अपांगता भएका व्यक्तिलाई विशेष भत्ता देऊ : आयोग

अपांगता भएका व्यक्तिलाई विशेष भत्ता देऊ : आयोग

बिहिबार, २८ असार २०७५

राष्ट्रिय मानवअधिकार आयोगले अपांगता भएका व्यक्तिलाई जीवन–निर्वाहका लागि कम्तीमा ३ देखि ५ हजार रुपैयाँ विशेष भत्ता दिन सरकारलाई सिफारिस गरेको...

अन्तिम पटक देवकोटाले भनेका थिए – ‘अगाडिको यात्रा मलाई एक्लै गर्न देऊ’

अन्तिम पटक देवकोटाले भनेका थिए – ‘अगाडिको यात्रा मलाई एक्लै गर्न देऊ’

मङ्गलबार, ०५ असार २०७५

गम्भीर रोगको ६ महिनाभन्दा लामो उपचार प्रयत्नको प्रतिफल निरन्तर निराशाजक आइरहेको थियो। महत्वपूर्ण अंगको कार्य घटिरहेको थियो। शनिबार राति उपेन्द्र...

‘सानै छु बढ्न देऊ, विबाह होइन बढ्न देऊ’ अभियान

‘सानै छु बढ्न देऊ, विबाह होइन बढ्न देऊ’ अभियान

बुधबार, ०९ फागुन २०७४

‘सानै छु बढ्न देऊ, बाल विबाह होइन बढ्न देऊ’ भन्ने नारा लिएर बाल विबाहविरुद्ध अभियानरत उदयपुरको जाल्पा एकीकृत विकास समाजले...

‘समलिंगी जोडीलाई गैरपर्यटकीय भिसा देऊ’

‘समलिंगी जोडीलाई गैरपर्यटकीय भिसा देऊ’

मङ्गलबार, ०८ फागुन २०७४

समलिंगी विवाह गरी नेपाल बस्न चाहने जोडीलाई गैरपर्यटकीय प्रवेशाज्ञा (भिसा) दिन सर्वोच्च अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश दिएको छ ।...

बूढापाका भन्छन् संस्कृति जोगाऊ, युवा भन्छन् रोजगारी देऊ

बूढापाका भन्छन् संस्कृति जोगाऊ, युवा भन्छन् रोजगारी देऊ

शुक्रबार, ०८ मङि्सर २०७४

चाकुको सहरका रूपमा चिनिएको काठमाडौंको टोखा अहिले अपार्टमेन्टको सहर बनेको छ । पुराना संरचना नासिँदै छन् भने गगनचुम्बी भवन ठडिरहेका छन् । स्थानीय ७० वर्षीय कृष्णलाल महर्जनलाई पुराना संरचना मासेर अग्ला भवन बनाएको पटक्कै मनपरेको छैन । यसपटकको चुनावमा भोट माग्न आउनेलाई उनी अग्ला भवन निर्माण रोक्न माग गरिरहेका छन्।

'एउटा मतदान केन्द्रमा भए पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न देऊ'

'एउटा मतदान केन्द्रमा भए पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न देऊ'

सोमबार, ०४ मङि्सर २०७४

उपयोगी प्रविधिको अनुसन्धान र विकासमा संलग्न जुम्ल्याहा राम–लक्ष्मण रिमालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एउटै मात्र मतदान केन्द्रमा भए पनि स्वदेशी भोटिङ मेसिन प्रयोग गरिदिन निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।

सरकार ! सुरक्षा देऊ

सरकार ! सुरक्षा देऊ

आइतबार, ०३ मङि्सर २०७४

भयरहित सुरक्षा प्रबन्धको व्यवस्था गर्नु सरकारको प्रमुख दायित्व हो, जुन पूरा गर्न नसके सरकारप्रति नै गम्भीर प्रश्न उठ्नेछ । त्यसैले पनि यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा जसले गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका छन्, उनको ध्यान जान आवश्यक छ ।

मेची पहाडका मतदाता भन्छन्- 'सडक, खानेपानी र बिजुली देऊ'

मेची पहाडका मतदाता भन्छन्- 'सडक, खानेपानी र बिजुली देऊ'

सोमबार, २७ कार्तिक २०७४

इलाम नगरपालिका–७, महभिरकी ५६ वर्षीया देउमाया राईले अहिलेसम्म भएका धेरै निर्वाचनमा भोट हालिसकिन् । तर, उनलाई चुनावका बेला उम्मेदवारले ल्याएर आउने नाराचाहिँ कहिल्यै नयाँ लाग्दैन । प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा जितेर जाने नेताले गाउँमा के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ? भन्ने जिज्ञासामा उनले उही पुरानो माग दोहो¥याइन्– सडक, पुल, खानेपानी र बिजुली ।

‘भूकम्पपीडितलाई सहुलियतमा काठ देऊ’

‘भूकम्पपीडितलाई सहुलियतमा काठ देऊ’

मङ्गलबार, १४ कार्तिक २०७४

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित क्षेत्रमा सहुलियत काठको वितरण सहज बनाउन सरोकारवालालाई निर्देशन दिएको छ।  प्राधिकरणले सोमबार वन मन्त्रालय, वन विभाग र टिम्बर कर्पाेरेसनका पदाधिकारीहरुलाई बोलाएर यस्तो निर्देशन दिएको हो । प्राधिकरणमा बोलाइएको छलफलमा मन्त्रालयका सहसचिव चन्द्रमान डंगोल, विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य र टिम्बर कर्पाेरेशनका महाप्रबन्धक राजु लौडारी सहभागी थिए।

‘सरकार घर बनाउन हामीलाई पनि अनुदान देऊ’

‘सरकार घर बनाउन हामीलाई पनि अनुदान देऊ’

शनिबार, १० भदौ २०७४

भक्तपुर नगरपालिका–५ स्थित द्यौला बस्तीका बासिन्दाले भूकम्पले भत्किएको घर बनाउन सरकारसँग अनुदान माग गरेका छन्।

बाढी पीडित भन्छन्- 'बास देऊ सरकार'

बाढी पीडित भन्छन्- 'बास देऊ सरकार'

शनिबार, ०३ भदौ २०७४

रौतहटको दूर्गा भगवती गाउँपालिका ४ मा रहेको एउटा दलित बस्ती नै बाढीले बगाएको छ। करिब पाँच सय घरपरिवार रहेको बडहर्वा गाउँमा करिब चार सय घरपरिवारलाई घरविहीन बनाइदिएको छ।

'मृतकका परिवारलाई पाँच-पाँच लाख देऊ'

'मृतकका परिवारलाई पाँच-पाँच लाख देऊ'

शुक्रबार, ०२ भदौ २०७४

संसद्को अर्थ समितिले बाढीपहिरोबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। समितिको बिहीबार बिहान बसेको बैठकले यस्तो निर्देशन दिएको हो। हालैको बाढीबाट तराईका जिल्लामा जनधनको क्षति भएको छ। बाढीबाट अहिलेसम्म करिब डेढ सयजनाको मृत्यु भएको छ  भने हजारौं विस्थापित भएका छन्।

आवागमन सहज बनाउन ध्यान देऊ

आवागमन सहज बनाउन ध्यान देऊ

मङ्गलबार, ३१ साउन २०७४

अलपत्र परेका व्यक्तिलाई उद्धार गर्ने कार्यका लागि होस् वा राहत वितरण सहज बनाउन र जनजीवन बिस्तारै सामान्य अवस्थामा फर्काउन पनि राजमार्ग र अन्य सडक खण्डमा भत्किएका पुलको मर्मतसम्भार गर्नुपर्छ। त्यसैले पनि तत्कालका लागि अस्थायी किसिमको अन्य वैकल्पिक उपायको खोजी गर्नैपर्छ।

उद्धार र राहतमा ध्यान देऊ

उद्धार र राहतमा ध्यान देऊ

आइतबार, २९ साउन २०७४

सरकार बाढीपीडितको उद्धार, राहत र स्थानान्तरणमा कुनै कसर बाँकी नराखी अघि बढ्नुपर्छ। विपत्तिको यस घडीमा राहत तथा उद्धारका लागि राजनीतिक दलहरूदेखि नागरिक समाजसम्म सबै एकजुट भएर लाग्न आवश्यक छ।

'संस्थानलाई दिनुपर्ने रकम तुरुन्त देऊ'

'संस्थानलाई दिनुपर्ने रकम तुरुन्त देऊ'

मङ्गलबार, ०८ चैत २०७३

संसदीय समितिले सरकारी स्वामित्वका संस्थानलाई उपलब्ध गराउन बाँकी सम्पूर्ण शोधभर्नाको रकम एक महिनाभित्र उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।

शुक्लाफाँटा पीडितको मागः खान पुग्ने जमीन देऊ

शुक्लाफाँटा पीडितको मागः खान पुग्ने जमीन देऊ

बिहिबार, ०२ मङि्सर २०७३

कञ्चनपुर जिल्लाको शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट विस्थापित परिवारले सरकारबाट खोसिएको जग्गा फिर्ता गराईदिन माग गरेका छन् ।

केसीले डिनलाई भने- 'खुरुक्क राजीनामा देऊ, सँगै लडौं'

केसीले डिनलाई भने- 'खुरुक्क राजीनामा देऊ, सँगै लडौं'

बिहिबार, ०२ मङि्सर २०७३

वरिष्ठता आधारमा डिन नियुक्तिलगायत माग राखेर चार दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसी र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का नवनियुक्त डिन केपी सिंहबीच बुधबार भएको कुराकानीको अंश हो यो।

'निर्वाचन मिति आयोगलाई तोक्न देऊ'

'निर्वाचन मिति आयोगलाई तोक्न देऊ'

सोमबार, २९ कार्तिक २०७३

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचन मिति तोक्ने अधिकार निर्वाचन आयोगले पाउनुपर्ने माग गरेका छन्। व्यवस्थापिका संसद् राज्यव्यवस्था समितिको आइतबारको बैठकमा यादवले निर्वाचनको क्रममा कर्मचारी व्यवस्थापनको जिम्मासमेत आयोगलाई दिन माग गरेका हुन्।

‘पेट्रोलियम पाइपलाइनमा राष्ट्रिय हितलाई ध्यान देऊ’

‘पेट्रोलियम पाइपलाइनमा राष्ट्रिय हितलाई ध्यान देऊ’

बिहिबार, १३ असोज २०७३

भारतको सहयोगमा निर्माण गर्न लागिएको रक्सौल—अमलेखगन्ज पेट्रोलियम पाइपलाइनमा राष्ट्रिय हितलाई ध्यानमा राखेर अघि बढ्न संसदीय समितिले बुधबार निर्देशन दिएको छ ।

'बिजुली किनबेच गर्न खुलाबजारमा जोड देऊ'

'बिजुली किनबेच गर्न खुलाबजारमा जोड देऊ'

बिहिबार, १६ भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालको आगामी भदौ ३० देखि हुने भारत भ्रमण क्रममा बिजुलीको खुला बजार विस्तारलाई मुख्य मुद्दा बनाउनुपर्ने सरोकारवालाको जोड छ। दुई देशबीच २०७१ कात्तिक ४ मा भएको विद्युत व्यापार सम्झौता (पिटिए) अनुसार बजार विस्तारमा जोड दिइएको हो।

भूकम्पपीडितलाई सहुलियतमा खाद्यान्न देऊ

भूकम्पपीडितलाई सहुलियतमा खाद्यान्न देऊ

बुधबार, १५ भदौ २०७३

काठमाडौं-भूकम्प पीडितलाई चाडबाडको बेला सहुलियतमा दैनिक उपभोग्य वस्तु वितरण गर्ने व्यवस्था मिलाउन सांसदहरुले माग गरेका छन् । भूकम्पले घरबारविहीन भएका पीडितलाई दसंै–तिहारमा राहत स्वरुप छुटमा सामान उपलब्ध गराउन संसदको उद्योग वाणिज्य तथा उपभोक्ता समितिले निर्देशन दिएको हो ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।