी सडकमा रोपाइ

लामोसाँघु जिरी सडकमा रोपाइ

शनिबार, १६ असार २०७५

ठेकेदारको लापरबाहीले अलपत्र परेको जिल्लाको मुख्य प्रवेशमार्ग लामोसाँघु–जिरी सडकमा शुक्रबार तरुण दल र नेविसंघका कार्यकर्ताले सांकेतिक विरोधस्वरुप रोपाइँ गरेका छन् ।

राजा शुद्धोधनले सुनको हलोले जोतेको खेतमा कृषि मन्त्रीको रोपाइ (फोटो फिचर)

राजा शुद्धोधनले सुनको हलोले जोतेको खेतमा कृषि मन्त्रीको रोपाइ (फोटो फिचर)

शुक्रबार, १५ असार २०७५

कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले धान दिवसकाे अवसरमा राजा शुद्धाेधनले सुनकाे हलाेले जाेतेकाे खेतमा राेपाइ गरेका छन्।

कस्तो अचम्म, माघमा पनि रोपाइँ !

कस्तो अचम्म, माघमा पनि रोपाइँ !

शुक्रबार, १९ माघ २०७४

माघमा पनि धान रोपाइँ हुन्छ भन्ने धेरैलाई पत्यार नलाग्न सक्छ । तर मोरङको हकमा भने त्यो सत्य सावित हुन्छ। मोरङको रंगेली नगरपालिका–६ स्थित मधुवनी चोकमा माघ महिनाको जाडोयाममा महिला मजदूर महिला एकाबिहानैदेखि खेतमा धान रोप्न ब्यस्त छन् । सो क्षेत्रमा रहेको सयौँ बिगाहा खेतमा अहिले कृषक धान रोपाइँमा ब्यस्त भएका हुन्।

पूर्वमा ५१ प्रतिशत मात्रै रोपाइँ

पूर्वमा ५१ प्रतिशत मात्रै रोपाइँ

शुक्रबार, १३ साउन २०७४

मध्य साउनसम्म पनि पर्याप्त वर्षा नभएपछि पूर्वमा गत वर्षको तुलनामा न्यून रोपाइ“ भएको छ। पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका अनुसार हालसम्म पूर्वमा ५१ प्रतिशत मात्रै रोपाइ“ सकिएको छ। पोहोर यो बेलासम्ममा ६७ प्रतिशत रोपाइ“ सकिएको थियो।

रोपाइँ गर्दै भोट माग्दै उम्मेद्वार

रोपाइँ गर्दै भोट माग्दै उम्मेद्वार

बिहिबार, ०१ असार २०७४

भोजपुर जिल्लाको दक्षिणी रामप्रसाद राई गाउँपालिकामा उम्मेदवारसहित कार्यकर्ताले रोपाइँमा सघाउँदै भोट माग्न थालेका छन् ।

‘रोपाइँ गर्नु कि भोट हाल्नु ?’

‘रोपाइँ गर्नु कि भोट हाल्नु ?’

आइतबार, २१ जेठ २०७४

स्थानीय तहको दोस्रो चरणको निर्वाचन मिति मध्य असारमा तोकिएको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका किसान संग्राम राईलाई चित्त बुझेको छैन । ‘मुठी खाएर मुरी उब्जाउने समय’ मा निर्वाचन मिति तोकिँदा खेतीपातीका काम गर्ने धेरै किसान भोट हाल्न नभ्याउने राईको गुनासो छ । ‘असार १४ मा तोकिएको निर्वाचनले किसानलाई असर गर्छ । त्यस बेला सबै किसान धान रोप्न व्यस्त हुन्छन्,’ डाँडाखर्क कृषि बहुउद्देश्यीय कृषि स्रोत केन्द्रका सञ्चालक रहेका राईले भने, ‘धेरैजसो त काम छाडेर भए पनि भोट हाल्न जालान् तर सबै जान्छन् भन्न सकिन्न।’

पूर्वमा उत्साहजनक  रोपाइँ

पूर्वमा उत्साहजनक रोपाइँ

सोमबार, ०६ भदौ २०७३

पूर्वाञ्चलमा यो वर्ष ९२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ। क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका अनुसार भदौ ६ गतेसम्म पूर्वाञ्चलमा ९२.२४ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

उदयपुरमा रोपाइँ सकियो, धान उत्पादन बढ्ने अपेक्षा

उदयपुरमा रोपाइँ सकियो, धान उत्पादन बढ्ने अपेक्षा

शुक्रबार, २८ साउन २०७३

उदयपुर– यस वर्ष उदयपुरको धान रोपाइँ समयमै सकिएको छ। मनसुन बेलैमा भएका कारण कृषकलाई रोपाइँ गर्न यो वर्ष लामो समय कर्नुु परेन। जिल्ला कृषि विकास कार्यालय उदयपुरले गतविगत वर्षहरुको तुलनामा यो साल खडेरी नलागेका कारण समयमै रोपाइँ गर्न सहज भएको जनाएको छ।

देशभर ९० प्रतिशत धान रोपाइँ

देशभर ९० प्रतिशत धान रोपाइँ

शनिबार, २२ साउन २०७३

काठमाडौं– देशभर ९० प्रतिशत धान रोपाइँ सकिएको छ। कृषि विभागका महानिर्देशक युवकध्वज जिसीका अनुसार उच्च पहाडमा ९२.१९, मध्यपहाडमा ९२.७० र तराईमा ८८.७६ प्रतिशत रोपाइँ भएको छ।

पूर्वाञ्चलमा २२ प्रतिशत रोपाइँ

पूर्वाञ्चलमा २२ प्रतिशत रोपाइँ

सोमबार, २० असार २०७३

विराटनगर– पूर्वाञ्चलमा असारको तेस्रो सातासम्ममा २२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। गत वर्ष उक्त अवधिमा २० प्रतिशत रोपाइँ मात्र सम्पन्न भएको थियो। यस वर्ष समयमै वर्षाका साथै कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ लिमिटेडले पर्याप्त मलको व्यवस्था गरेकाले रोपाइँमा वृद्धि भएको हो।

छुपुछुपु धान रोपाइँ (फोटो/भिडियो)

छुपुछुपु धान रोपाइँ (फोटो/भिडियो)

बुधबार, १५ असार २०७३

असार १५ को दिन बुधबार कृषिमन्त्री हरिवल गजुरेलले गमलामा धान रोपाइँ गरे पनि मुलुकभरिका किसानले खेतमै धान रोपाइँ गरेका छन्। हिमाल, पहाड, तराई सबै भेग किसानले असार १५ मा धान रोपाइँ गरेका छन्। ‘व्यावसायिक धानखेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ नाराका साथ सरकारले पनि धान दिवस मनाएको छ।

कृषिमन्त्रीको गमलामा धान रोपाइँ

कृषिमन्त्रीको गमलामा धान रोपाइँ

बुधबार, १५ असार २०७३

काठमाडौं— कृषिमन्त्री हरिबोल गजुरेलले धान दिवस अवसरमा बुधबार गमलामा धानकाे विरूवा रोपेका छन्। खुमलटार, ललितपुरस्थित नेपाल कृषि अनुसन्धान परिषदमा आयोजना गरिएको एक कार्यक्रममा उनले गलैँचा माथि राखिएकाे गमलामा धानको बिरुवा रोपेका हुन्।

Ncell Footer Ad