बुधबार, ०४ मङि्सर २०७६
प्रदर्शनीका सहव्यवस्थापक महेश्वर थापा मगरले मेलामा दुईदेखि १४ सय रूपैयाँसम्मका पुस्तक राखिएको जानकारी दिए। प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको प्रदर्शनीमा धर्म,...
शुक्रबार, १७ असोज २०७६
राजधानीको बौद्धस्थित तारागाउँ म्युजियममा चलिरहेको उनको एकल चित्रकला प्रदर्शनीले विगतदेखि भविष्यसम्मको सकारात्मक दृष्टिकोण समावेश गरेका छन्। ...
आइतबार, २९ भदौ २०७६
शारिरीक असक्षता भएका स्कुले विद्यार्थी पढ्ने अवधिमा यार्सागुम्बा संकलनमा जान बाध्य फोटो बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको भित्तामा झुण्डाइएको छ। ...
सोमबार, २३ भदौ २०७६
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालमा निर्मित विभिन्न हस्तकलाका सामग्रीले आउँदो भ्रमण वर्ष २०२० सफल बनाउन निकै सहयोग...
मङ्गलबार, १० भदौ २०७६
सवारी साधनको बृहत् प्रदर्शनी नाडा अटो सोको १४औं संस्करण काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु भएको छ। यसै सेरोफेरोमा नेपालमा अटोमोबाइल क्षेत्रको विस्तार र प्रगतिको सम्भावना, यसले रोजगारी, राजस्व र समग्र अर्थतन्त्रमा पु-याउने योगदान तथा यस क्षेत्रको विस्तारमा बाधकका रुपमा रहेका पक्षहरुबारे नेपाल रिपब्लिक मिडिया प्रालिले सम्बद्ध व्यवसायीहरुसँग बृहत् छलफल गरेको छ।
बिहिबार, २३ साउन २०७६
प्रदर्शनीमा प्राचीन बौद्ध स्तुपा, भक्तपुरको दरबार क्षेत्र र स्वयम्भुलगायत सम्पदाहरूको फोटोहरू राखिएका छन् । प्रदर्शनीमा समावेश फोटोहरूलाई नेपाली कागज, सिसा र स्टीलमा फ्रेमिङ गरिएको छ ।
सोमबार, २० साउन २०७६
राजधानीको होटल अन्नपूर्णमा विभिन्न चराहरूका चित्रकला प्रदर्शनी भएका छन्। चित्रकार मीरा डंगोलको ‘हिरा’ नामक एकल चित्रकला प्रदर्शनीमा लाटोकोसेरोको विभिन्न ३५ वटा चित्रहरू समावेश गरिएका थिए।
मङ्गलबार, २४ असार २०७६
बबरमहलस्थित नेपाल कला परिषद्मा द्वन्द्व पीडितहरूले न्यायको लागि गरेको प्रतिक्षामा आधारित फोटोहरू प्रदर्शनीमा राखिएका छन्। बिहीबारदेखि सुरू भएको द्वन्द्व पीडितहरूको ‘न्यायको प्रतिक्षा’ नामक फोटो प्रदर्शनीमा नेपालभरबाट संकलन फोटोहरू समावेश गरिएका छन्।
सोमबार, २३ असार २०७६
चित्रकार सबिता डंगोलको एकल चित्रकला प्रदर्शनी सुरू भइरहेको छ। उनको पाचौं ‘इम्ब्रासेस’ नामक एकल चित्रकला प्रदर्शनी पाटनस्थित ईमेज आर्क ग्यालरीमा प्रदर्शन भइरहेको छ।
शनिबार, ३२ जेठ २०७६
सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनीमा राखिएका इशान परियारका चित्रहरूले नेपाली सम्पदा संरक्षणको सन्देश दिइरहेका छन्।
आइतबार, ०५ जेठ २०७६
मेलाले प्रदर्शनी स्थलमा कृषकका उत्पादन आम उपभोक्तासम्म पु-याउने, कृषि औजार तथा कृषि यान्त्रिकीकरणको माध्यममार्फत समुन्नत कृषिग्राम निर्माणमा सहयोग पु-याउने अपेक्षा गरिएको छ।
मङ्गलबार, १० बैशाख २०७६
प्रदर्शनीमा ३० वटा पौभा चित्र राखिएका छन्। ३० वटामा २५ वटा नेवारी थाङ्का अर्थात् पौभा चित्र रहेका छन् भने ५ वटा तिब्बती थाङ्का रहेका छन्।
सोमबार, ०२ बैशाख २०७६
विभिन्न कलाकारहरूले तयार पारेको चित्रहरूको प्रदर्शनी शुक्रबारदेखि भक्तपुरमा सुरु भएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र नेपालका प्रथम आधुनिक कलाकार गेहेन्द्रमान अमात्यले संयुक्त रूपमा प्रदर्शनीको उद्घाटन गरे।
आइतबार, ०१ बैशाख २०७६
चीनको हुनानका सांस्कृतिक पोष्टरहको वृहद् प्रदर्शनी गरिएको छ। बबरमहलस्थित नेपाल कला परिषद्मा शनिबार आयोजित एक भव्य कार्यक्रमकाबीच सो प्रदर्शनीको शुभारम्भ भएको हो।
शुक्रबार, २९ चैत २०७५
काठमाडौँ कपन चुनिखेलका दुई युवाले सङ्कलन गरेका नेपाली तथा विदेशका प्राचीन मुद्रा विभिन्न स्कुलमा प्रदर्शनी गर्न शुरु गरेका छन्। बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलका युवा सरोज श्रेष्ठ र दिनेश श्रेष्ठले सङ्कलन गरेका नेपाली पुराना मुद्रा र विदेशी मुद्राको प्रदर्शनी शुरु गरेका हुन्।
शुक्रबार, २२ चैत २०७५
‘राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार–२०७६’ आगामी वैशाख अन्तिम साता राजधानीमा आयोजना हुने भएको छ। नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघको सह–आयोजनामा २०७६ वैशाख २६ देखि ३० गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा ३०औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनी–२०७६ को नामबाट आयोजना हुन लागेको बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ।
आइतबार, १७ चैत २०७५
उमेरले ४८ वर्ष लागिसके पनि उनी जिल्लामा स्थापित चित्रकार हुन्। प्रकृतिप्रेमी जीवन र प्रकृतिलाई आँखाले नियाल्दै हातले ब्रस चलाउने उनको मन पछिल्लो तीन महिनादेखी मिलेको छ। चित्रकारिता गर्न थालेको ३० वर्षे अवधिमा बेलाबखत मात्र उनी चित्र कोर्नकै लागि प्रकृतिको सामिप्यतामा पुग्छन्। उनले दुबई, भारत र नेपालका केही ठाउँमा पुगेर प्राकृतिक सुन्दरतालाई नियाल्दै चित्र पनि बनाए। घरभित्रको कोठामा बसेर कुनै भावलाई लिएर चित्र कोर्ने उनी अर्थात प्रकाश थापा शनिबार देवघाटमा भेटिए।
बुधबार, ०८ फागुन २०७५
महिन्द्राका नेपाली बजारमा उपलब्ध भएका ३० भन्दा बढी उत्पादनलाई एउटै छानामुनि सोकेस गर्दै महिन्द्रा ब्रान्ड, यसका उत्पादन, प्रविधि र विकास चरणबारे जानकारी दिने उद्देश्यले फागुन १० गतेदेखि १२ गतेसम्म तीन दिन ‘महिन्द्रा उदय’ नामबाट एकल अटो प्रदर्शनी हुन लागेको छ।
सोमबार, ०६ फागुन २०७५
गत चैतमा अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटन कला संग्रहालयबाट फिर्ता भएका नेपालबाट हराएका १२ औं र १७ औं शताब्दीका बुद्ध र उमामहेश्वरका मूर्तिहरू छाउनीस्थित राष्ट्रिय संग्राहलयमा प्रदर्शनीमा राखिएका छन्।
आइतबार, ०५ फागुन २०७५
घरेलु तथा साना उद्योगको उत्पादनको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यले १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ राजधानीमा आयोजना हुने भएको छ।
बुधबार, २३ माघ २०७५
नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ। राजधानीको भृकुटीमण्डपमा माघ २५, २६ र २७ गते एक्स्पो आयोजना गर्न लागिएको हो। मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टले आयोजना गर्ने एक्स्पोमा तीन सयभन्दा बढी ख्याती प्राप्त ब्रान्डका एक सय ५० भन्दा बढी स्टल रहने बताइएको छ।
शनिबार, १९ माघ २०७५
शुक्रबारदेखि नेपाल पर्यटन बोर्डमा ‘मिस्टिकल मनास्लु’ शीर्षकमा लक्ष्मीप्रसाद ङाखुसीका तस्बिरहरूको प्रदर्शनी सुरु भएको छ। विगत १० वर्षदेखि पटकपटक मनास्लु पदमार्ग घुमेर खिचेका प्रकृति, संस्कृति र जीवनशैली झल्कने ३५ वटा तस्बिर प्रदर्शनीमा राखिएको छ।
बुधबार, ०९ माघ २०७५
भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ। मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् भारतको आयोजनामा तेस्रो कृषि प्रदर्शनी आयोजना गर्न लागिएको हो। यसअघिका वर्षमा कृषि प्रदर्शनी काठमाडौं आयोजना गरिँदै आएको थियो।
मङ्गलबार, ०१ माघ २०७५
राजधानीमा भएका आर्ट ग्यालरीहरूमा हरेक दिनजस्तो चित्रकला प्रदर्शनी र विभिन्न गतिविधि हुने क्रम बढ्दो छ। आफ्नो चित्रकला आर्ट ग्यालरीमा प्रदर्शन गर्न महिनौं पर्खनुपर्ने स्थिति सिर्जना भएपछि कलाकारहरूले नयाँ विकल्पका रूपमा होटल र रेस्टुरेन्टमा चित्रकला प्रदर्शनी गर्न थालेका छन्। हालै चित्रकार विधाता केसीले ठमेलस्थित दलाई–ला बुटिक होटलमा सञ्चालन गर्न ल्याएको दलाई–ला आर्ट स्पेसमा आफ्नो एकल चित्रकला प्रदर्शनी गरेकी थिइन्। उनले त्यसअघि ललितपुरको जिजि मचानमा एकल चित्रकला प्रदर्शनी गरेकी थिइन्।
शुक्रबार, २७ पुष २०७५
तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेला २०१९ को उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गरे। भक्तपुर नगररपालिका–१, सल्लाघारीमा भइरहेको एक्स्पो ३० गतेसम्म चल्नेछ।
बिहिबार, १५ कार्तिक २०७५
गोदावरी फूलको व्यवसायीक विकास, विस्तार तथा प्रबर्द्धन गर्ने उद्देश्यले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ। जावलाखेलको खेल मैदान, ललितपुरमा सुरु भएको प्रदर्शनीको प्रदेश नम्बर ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उदघाटन गरेका छन्।
बिहिबार, १८ असोज २०७५
चीनको शुन्दे जिल्लाको बेइजाओ सहरको कल्चर सेन्टरमा नेपाली तस्बिर प्रदर्शन भइएको छ। अक्टोबर १ देखि ७ सम्म फोटो नेपाल नाम दिएर प्रदर्शनी गरिएको हो। जसमा नेपालका सुन्दर सय तस्बिरहरु प्रदर्शनीमा रहेका छन्। नेपाल पर्यटन बोर्डको अवधारणामा सुरु गरिएको फोटो नेपालको आयोजना चीनमा भएको यो दोश्रो पटक हो।
बुधबार, १६ साउन २०७५
फोटो पत्रकार क्लब (पीजे क्लब) द्वारा आयोजित आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ट तस्बिरहरुको प्रदर्शनी सुरु भएको छ। काठमाडौंको बबरमहलमा रहेको नेपाल आर्ट काउन्सिलमा सुरु भएको प्रदर्शनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरे। प्रदर्शनी २१ गते सोमबारसम्म जम्मा ६ दिन चल्नेछ।
सोमबार, १८ असार २०७५
सामुदायिक विद्यालयका विद्यार्थीलाई अन्तर्राष्ट्रिय मञ्चको व्यवस्था गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय ललितकला प्रदर्शनी भएको छ।
सोमबार, २१ जेठ २०७५
सिर्जना कलेज अफ फाइन आर्टमा कक्षा १२ मा पढ्ने विद्यार्थीहरूले सिर्जना गरेका कलाको प्रदर्शनी नेपाल कला परिषदमा आइतबार सुरु भएको छ आइतबार सुरु भएको छ । कलाको सैद्धान्तिक ज्ञानसहितको पेन्टिङ तथा अन्य विविध विधाका संयुक्त स्वरुपको एप्लाइ आर्ट शीर्षकमा उनीहरूले कला प्रदर्शनी गरेका हुन्।
मङ्गलबार, ११ बैशाख २०७५
जाइका नेपालले गोरखा भूकम्पको तेस्रो वार्षिकीको अवसरमा आयोजना गरेको फोटो प्रदर्शनी सोमबार सम्पन्न भएको छ।
आइतबार, ०९ बैशाख २०७५
काभ्रेपलाञ्चोक जिल्लामा कृषि तथा पशुपालन व्यावसायिक बन्दै गएको सन्दर्भमा यसमा संलग्न किसानका उत्पादनहरु तथा अपनाएका प्रविधिबारे जानकारी आदानप्रदानका लागि बनेपामा कृषि मेला तथा प्रदर्शनी हुने भएको छ।
बिहिबार, ०६ बैशाख २०७५
राजधानीमा बुधबारबाट ‘आठौं राष्ट्रिय ललितकला प्रदर्शनी’ सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा राजधानीको बबरमहलस्थित नेपाल कला परिषद्मा सुरु भएको प्रदर्शनीमा देशभरका कलाकारका कला प्रदर्शनीका लागि राखिएका छन्।
बुधबार, ०५ बैशाख २०७५
नेपालस्थित बोस्निया र हर्जगोभिनाको कन्सुलेटले पर्यटन प्रचार गर्ने उद्देश्यले उक्त मुलुकको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा झल्काउने किसिमका तस्बिरहरुको विशेष प्रदर्शनी आयोजना गरेको छ।
मङ्गलबार, ०४ बैशाख २०७५
नेपालस्थित बोस्निया र हर्जेगोभिनाको कन्सुलेटले फोटो प्रदर्शनी आयोजना गरेको छ। बोस्निया र हर्जेगोभिनाको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा झल्काउँदै दक्षिण पूर्वी युरोपको मुटुमा अवस्थित सो राष्ट्रको पर्यटन प्रचारको उद्देश्यले तस्बिरहरुको एक विशेष प्रदर्शनी आयोजना गरिएको हो।
बुधबार, २३ फागुन २०७४
नेपालको सामाजिक, राजनीतिक र आर्थिक रुपान्तरणमा विशेष योगदान पुर्याएका महिलाको फोटो प्रदर्शनी हुने भएको छ।
बिहिबार, १० फागुन २०७४
नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको आयोजनामा प्रथम जुत्ता चप्पल औद्योगिक प्रदर्शनी शुरु भएको छ।‘नेपाली वस्तुको प्रयोग गरौँ, स्वदेशी उत्पादनको गौरब गरौँ’ नाराका साथ विहिबार (आज) देखि काठमाडाैंको भृकुटीमण्डपमा स्वदेशमा उत्पादित जुत्ता चप्पल प्रदर्शनी शुरु भएको हो।
बुधबार, ०९ फागुन २०७४
नेपाली युवा उद्यमी मञ्चले ‘मेड इन नेपाल–वस्तु तथा सेवा प्रदर्शनी’ मेला गर्ने भएको छ । राइजिङ नेपाल प्रालि र माइस इन्टरनेसनल प्रालिको व्यवस्थापनमा चैत २ देखि ४ गतेसम्म उक्त मेला आयोजना हुनेछ ।
सोमबार, ०७ फागुन २०७४
स्थानीयस्तरमा उत्पादित वस्तुलाई जनतामाझ चिनाउन र तिनको उपभोग बढाउन २९औं औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी हुने भएको छ ।
आइतबार, ०६ फागुन २०७४
स्थानीयस्तरमा उत्पादित वस्तुलाई जनतामाझ चिनाउन उपभोग बढाउन २९औं औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी हुने भएको छ।
मङ्गलबार, ०१ फागुन २०७४
कृषि क्षेत्रको व्यावसायिक विकासमा सहयोग पु¥याउने उद्देश्यले आगामी फागुन पहिलो साता बृहत् अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालिले संयुक्त रुपमा प्रदर्शनी आयोजना गर्न लागेको हो।
शुक्रबार, २६ माघ २०७४
‘चौथो नेपाल बिल्डकन तथा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी’ भृकुटीमण्डपमा शुक्रबारबाट सुरू भएको छ। मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिद्वारा संयुक्त रूपमा आयोजित प्रदर्शनीमा निर्माण तथा काष्ठ क्षेत्रका नयाँ प्रविधिको बारेमा जानकारी दिइएको छ।
शुक्रबार, २६ माघ २०७४
भृकुटीमण्डपमा आजबाट ‘चौथो नेपाल बिल्डकन तथा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी’ सुरु हुँदैछ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालिद्वारा संयुक्तरुपमा आयोजित प्रदर्शनी तीन दिन (माघ २८) सम्म चल्नेछ ।
सोमबार, २२ माघ २०७४
चिसो मौसमले विस्तारै बिट मार्न लागिरहँदा राजधानीमा आयोजित एक फेसन सोमा दुई दर्जन मोडलले र्याम्प नाप्दै दर्शक तताएका छन् । नयाँ डिजाइनका फेसनलाई प्रोत्साहन गर्न दरबारमार्गको आइ क्लबले आयोजना गरेको ‘फेसन मेनिया’को १८ औं श्रृंखलामा मोडलहरूले विभिन्न पहिरन प्रस्तुत गरे ।
सोमबार, २२ माघ २०७४
यही माघ २६ बाट ‘चौथो नेपाल बिल्डकन तथा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालिले संयुक्त रुपमा प्रदर्शनी आयोजना गर्न लागेका हुन् । निर्माण तथा काष्ठ क्षेत्रमा नयाँ प्रविधि भिœयाउने तथा नेपालमा उपलब्ध सामग्री र प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।
बिहिबार, १८ माघ २०७४
‘समृद्ध राष्ट्रको पहिचान, आधुनिक भौतिक निर्र्माण’ नारासाथ सुरु भएको तीनदिने नवौं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ ।कार्यक्रम सिभिल इन्जिनियर विद्यार्थी समाज नेपाल, सिभिल इन्जिनियरिङ केन्द्रीय क्याम्पस पुल्चोकको आयोजनामा प्रदर्शनी भएको थियो ।
बुधबार, २६ पुष २०७४
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २ सय ९६ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर ‘पुस्तक र चित्र’ को प्रदर्शनी मंगलबारदेखि सुरु गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले संयुक्तरूपमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको परिसरमा सुरु गरेको सो प्रदर्शनी आगामी माघ १० गतेसम्म सञ्चालन गरिनेछ ।
सोमबार, २४ पुष २०७४
चौध वर्षका सौगात आचार्य सानैदेखि चित्र कोर्न मनपराउँथे । विद्यालय तहका अधिकांश प्रतिस्पर्धामा उनी प्रथम हुन्थे । डेढ दर्जन प्रतिस्पर्धामा आफ्नो कला प्रस्तुत गरिसकेका सौगातका कलाकृति कला पारखीकै लागि भने पहिलो पटक लाजिम्पाटस्थित अरुपण आर्ट ग्यालरीमा हाल प्रदर्शित छन् । शनिबारदेखि सुरु भएको उनको प्रदर्शनीमा उनले गत वैशाखदेखि यता बनाएका चित्रहरू मात्र समावेश छन् ।
शुक्रबार, १४ पुष २०७४
काठमाडौंको भृकुटीमण्डपमा स्वदेशी उत्पादनलाई प्रोत्साहित र प्रवद्र्धन गर्ने उद्देश्यका साथ १४औं राष्ट्रिय औद्योगिक प्रदर्शनी मेला सुरु भएको छ । बिहीबार सुरु भएको छालाजन्य (जुत्ता, चप्पल) वस्तुको राष्ट्रिय औद्योगिक प्रदर्शनी मेला ६ दिनसम्म सञ्चालन हुनेछ ।
शुक्रबार, ०७ पुष २०७४
एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन÷फोरजीको अनुभव प्रदान गर्न, शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेला २०७४ आयोजना गर्दैछ। गीत संगीत लगायत विविध रोचक कार्यक्रमहरु समावेश गरिएको यो मेला बिहान ११ बजे देखि शुरु हुने कम्पनीले बताएको छ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।