आश्रममै देखिए तपस्वी बम्जन

आश्रममै देखिए तपस्वी बम्जन

शुक्रबार, ०३ जेठ २०७६

तपस्वी रामबहादुर बम्जन सार्वजानिक भएका छन्। बोधी श्रवण धर्मसंघ सिन्धुलीले उनकै आश्रममा गरेको एक कार्यक्रममा उनी सार्वजानिक भएका हुन्। ...

दुई महिना बित्यो, निष्कर्ष निस्केन

दुई महिना बित्यो, निष्कर्ष निस्केन

शनिबार, ११ फागुन २०७५

आफुलाई तपस्वि बताउने रामबहादुर बम्जनका विभिन्न जिल्लाका आश्रमबाट आफ्ना आफन्त हराएको भन्दै जाहेरी परेपनि प्रहरीले हालसम्म ठोस निष्कर्ष निकाल्न सकेको...

बम्जन प्रकरण :  प्रहरी अनुसन्धान अझै निष्कर्षमा पुग्न सकेन

बम्जन प्रकरण : प्रहरी अनुसन्धान अझै निष्कर्षमा पुग्न सकेन

शुक्रबार, १० फागुन २०७५

आफुलाई तपस्वी बताउने रामबहादुर बम्जनका विभिन्न जिल्लाका आश्रमबाट आफ्ना आफन्त हराएको भन्दै जाहेरी परेपनि प्रहरीले हालसम्म ठोस निष्कर्ष निकाल्न सकेको छैन।...

बम्जन कहाँ छन्, प्रहरीलाई थाहा छैन

बम्जन कहाँ छन्, प्रहरीलाई थाहा छैन

शुक्रबार, १० फागुन २०७५

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले तपस्वी रामबहादुर बम्जन जिल्लामा भएनभएको यकिन नभएको जनाएको छ। आफूलाई तपस्वी बताउने बम्जनमाथि विभिन्न आरोप लागेपछि...

बम्जन पक्राउ नगरेकोमा संसदमा आक्रोश

बम्जन पक्राउ नगरेकोमा संसदमा आक्रोश

बिहिबार, ०९ फागुन २०७५

राष्ट्रियसभाको बैठकमा ‘अनुयायीलाई बेपत्ता पार्ने र बलात्कारसमेत गरेको’ आरोप लागेका रामबहादुर बम्जनलाई पक्राउ नगरेको विषय उठेको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद कोमल वलीले बम्जनबारे विभिन्न प्रमाण बाहिर आउँदा पनि सरकारले किन पक्राउ नगरेको भन्दै प्रश्न उठाएकी हुन्।

तपस्वीको चर्चा र बुुद्धको हल्ला

तपस्वीको चर्चा र बुुद्धको हल्ला

बिहिबार, १७ माघ २०७५

बुद्ध र बौद्ध धर्मसम्बन्धी चर्चा हुँदा रामबहादुर बम्जन के हो भन्ने जिज्ञासा राख्नेहरू पनि छन्। सिद्धार्थ (गौतम बुद्धको गृहस्थ नाम) कोे महाभिनिष्क्रमण र बुद्धत्वप्राप्तिबीच ६ वर्षको अन्तर छ। केहीलाई लाग्दोरहेछ– उनले ६ वर्षसम्म कठोर तपस्या गरी बुद्धत्व लाभ गरेका थिए र बुद्ध बने।

यस्तो छ रामबहादुर बम्जनको तोड्केभिर आश्रम (भिडियो)

बुधबार, ०९ माघ २०७५

बाँडेगाउँको तोड्केभिर । नाम जस्तै तोड्केभिर डर लाग्दो छ । एक्लै–दुक्लै हिँड्न साहसै बटुल्नु पर्ने । मोटरबाटो पुग्ने अन्तिम बस्ती थलडाँडाबाट चिलाउने र ढाल्नेका घना जंगल छिचोल्दै झण्डै २० मिनेट ओह्रालो हिँडेपछि भेटिन्छन् जस्ताले बनेका अस्थायी संरचना ।

बम्जन बारामा हुँदा पनि विवादित

बम्जन बारामा हुँदा पनि विवादित

मङ्गलबार, ०१ माघ २०७५

रामबहादुर बम्जन हलखोरिया वन क्षेत्रमा बस्दा पनि विवादमा परेको खुलासा भएको छ। २०६३ देखि २०७० सालसम्म हलखोरियाको वनमा नमोबुद्ध तपोवन आश्रम सञ्चालन गरेर बम्जन बसेका थिए। त्यहाँ बस्दा उनी र अनुयायीहरूले मानिस बन्धक बनाएको, स्थानीयमाथि हातपात गरेको भन्ने आरोप थियो। उनले वनको जग्गा आश्रमको नाममा गराउन चलखेल गरेको पनि खुल्न आएको छ।

बम्जन तत्काल सार्वजनिक नहुने

बम्जन तत्काल सार्वजनिक नहुने

मङ्गलबार, ०१ माघ २०७५

रामबहादुर बम्जनसम्बद्ध बोधी श्रवण धर्म संघले माघ ६ गतेबाट सिन्धुलीस्थित आश्रममा मैत्री धर्म प्रज्ञा प्रशिक्षण तथा विश्व शान्ति महामैत्री पूजाको आयोजना गर्दै छ। सोही कार्यक्रममा धार्मिक सम्बोधन गर्ने भन्ने पूर्वनिर्धारित कार्यक्रममा बम्जनमा बम्जन सार्वजनिक नहुने जनाइएको छ। आफ्नै अनुयायी बेपत्ता पारेको र आनीहरूमाथि यौन दुर्व्यहारको आरोप लागेका बम्जन सुरक्षा चुनौतीका कारण सार्वजनिक हुन नखोजेको आयोजकले बताएको छ।

सिन्धुली आश्रममा छन् बम्जन, अनुयायी भन्छन्ः चर्चाले खुसी छौं

सिन्धुली आश्रममा छन् बम्जन, अनुयायी भन्छन्ः चर्चाले खुसी छौं

बिहिबार, २६ पुष २०७५

लिटिलबुद्ध नामले चिनिएका तपस्वी रामबहादुर बम्जन २०६८ असार १ गते पहिलाे पटक सिन्धुली आए कमलामाई नगरपालिका ८ स्थित पैरे भन्ने स्थानमा ठूलो आश्रम छ । अहिले त्यही आश्रममा एक निर्माणधीन अवस्थामै रहेको व्यवस्थित भवनमा उनी २०० अनुयायीका साथ बस्छन् ।

बम्जन आश्रममा तालिम प्राप्त कुकुर परिचालन

बम्जन आश्रममा तालिम प्राप्त कुकुर परिचालन

बिहिबार, २६ पुष २०७५

अनुयायी हत्या गरी गाडिएको आशंकामा रामबहादुर बम्जनको बाँडेगाउँ आश्रममा प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरी पुनः अनुसन्धान थालेको छ।

सिन्धुलीस्थित बम्जन आश्रमका दुई जना प्रहरी नियन्त्रणमा

सिन्धुलीस्थित बम्जन आश्रमका दुई जना प्रहरी नियन्त्रणमा

बिहिबार, २६ पुष २०७५

लिटिल बुद्ध दाबी गर्ने रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रमबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बम्जन आश्रमबाट बेपत्ता भएका भनिएका व्यक्तिहरुको खोजीका क्रममा सिन्धुली प्रहरीले सोधपुछका लागि भन्दै कमलामाई नगरपालिका ८ पैरेस्थित आश्रमबाट उनीहरुलाई पक्राउ गरेको हो।

बम्जनलाई पक्राउ गर्न कोमल वलीको माग

बम्जनलाई पक्राउ गर्न कोमल वलीको माग

बुधबार, २५ पुष २०७५

राष्ट्रिय सभा सदस्य एवं सत्तारुढ नेकपाकी नेतृ कोमल वलीले विवादित धर्म गुरु रामबहादुर बम्जनलाई पक्राउ गर्न सरकारसँग माग गरेकी छिन्। बुधवारको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद वलीले बम्जनलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गरेकी हुन्।

बम्जन आश्रममा अनुयायी हत्या आरोप : अनुसन्धान जिम्मा सिन्धुपाल्चोक प्रहरीलाई

बम्जन आश्रममा अनुयायी हत्या आरोप : अनुसन्धान जिम्मा सिन्धुपाल्चोक प्रहरीलाई

मङ्गलबार, २४ पुष २०७५

रामबहादुर बम्जनको बाँडेगाउँस्थित आश्रममा भएको अनुयायी सञ्चलाल तामाङ हत्या घटनाको अनुसन्धान गर्ने जिम्मेवारी सिन्धुपाल्चोक प्रहरीले पाएको छ। पीडित परिवारले दिएको जाहेरी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा दर्ता भएपछि अनुसन्धानको जिम्मेवारीसमेत उसैले पाएको हो।

बम्जन आश्रममा सिआइबी, सिन्धुपाल्चोकपछि सिन्धुलीतर्फ

बम्जन आश्रममा सिआइबी, सिन्धुपाल्चोकपछि सिन्धुलीतर्फ

मङ्गलबार, २४ पुष २०७५

‘लिटिल बुद्ध’ भनेर चिनिने रामबहादुर बम्जनको सिन्धुपाल्चोक आश्रममा छापा मारेको प्रहरी टोलीले अबको अनुसन्धानका लागि सिन्धुलीलाई लक्ष्य गरेको छ। गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) तथा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक प्रहरीले बम्जनको आश्रममा छापा मारेका थिए।

बम्जन आश्रमभित्र हत्या र बेपत्ता आरोप : प्रमाण जुटाउँदै सिआइबी

बम्जन आश्रमभित्र हत्या र बेपत्ता आरोप : प्रमाण जुटाउँदै सिआइबी

शनिबार, २१ पुष २०७५

एक अनुयायीको हत्या गरी नुन छर्केर गाडिएको आशंका गरिएको रामबहादुर बम्जनको बाँडेगाउँस्थित आश्रमबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोलीले नुनका खाली प्याकेट (पोका) बरामद गरेको छ।

बम्जनकाे आश्रममा सिआइबीकाे छापा

बम्जनकाे आश्रममा सिआइबीकाे छापा

शुक्रबार, २० पुष २०७५

आफुलाई लिटल बुद्ध बताउने रामबहादुर बम्जन को सिन्धुपाल्चोक स्थित बाडेगाउँमा रहेको आश्रममा प्रहरीले छापा मारेको छ। काठमाडौंबाट खटिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र सिन्धुपाल्चोक प्रहरी टोलीले शुक्रबार आश्रममा छापा मारेको हो।

बम्जनले आश्रमबाटै बेपत्ता पारेकाे आरोप

बम्जनले आश्रमबाटै बेपत्ता पारेकाे आरोप

शनिबार, १४ पुष २०७५

तपस्वी रामबहादुर बम्जनका देशैभरका आश्रममा प्रहरीले निगरानी बढाएको छ। बम्जन आश्रमबाट सलाल वाइबा, फूलमाया वाइबा, कर्मा वाइबा र सुरेश आलेमगर हराएको भन्दै प्रहरीमा जाहेरी परेपछि उनीहरूको खोजीका लागि प्रहरीले बम्जन सम्बद्ध बोधी श्रमवण धर्म सेवा संघका देशभरका आश्रममा निगरानी बढाएको हो।

प्रहरी निगरानीमा बम्जन

प्रहरी निगरानीमा बम्जन

शनिबार, १४ पुष २०७५

‘लिटिल बुद्ध’ भनेर चिनिने रामबहादुर बम्जनको गतिविधिबारे जानकारी गराउन गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। मन्त्रालयले बारा, मकवानपुर, सर्लाही, सिन्धुपाल्चोक, सिन्धुली, लमजुङका प्रमुख जिल्ला अधिकारीलाई उनको गतिविधिबारे जानकारी गराउन निर्देशन दिएको हो।

बम्जन आश्रमबाट पाँच बेपत्ता

बम्जन आश्रमबाट पाँच बेपत्ता

बिहिबार, १२ पुष २०७५

हेटाैंडा नगरपालिका– १३ का सञ्चलाल वाइबा करिब तीन वर्षअघिसम्म तपस्वी रामबहादुर बम्जनका आश्रममा थिए। उनी एकाएक त्यहाँबाट बेपत्ता भए। यस्तै बारा कलैयाका सुरेश आलेमगर पनि तीन वर्षअघिसम्म बम्जन आश्रममै थिए। उनी पनि बेपत्ता छन्।

Ncell Footer Ad