राउतको पक्षमा मानवअधिकार आयोगका पदाधिकारी? मोर्चाको विरोध

राउतको पक्षमा मानवअधिकार आयोगका पदाधिकारी? मोर्चाको विरोध

मङ्गलबार, १२ असार २०७५

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीले पृथकतावादी पक्षधरलाई कार्यकक्षमै भेटेकोमा आपत्ति जनाएको छ। ...

अदालतसामु माफी माग्न डा.केसीलाई मोर्चाको आग्रह

अदालतसामु माफी माग्न डा.केसीलाई मोर्चाको आग्रह

बुधबार, १६ फागुन २०७४

मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चाले डा. गोविन्द केसीलाई जनताका बीचमा माफी माग्न आग्रह गरेको छ। रिपोर्टर्स क्लबमा बुधबार पत्रकार सम्मेलन गरेर...

परिमार्जनसहितको संविधान संशोधनमा मोर्चाको जोड, साँझसम्म फेरि बस्ने

परिमार्जनसहितको संविधान संशोधनमा मोर्चाको जोड, साँझसम्म फेरि बस्ने

शुक्रबार, ०८ बैशाख २०७४

मधेसी मोर्चाले परिमार्जनसहितको संविधान संशोधन गरिए स्थानीय तहको निर्वाचनमा सहभागी हुने जनाएका छन्। शुक्रबार सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी...

सरकार र मोर्चाको बैठक बालुवाटारमा सुरु

सरकार र मोर्चाको बैठक बालुवाटारमा सुरु

शुक्रबार, ०८ बैशाख २०७४

मधेसी मोर्चामा आबद्ध छ दलले पार्टी एकीकरण गरेको भोलिपल्टै सरकारले डाकेको वार्तामा सहभागी हुन बालुवाटार पुगेका छन्। ...

चुनाव बिथोल्ने मोर्चाको घोषणा

चुनाव बिथोल्ने मोर्चाको घोषणा

सोमबार, ०४ बैशाख २०७४

सहमतिका लागि सरकारले पटकपटक राखेका प्रस्ताव लत्याउँदै मधेसी मोर्चासहितको संघीय गठबन्धनले स्थानीय चुनाव विरोधी कार्यक्रम सार्वजनिक गरेको छ। वैशाख ३१ गतेका लागि तोकिएको चुनाव बिथोल्ने गरी गठबन्धनले देशव्यापी हड्तालसहितका कार्यक्रम आइतबार घोषणा गरेको हो।

कलैयामा मोर्चाको विरोध प्रदर्शन

कलैयामा मोर्चाको विरोध प्रदर्शन

बिहिबार, ३१ चैत २०७३

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रमुख ३ दलले संविधान संशोधनको नाममा मधेसी, आदीवासीजनजाति, अल्पसंख्यक समुदायलाई धोका दिएको बाराको सदरमुकाम कलैयामा विरोध प्रदर्शन गरेको छ ।

मधेसी मोर्चाको नसमात्नुपर्ने बाटो

मधेसी मोर्चाको नसमात्नुपर्ने बाटो

बिहिबार, ३१ चैत २०७३

मोर्चाका स्वनामधन्य नेताहरूले संसदीय गणित, प्रम्ुख प्रतिपक्षीको भूमिका, मोर्चामा आबद्धहरू आफँै छिन्नभिन्न हुन लागेको अवस्था र स्थानीय निर्वाचनपछि नयाँ सत्ता समीकरण बन्न्ो राजनीतिक परिदृश्यहरूको आलोकमा निर्णय गर्न सक्नुपर्छ, त्यो नै मोर्चा र मुलुकको हितमा हुन जान्छ।

मोर्चाको अवरोधले मतदान केन्द्र पुनरावलोकन बैठक निष्कर्षविहीन

मोर्चाको अवरोधले मतदान केन्द्र पुनरावलोकन बैठक निष्कर्षविहीन

सोमबार, २८ चैत २०७३

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तहको मतदान केन्द्र पुनरावलोकनसम्बन्धी बैठक अवरोध गरेकाे छ ।

निर्वाचन चिन्हप्रति मोर्चाको आपत्ति

निर्वाचन चिन्हप्रति मोर्चाको आपत्ति

शनिबार, १९ चैत २०७३

देशभक्त जन गणतान्त्रिक मोर्चा, नेपालले स्थानीय तह निर्वाचन ऐन–२०७३ ले व्यवस्था अनुसार हाल संसद्मा रहेका दलहरुले मात्र निर्वाचन चिन्ह् पाउने प्रावधान गरेकोमा आपत्ति प्रकट गरेको छ ।

मधेसी मोर्चाको दोहोरो चरित्र

मधेसी मोर्चाको दोहोरो चरित्र

बिहिबार, १७ चैत २०७३

स्थानीय तह निर्वाचनमा भाग लिन दल दर्ता गराएर चुनाव प्रक्रियामा सामेल भइसकेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलहरू चुनावकै विरोधमा जिल्ला निर्वाचन कार्यालय घेराउ गर्न थालेका छन्।

जिल्ला निर्वाचन अायाेगकाे बैठक मोर्चाको कारण स्थगित

जिल्ला निर्वाचन अायाेगकाे बैठक मोर्चाको कारण स्थगित

बुधबार, ०९ चैत २०७३

निर्वाचन आयोग महोत्तरीद्वारा स्थानीय निर्वाचन प्रयोजनको लागि जिल्लामा मतदान स्थल थप गर्न बोलाइएको बैठक मधेसी मोर्चाको विरोधका कारण स्थगित भएको छ।

मोर्चाको सर्त- 'स्थानीय तहको संख्या बढाए चुनावमा जान्छौं'

मोर्चाको सर्त- 'स्थानीय तहको संख्या बढाए चुनावमा जान्छौं'

मङ्गलबार, ०८ चैत २०७३

मधेसी मोर्चाका दोस्रो तहका नेताहरूले जनसंख्याका आधारमा स्थानीय तहको संख्या बढाएमा र चुनावअघि नै संविधान संशोधन गरी स्थायी प्रकृतिको शक्तिशाली संघीय आयोग गठन गरेमा स्थानीय चुनावमा भाग लिने संकेत गरेका छन्।

मधेसी मोर्चाको अल्टिमेट अाज सकिँदै,  अबको बाटाे के?

मधेसी मोर्चाको अल्टिमेट अाज सकिँदै, अबको बाटाे के?

मङ्गलबार, ०१ चैत २०७३

मधेसी मोर्चाले सरकारलाई दिएको सातदिने अटिल्मेटम मंगलबार सकिँदैछ । मोर्चाले गत फागुन २३ गते  प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाई सात दिनभित्र स्थानीय चुनाव मिति फिर्ता लिन र परिमार्जनसहित संविधान संशोधन गर्न माग राखेको थियो ।

मोर्चाको सर्तले प्रधानमन्त्री दबाबमा

मोर्चाको सर्तले प्रधानमन्त्री दबाबमा

बिहिबार, २६ फागुन २०७३

मधेसी मोर्चाले आफ्ना माग पूरा गर्न सरकारलाई सात दिनको सयमसीमा दिएको छ। उसले समयसीमा भित्र माग पूरा नभए समर्थन फिर्ता लिने जानकारी पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई गराएको छ।

एमाले समर्थकलाई सप्तरीमा मोर्चाको सामाजिक बहिस्कार

एमाले समर्थकलाई सप्तरीमा मोर्चाको सामाजिक बहिस्कार

मङ्गलबार, २४ फागुन २०७३

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सप्तरी जिल्ला समितिले सोमबार प्रहरीको गोलीबाट मारिएका तीनै जनालाई सहिद घोषणा गर्न माग गरेको छ। मोर्चा सप्तरीका संयोजक दिनेशकुमार यादवले एक विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन्।

मधेसी मोर्चाको आकस्मिक बैठक जारी

मधेसी मोर्चाको आकस्मिक बैठक जारी

सोमबार, २३ फागुन २०७३

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आकस्मिक बैठक बसिरहेकाे छ । सप्तरी घटना पछि मोर्चाको बैठक बसेकाे हाे।

सप्तरीमा एमालेको सभा सुरु, कार्यक्रम स्थल वरपर मोर्चाको प्रदर्शन

सप्तरीमा एमालेको सभा सुरु, कार्यक्रम स्थल वरपर मोर्चाको प्रदर्शन

सोमबार, २३ फागुन २०७३

मेची- महाकाली अभियान अन्तर्गत नेकपा एमालेले सप्तरीमा आयोजना गरेको सभा सुरु भएको छ। कार्यक्रम स्थल गजेन्द्र नारायण औधोगिक क्षेत्रमा एमाले अध्यक्ष तथा तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, माधव नेपाल र झलनाथ खनाल आइपुगेका छन्। सभालाई एमाले नेता रामपृत पासवानले सम्वोधन गरिसकेका छन्।

संशोधनबिना चुनावमा नजाने मोर्चाको अडान

संशोधनबिना चुनावमा नजाने मोर्चाको अडान

बुधबार, १८ फागुन २०७३

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संविधान संशोधन नभएसम्म कुनै पनि निर्वाचनमा भाग नलिने जबाफ दिने भएको छ।

प्रधानमन्त्रीद्वारा मोर्चाको आधिकारिक धारणा माग : संशोधन प्रस्ताव फेल भए चुनाबमा जाने कि नजाने?

प्रधानमन्त्रीद्वारा मोर्चाको आधिकारिक धारणा माग : संशोधन प्रस्ताव फेल भए चुनाबमा जाने कि नजाने?

मङ्गलबार, १७ फागुन २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विषयमा सत्ता समर्थक मधेसी मोर्चाको आधिकारिक धारणा माग गरेका छन्।

मोर्चाको आन्दोलन निर्वाचन सुरक्षा चुनौती

मोर्चाको आन्दोलन निर्वाचन सुरक्षा चुनौती

बुधबार, ११ फागुन २०७३

सरकारले स्थानीय तहको निर्वाचनको विरोधमा रहेका शक्तिको आन्दोलनको स्वरूप प्रमुख निर्वाचन सुरक्षा चुनौती मान्दै सोहीअनुसार योजनाको तयारी थालेको छ।

मंसिरमा चुनाव गर्न मोर्चाको प्रस्ताव

मंसिरमा चुनाव गर्न मोर्चाको प्रस्ताव

सोमबार, ०९ फागुन २०७३

स्थानीय चुनाव मिति घोषणामा मधेसी मोर्चालाई मनाउन प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार गरेको प्रयास पनि निष्कर्षमा पुग्न सकेन। सत्ता पक्ष र मोर्चाबीचको बैठक सहमतिमा पुग्नुको साटो आपसी भनाभनमै सकिएको स्रोतले बतायो। दाहालले शनिबार पनि मोर्चासँग बैठक गरेका थिए।

निर्वाचनको मिति घोषणा गरे प्रतिवाद गर्ने मोर्चाको चेतावनी

निर्वाचनको मिति घोषणा गरे प्रतिवाद गर्ने मोर्चाको चेतावनी

आइतबार, ०८ फागुन २०७३

निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई मधेसी मोर्चाका नेताहरुले सरकारले जस्तो व्यवहार गर्‍यो त्यस्तै उत्तर दिने चेतावनी दिएका छन्। प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस सहित मधेसी मोर्चाका शीर्ष नेतासँग आइतबार साँझ निर्वाचनको मिति घोषणाबारे छलफल गरेका थिए।

चुनावको मिति घोषणा गरे सरकारसँग सम्बन्धविच्छेद गर्ने मोर्चाको चेतावनी

चुनावको मिति घोषणा गरे सरकारसँग सम्बन्धविच्छेद गर्ने मोर्चाको चेतावनी

मङ्गलबार, १८ माघ २०७३

सद्‍भावना अध्यक्षा तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेता राजेन्द्र महतोले संविधान संशोधन नगरीकन चुनावको मिति घोषणा गरे सरकारसँगको सम्बन्धविच्छेद गर्ने चेतावनी दिएका छन्। रिपोर्टस क्लबमा बोल्दै महतोले त्यसको विरुद्धमा आन्दोलनमा जाने चेतावनी समेत दिए।

मोर्चाको अडान कायमै, चुनावको मिति घोषणा गर्ने सहमति भएन

मोर्चाको अडान कायमै, चुनावको मिति घोषणा गर्ने सहमति भएन

सोमबार, १७ माघ २०७३

प्रधानमन्त्री र मधेसी मोर्चाको बैठक बिना कुनै सहमति सकिएको छ। संविधान संशोधन,  स्थानीय तहको निर्वाचन मिति घोषणा र पुनःसंरचना आयोगको प्रतिवेदनबारे छलफल गर्न बोलाइएको बैठक बिना निष्कर्ष सकिएको हो।

परिमार्जन मस्यौदा बनाउन मधेसी मोर्चाको गृहकार्य

परिमार्जन मस्यौदा बनाउन मधेसी मोर्चाको गृहकार्य

मङ्गलबार, ०४ माघ २०७३

मधेसी मोर्चाले संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकमा गरिनुपर्ने संशोधनबारे धारणा बनाउन गृहकार्य सुरु गरेको छ। संशोधन विधेयकको कुनकुन बुँदामा परिमार्जन गर्ने भन्नेबारे मोर्चाका दोस्रो तहका नेताहरूले छलफल सुरु गरेका छन्। उनीहरूले शीर्ष नेताहरूसँग छलफल गरेर परिमार्जनको मस्यौदा सरकारसमक्ष प्रस्ताव गर्ने भएका छन्।

मधेसी मोर्चाको माग

मधेसी मोर्चाको माग

मङ्गलबार, २६ पुष २०७३

सामन्ती, हुनेखाने, शासक वर्गको हितमा संविधान संशोधन गर्न आन्दोलन गर्ने र ५० लाख इनामको नाममा निहत्था जनताको हत्या गराउने खेलमा लागेको मधेसी मोर्चाको राजनीतिक माग नैतिक धरातलभन्दा तल देखिन्छ।

मधेसी मोर्चाको माग

मधेसी मोर्चाको माग

मङ्गलबार, २६ पुष २०७३

सामन्ती, हुनेखाने, शासक वर्गको हितमा संविधान संशोधन गर्न आन्दोलन गर्ने र ५० लाख इनामको नाममा निहत्था जनताको हत्या गराउने खेलमा लागेको मधेसी मोर्चाको राजनीतिक माग नैतिक धरातलभन्दा तल देखिन्छ।

नयाँ एलडिओ पठाए हाजिर गर्न नदिने मोर्चाको चेतावनी

नयाँ एलडिओ पठाए हाजिर गर्न नदिने मोर्चाको चेतावनी

बिहिबार, २१ पुष २०७३

नदीजन्य पर्दाथको चोरी निकासीलाई नियन्त्रण गरेका स्थानीय विकास अधिकारीको सरुवाका गराउनकालागि व्यवसायीले मन्त्रालयमा दौडधुप गरेको भन्दै संयुक्त मधेसी मोर्चाले नयाँ एलडियो पठाए हाजिर गर्न नदिने चेतावनी दिएको छ ।

भावी रणनीति तय गर्न मोर्चाको बैठक जारी

भावी रणनीति तय गर्न मोर्चाको बैठक जारी

बिहिबार, १४ पुष २०७३

रमुख तीन दल स्थानीय निर्वाचनमा जान सकारात्मक भएपछि आफ्नो धारणा बनाउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बसिरहेको छ। तराइ मधेस लोकतान्त्रिक पार्टीका कार्यालय विजुली बजारमा जारी बैठकमा संविधान संशोधन र आगामी रणनीतिका विषयमा छलफल केन्द्रित रहेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए।

अंगीकृतलाई राष्ट्रपति, प्रधानमन्त्री बनाउने माग मोर्चाको होइन : भण्डारी

अंगीकृतलाई राष्ट्रपति, प्रधानमन्त्री बनाउने माग मोर्चाको होइन : भण्डारी

शुक्रबार, ०१ पुष २०७३

ष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले अंगीकृतलाई राष्ट्रपति बनाउने माग मधेसी मोर्चाको नभएको बताएका छन्। उनले मोर्चाको यस्ता खालको माग गर्नैनसक्ने बताए। 'मोर्चाको माग अंगीकृतलाई प्रधानमन्त्री वा राष्ट्रपति बनाउनु कदापि हुन सक्दैन,' राजधानीमा आयोजित राष्ट्रिय प्रशिक्षण भेलामा अध्यक्ष भण्डारीले भने, 'यो त ठूला दलको चलखेल गर्ने रणनीति हो।'

मोर्चाको ‘यु टर्न’- संसोधन प्रस्ताव स्वीकार्य !

मोर्चाको ‘यु टर्न’- संसोधन प्रस्ताव स्वीकार्य !

शनिबार, २५ मङि्सर २०७३

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले संसदमा दर्ता गराएको संशोधन प्रस्तावलाई घुमाउरो भाषामा स्वीकार गरेको छ।  शनिबार बसेको मोर्चाको बैठकले संसदमा दर्ता भएको संशोधन प्रस्तावलाई स्वीकार्ने निष्कर्ष निकालेको छ।

एमालेका कार्यक्रम विथोल्ने मोर्चाको चेतावनी

एमालेका कार्यक्रम विथोल्ने मोर्चाको चेतावनी

शनिबार, १८ मङि्सर २०७३

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साले नेकपा एमालेका औपचारिक कार्यक्रम पर्सामा गर्न नदिने निर्णय गरेको छ। वीरगन्जको मुर्ली बगैचामा बसेको मोर्चाको बैठकले मधेसीको माग पुरा गर्न एमाले बाधक भएको भन्दै जिल्लामा औपचारिक कार्यक्रम गर्न नदिने बताएको हो।

‘मधेशबाट पहाड छुट्याउनै पर्छ’ भन्ने माग मोर्चाको होइनः कर्ण

‘मधेशबाट पहाड छुट्याउनै पर्छ’ भन्ने माग मोर्चाको होइनः कर्ण

मङ्गलबार, ०७ मङि्सर २०७३

मधेशी मोर्चाका प्रभावशाली नेता लक्ष्मणलाल कर्णले ‘मधेसबाट पहाड छुट्याउनै पर्छ’ भन्ने माग आफूहरुको नभएको बताएका छन्।

अंगीकृतमा मोर्चाको नयाँ अडान

अंगीकृतमा मोर्चाको नयाँ अडान

आइतबार, ०५ मङि्सर २०७३

मधेसी मोर्चाले अंगीकृत नागरिकलाई राज्यका मुख्य पदमा जाने बाटो खोल्नेबारे आफ्नो नयाँ धारणा बनाएको छ। अंगीकृत नागरिकलाई राज्यका मुख्य पदमा जाने बाटो राख्न नहुने चौतर्फी दवाव परिरहँदा मोर्चाले भने राष्ट्रपति र प्रधानमन्त्रीबाहेकका पदमा जान पाउने गरी संविधान संशोधन गर्नुपर्ने नयाँ तर्क अगाडि सारेको हो।

संविधान संशोधन गर्न मोर्चाको १५ दिने अल्टिमेटम

संविधान संशोधन गर्न मोर्चाको १५ दिने अल्टिमेटम

मङ्गलबार, ३० कार्तिक २०७३

मधेसी मोर्चासहितको संघीय गठबन्धनले संविधान संशोधन प्रस्ताव १५ दिनभित्र संसद्मा दर्ता गर्न अल्टिमेटम दिएको छ । मोर्चाका नेताहरूले सोमबार प्रधानमन्त्री दाहाललाई भेटेर स्मरणपत्र बुझाउँदै समय सीमा तोकेका हुन् ।

मोर्चाको अवराेधले स्थानीय तह संरचनासम्बन्धी कार्यशाला स्थगित

मोर्चाको अवराेधले स्थानीय तह संरचनासम्बन्धी कार्यशाला स्थगित

आइतबार, ०७ कार्तिक २०७३

मधेसी मोर्चाको विरोधले बारामा आइतबार आयोजना गरिएको स्थानीय तह सम्बन्धी संवैधानिक व्यवस्था र आगामी संरचना विषय कार्यशाला गोष्ठी स्थगित भएको छ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने मोर्चाको चेतावनी

सरकारलाई दिएको समर्थन फिर्ता लिने मोर्चाको चेतावनी

शुक्रबार, २८ असोज २०७३

मन्त्रिमण्डल बाहिर रहेर सरकारको समर्थन गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तिहार अघि संविधान संशोधन प्रस्ताव संसदमा दर्ता नगरिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइ सकारात्मक भएपनि व्यवहार शंकास्पद रहेको भन्दै मोर्चामा अधैर्यता बढेको छ।

प्रधानमन्त्रीलाई मोर्चाको प्रश्न–गोलमाल त गर्दै हुनुहुन्न?

प्रधानमन्त्रीलाई मोर्चाको प्रश्न–गोलमाल त गर्दै हुनुहुन्न?

बुधबार, १२ असोज २०७३

प्रधानमन्त्रीले तीन दलबीच स्थानीय तह पुर्नसंरचनाकालागि हाल कायम इलाकालाई आधार बनाउने सहमति अन्तिम नभएको बताएका थिए। तर, मंगलबार नै बसेको मन्त्रिपरिषद बैठकले प्रमुख तीन दलबीचको सहमति अनुसार स्थानीय तह पुर्नसंरचनाका लागि हाल कायम इलाकालाई आधार बनाउने निर्णय गरेको थियो।

संविधान दिवसको अवसरमा निकाएलिएको र्‍यालीमा मोर्चाको हस्तक्षेप

संविधान दिवसको अवसरमा निकाएलिएको र्‍यालीमा मोर्चाको हस्तक्षेप

सोमबार, ०३ असोज २०७३

संविधान दिवसको अवसरमा रौतहट सदरमुकाम गौरमा निकालिएको र्‍यालीमा मधेसी मोर्चाक कार्यकर्ताले हस्तक्षेप गरेका छन्। प्रमुख जिल्ला अधिकारी नरहरि बराल र जिल्ला प्रहरी प्रमुख डा. गणेश रेगमी सहभागी उक्त र्‍यालीमा मोर्चा कार्यकर्ताले हस्तक्षेप गरेका हुन्।

थप १६ जनालाई सहिद घोषणा गर्न मोर्चाको माग

थप १६ जनालाई सहिद घोषणा गर्न मोर्चाको माग

आइतबार, ०२ असोज २०७३

संयुक्ता लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोनमा मृत्यु भएका थप १६ जनालाई सहिद घोषणा गर्न सरकारसँग माग गरेको छ । मोर्चाले आइतबार गृहमन्त्री बिमलेन्द्र निधिलाई भेटी आन्दोलनमा मृत्यु भएका थप १६ जनालाई सहिद घोषणा गर्न माग गरेको हो।

संघीय गठबन्धनको कार्यदलमाथि मोर्चाको शंका

संघीय गठबन्धनको कार्यदलमाथि मोर्चाको शंका

सोमबार, २० भदौ २०७३

सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्न संविधान संशोधन विधेयक संसदमा दर्ता गराउने तयारी गरिरहेका बेला मधेसी मोर्चा र संघीय गठबन्धनबीच विवाद चर्किएको छ। मधेसी मोर्चाका नेताहरुसँग छलफल नै नगरी गठबन्धनले संविधान संशोधनका लागि ११ सदस्यीय कार्यदल गठन गरेपछि मोर्चा र गठबन्धनबीच विवाद चुलिएको हो।

प्रधानमन्त्रीसमक्ष थारु मुक्ति मोर्चाको ८ बुँदे मागपत्र

प्रधानमन्त्रीसमक्ष थारु मुक्ति मोर्चाको ८ बुँदे मागपत्र

शुक्रबार, १७ भदौ २०७३

माओवादी केन्द्रको भातृसंस्था थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय पदाधिकारीहरुले विभिन्न ८ बुँदे माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय एकता बलियो बनाउन थारुहरुको भूमिका महत्वपूर्ण रहेको बताए।

मधेसी मोर्चाको सिंहदरबार प्रवेश

मधेसी मोर्चाको सिंहदरबार प्रवेश

बिहिबार, ०९ भदौ २०७३

नेकपा एमाले र मधेसवादी पार्टीहरुबीच विचार र विश्वासको गहिरो संकट छ तर नेपाली कांग्रेस र माओवादी केन्द्रलाई पनि मधेसी जनताले आँखा चिम्लेर विश्वास गरिहाल्नुपर्ने कुनै कारण छैन।

भारतीय नागरिकलाई शहीद घोषणा गर्न मोर्चाको माग

भारतीय नागरिकलाई शहीद घोषणा गर्न मोर्चाको माग

सोमबार, २४ साउन २०७३

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रहरीसँगको भिडन्तका क्रममा मारिएका भारतीय नागरिकलाई शहीद घोषणा गर्नुपर्ने माग अघि सारेको छ। पाँच महिनासम्म चलेको मधेस आन्दोलनका क्रममा वीरगञ्जमा प्रहरीसँगको भिडन्तमा मारिएका एक भारतीयलाई शहीद घोषणा गरी १० लाख रुपैयाँ उपलब्ध गराइनुपर्ने मोर्चाको माग छ।

संविधानका ३४ वटा धारा संशोधन गर्न मोर्चाको प्रस्ताव

संविधानका ३४ वटा धारा संशोधन गर्न मोर्चाको प्रस्ताव

आइतबार, २३ साउन २०७३

संविधानप्रति असन्तुष्टि जनाउँदै लामो आन्दोलन गरेको मधेसी मोर्चाले संविधाका ३४ वटा धारा संशोधन गर्न प्रस्ताव गरेको छ। मधेसको माग सम्बोधन गर्ने भन्दै कांग्रेस–माओवादीले मधेसी मोर्चासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न संविधानका ३४ धारा संशोधन गर्नुपर्ने प्रस्ताव मधेसी मोर्चाले गरेको हो।

दाहाललाई सघाउन मोर्चाको सर्त

दाहाललाई सघाउन मोर्चाको सर्त

मङ्गलबार, १८ साउन २०७३

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थनका लागि सोमबार नयाँ प्रस्ताव अघि सारेको छ। आइतबार पेस गरिएको पाँचबुँदे मागमा दुई बुँदा थपेर मोर्चाले नयाँ प्रस्ताव कांग्रेस र माओवादी (केन्द्र) द्वारा गठित कार्यदललाई बुझाएको हो। थपिएका मागमध्ये छैटौंमा स्थानीय निकाय पुनःसंरचना आयोग पुनर्गठन गर्नुपर्ने उल्लेख छ।

सरकारबारे औपचारिक निर्णय लिन मोर्चाको बैठक

सरकारबारे औपचारिक निर्णय लिन मोर्चाको बैठक

बुधबार, २९ असार २०७३

लहान-प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार ढाल्न नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र ले संसदमा लैजाने अविश्वासको प्रस्तावमा समर्थनको निर्णय गर्न संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाको बैठक वसिरहेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad