दुइटा संघ हुनु राम्रो होइनः सदस्य सचिव सिलवाल

दुइटा संघ हुनु राम्रो होइनः सदस्य सचिव सिलवाल

शनिबार, ३२ साउन २०७६

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले तेक्वान्दोको दुई वटा संघ अस्तित्वमा रहनु राम्रो कुरा नभएको बताएका छन्। ...

क्रिकेटको अम्पायरिङ कोर्स सुरु

क्रिकेटको अम्पायरिङ कोर्स सुरु

शनिबार, ३२ साउन २०७६

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा शुक्रबारदेखि दुईदिने अम्पायरिङ र स्कोरिङ रिफ्रेसर कोर्स सुरु भएको छ।

१ अर्ब ८६ करोडका ९७ योजना सार्वजनिक

१ अर्ब ८६ करोडका ९७ योजना सार्वजनिक

सोमबार, २७ साउन २०७६

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी ०७६÷०७७ का महŒवाकांक्षी खेलकुद भौतिक पूर्वाधार तथा योजना सार्वजनिक गरेको छ। ...

प्रचार प्रमुखमा दुलाल

प्रचार प्रमुखमा दुलाल

बिहिबार, १६ साउन २०७६

राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गत प्रचारप्रसार शाखाको प्रमुखको जिम्मेवारी दुर्गाप्रसाद दुलाललाई दिइएको छ। २०७६ साल साउन १४ गतेको सदस्यसचिवस्तरीय निर्णयअनुसार दुलाललाई...

धरानमा बास्केटबल क्रेज बढ्दो

धरानमा बास्केटबल क्रेज बढ्दो

शुक्रबार, १० साउन २०७६

राष्ट्रिय खेलकुद परिषद्ले धरान १६ स्थित रंगशालामा मिनी कभर्ड हल बनाएको थियो। जसमा तेक्वान्दो, कराते, उसु खेल मात्र प्रशिक्षण गराउन मिल्थ्यो। गत आर्थिक वर्ष २०७५÷७६ मा धरान नगर खेलकुद विकास समितिले थप २० लाख लगानी गरेर सुविधासम्पन्न बास्केटबल कोर्टसमेत बनायो।

शारीरिक सुगठन टोली चीन जाने

शारीरिक सुगठन टोली चीन जाने

सोमबार, ०६ साउन २०७६

नेप्लिज फेडरेसन अफ बडी बिल्डिङ तथा फिट्नेसको २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली ५३ औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागी हुन बुधबार चीनको हर्बिन जाने भएको छ।

सागकाे तयारीका लागि काम थालियाे

सागकाे तयारीका लागि काम थालियाे

शुक्रबार, ०३ साउन २०७६

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले १३औं दक्षिण एसियाली खेलकुद (साग) तयारीका लागि काम थालनी भएको बताएका छन्। नेपाली खेलाडीहरूको छाता संगठन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले राखेपका नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवाललाई स्वागत गर्दै ध्यानाकर्षणपत्र बुझाएको दिन सिलवालले यस्तो बताएका हुन्।

‘पूर्वाधार तयार नभए साग हुँदैन’

‘पूर्वाधार तयार नभए साग हुँदैन’

आइतबार, २९ असार २०७६

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले पोखराको फुटबल स्टेडियम निर्माण आगामी कात्तिक १५ गतेसम्म सकेर हस्तान्तरण गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्। उनले शुक्रबार निर्माणाधीन प्यारापिटसहितको फुटबल मैदान निरीक्षण गर्दै निर्माण कम्पनीलाई राष्ट्रिय गौरवको योजनालाई ढिला नगरी कात्तिक १५ सम्ममा तयार पार्न निर्देशन दिए।

खेलकुद परिषदकाे सदस्य सचिवमा सिलवाल

खेलकुद परिषदकाे सदस्य सचिवमा सिलवाल

सोमबार, २३ असार २०७६

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भएका छन्।

सागको तयारीका लागि विशेष प्रशिक्षण

सागको तयारीका लागि विशेष प्रशिक्षण

बुधबार, १५ जेठ २०७६

नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि खेलाडीको तयारीलाई मध्यनजर गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विशेष प्रशिक्षण सञ्चालन गर्ने भएको छ।

प्रधानमन्त्री कप जेठ पहिलो साता

प्रधानमन्त्री कप जेठ पहिलो साता

सोमबार, २३ बैशाख २०७६

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थापनमा तेस्रो प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता जेठको पहिलो साता हुने भएको छ।

महिला क्रिकेट लिग फेरि सर्‍यो

महिला क्रिकेट लिग फेरि सर्‍यो

बुधबार, १८ बैशाख २०७६

एनसिएल स्पोर्ट्स प्रालिको आयोजनामा हुन लागेको महिला क्रिकेट लिगको मिति दोस्रो पटक पनि सरेको छ। पहिलो पटक फ्रेन्चाइज प्रणालीमा सञ्चालन गर्न लागिएको प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को आयोजनमा हुन लागेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितासँग मिति जुधेपछि आयोजक एनसिएल स्पोर्ट्स प्रालिले प्रतियोगिताको मिति दोस्रो पटक फेरबदल गरेको हो।

गर्मीमा आठौं राष्ट्रिय खेलकुद

गर्मीमा आठौं राष्ट्रिय खेलकुद

आइतबार, ०१ बैशाख २०७६

नेपालगन्ज रंगशालामा चहलपहल ह्वात्तै बढेको छ। अझैं पनि निर्माण भैरहेको नेपालगन्ज रंगशाला हेर्न स्थानीयले चासो देखाइरहेका छन्। रंगशालामा खेलकर्मीको भिड बढ्दै छ। आठौं राष्ट्रिय खेलकुदको माहोलले नेपालगन्जलाई दिन प्रतिदिन व्यस्त बनाउँदै गएको छ।

राष्ट्रिय खेलकुदः उद्घाटनअगावै केही खेल हुने

राष्ट्रिय खेलकुदः उद्घाटनअगावै केही खेल हुने

आइतबार, १७ चैत २०७५

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल उद्घाटनअगावै हुने भएका छन्। वैशाख ५ गतेदेखि उद्घाटन हुने भनिए पनि केही खेलहरू चैत २७ देखिनै हुने भएका हुन्। चैत २७ गतेदेखि खेल सुरु हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। २०७५ चैत २७ देखि ३० गतेसम्ममा १२ खेल हुनेछन्। पहिलो दिन हक्की पुरुष बाँकेमा, स्क्वास महिला र पुरुष ललितपुरमा तथा प्याराग्लाइडिङ खेल पोखरामा हुने छ।

पोखरा रंगशाला निर्माणका लागि सम्झौता

पोखरा रंगशाला निर्माणका लागि सम्झौता

सोमबार, २३ पुष २०७५

लामो समयको प्रतीक्षापछि पोखरा फुटबल रंगशाला निर्माणका लागि सम्झौता गरिएको छ। भारतीय कम्पनी ग्रेट स्पोर्टस एन्ड एमए कन्स्ट्रक्सन र जवलाखेल ललितपुर (जेभी) सँग फुटबल स्टेडियम निर्माणका लागि सम्झौता गरिएको हो।

१३ औं साग लक्षित विशेष प्रशिक्षण सुरु

१३ औं साग लक्षित विशेष प्रशिक्षण सुरु

शनिबार, २९ मङि्सर २०७५

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी खेलाडीको विशेष प्रशिक्षण सुरु गरेको छ।

Ncell Footer Ad