बिहिबार, १४ कार्तिक २०७६
कैलालीमा बिहीबार भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। ...
आइतबार, १५ भदौ २०७६
घोडाघोडी नगरपालिका–१ सुखडमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ...
मङ्गलबार, १४ साउन २०७६
गोदावरी नगरपालिका, अत्तरिया क्षेत्रबाट दुई थान चितुवाको छालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। ...
आइतबार, ०८ असार २०७६
कैलालीमा एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १५ का २४...
मङ्गलबार, २६ चैत २०७५
शनिबार साँझ आएको हावाहुरीले कैलालीमा करोडौंको केराखेती नष्ट भएको छ। हावाहुरीका कारण किसानका लाखौं केराका बोट ढलेका छन्।
मङ्गलबार, १२ चैत २०७५
मिनीट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा कैलालीमा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका–९ बल्मीमा सोमबार साँझ साढे सात बजे भएको दुर्घटनामा जिल्ला समन्वय समिति कैलालीका लेखापाल तेजबहादुर रावल र डडेल्धुरा नवदुर्गा गाउँपालिकाका वीरबहादुर रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
आइतबार, ०३ चैत २०७५
कैलालीका टीकापुर नगरपालिका र धनगढी उपमहानगरपालिकाका दुई ठाउँमा सीमा विवाद देखिएको छ। विवाद देखिएपछि नेपाल–भारत द्विदेशीय सीमा सर्भे टोलीले टीकापुर–८ खक्रौला र धनगढी–१४ फूलबारीस्थित चारवटा सीमास्तम्भ पुनर्निर्माणको काम स्थगन गरेको छ। टोलीका अनुसार खक्रौलास्थित ७०४/५ नम्बरको सीमास्तम्भ सार्नुपर्ने र फूलबारीस्थित ७४२, ७४२/१, ७४२/२ र ७४२/३ नम्बरका सीमास्तम्भ पुनर्निर्माण गर्नुपर्ने देखिन्छ। फूलबारीका सबै सीमास्तम्भ हराइरहेको अवस्था छ।
बुधबार, २२ फागुन २०७५
कैलाली जिल्ला अदालतले टीकापुर घटनामा सांसद रेशम चौधरी सहित ११ जनालाई दोषी देखाउँदै जन्मकैदको फैसला सुनाएको छ।
बिहिबार, १६ फागुन २०७५
पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खडमा टिप्परको ठक्करबाट बिहीबार एक बालकको मृत्यु भएको छ।
बिहिबार, ०९ फागुन २०७५
सीमा नजिकै भारतीय पक्षले एकतर्फी रुपमा ड्याम निर्माण गर्न थालेको छ। भारतीय पक्षले कैलारी गाउँपालिकाको वडा नम्बर ३, ५ र ७ को सीमामा ड्याम निर्माण गर्न थालेको हो। सन्धि सम्झौता विपरीत मनपर्दी तरिकाले सीमामा आफूखुसी भारतीय पक्षले ड्याम निर्माण गर्न थालेपछि यो क्षेत्रको बस्ती डुबानको उच्च जोखिममा परेको छ।
आइतबार, २० माघ २०७५
कैलालीका स्थानीय तहले नियमित नियमन र अनुगमन नगर्दा नदीजन्य पदार्थको दोहन तीव्र रुपमा भइरहेको छ। स्थानीय तहले नदीजन्य पदार्थ उत्खननका लागि ठेकेदारलाई ठेक्का दिइसकेपछि नियमन र अनुगमन नगर्दा जथाभाबी दोहन बढेको हो।
आइतबार, ०६ माघ २०७५
कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा एक व्यक्तिले श्रीमतिको हत्या गरी आफैं आत्महत्या गरेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार आइतबार बिहान साढे ५ बजेतिर ३५ वर्षका प्रेमलाल चौधरीले ३२ वर्षकी श्रीमति रमा चौधरीको हत्या गरी आफैं आत्महत्या गरेका छन्।
शुक्रबार, ०४ माघ २०७५
सव डिभिजन वन कार्यालय भजनी कैलालीका फरेष्टर घुस रकम सहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरबाट खटिएको टोलीले फरेष्टर हरिश्चन्द्र कुमारलाई सेवाग्राहिबाट नगद १० हजार लिइसकेको अवस्थामा उनकै कार्यालयबाट विहिबार पक्राउ गरेको जानकारी दिएको छ।
मङ्गलबार, २३ असोज २०७५
कैलालीको बर्दगोरीया गाउँपालिका–२ मा मंगलबार भएको ट्याक्टर दुर्घटनामा २ जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन्।
आइतबार, ३० पुष २०७४
रधानमन्त्री शेरबहादुर देउवाले बहुमत प्राप्त प्रधानमन्त्री बन्ने टुंगो लाग्ने बित्तिकै सत्ता हस्तान्तरण गर्न तयार भएको बताएका छन। प्रधानमन्त्री को बन्ने भन्ने टुंगो नै नलागेकाले कसलाई सत्ता हस्तान्तरण गर्ने उनको प्रश्न छ। आइतवार कैलालीको गोदावरी धाममा १२ राशी मकर मेलाको उदघाटन गर्दै देउवाले अर्थहिन र भ्रम फैलाउने उद्येश्यले आफुलाई सत्ता नछोडेको आरोप लगाएको बताएका छन्।
मङ्गलबार, २६ मङि्सर २०७४
वारेसनामामार्फत् उम्मेदवारी दिएका रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका छन्। उनी २० हजार ९३४ मतान्तरले विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी एमालेकी गरिमा शाहले १३ हजार ४०६ मत ल्याइन् भने नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले ११२०३ मत ल्याइन्।
सोमबार, २५ मङि्सर २०७४
कैलालीको निर्वाचन क्षेत्र नं ३ र ४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा वाम गठबन्धन विजयी भएको छ। आज बिहान सार्वजनिक गरिएको मत गणनाको अन्तिम नतिजाअनुसार निर्वाचन क्षेत्र नं ४ मा माओवादी केन्द्रका नेता लेखराज भट्ट ३१ हजार ३५९ मत प्राप्त गरी विजयी भएका छन्।
आइतबार, २४ मङि्सर २०७४
कैलाली क्षेत्र नम्बर ३ मा माओवादीका उम्मेदवार गौरीशंकर चौधरी विजयी भएका छन्। उनले २४ हजार ८७९ मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजमनम चौधरीले २० हजार ४९४ मत ल्याए।
शुक्रबार, १५ मङि्सर २०७४
कैलालीको क्षेत्र नम्बर १ मा सबै उम्मेदवारले समाजिक सद्भावलाई मुख्य ऐजेण्डा बनाएका छन। फरार सुचिमा रहेका कैलाली क्षेत्र नम्बर १ मा राजपावाट प्रतिनिधी सभा सदस्य उम्मेदवार रेशम चौधरीलेसमाजिक सद्भावका लागि मत मागिरहेका छन्। उनले भाषण गरेको भिडियो रेकर्ड ल्यापटपबाट ठाउँठाउँमा सुनाएर प्रचार प्रसार तीब्र पारेका छन्।
बुधबार, १५ कार्तिक २०७४
गत संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव लडेको प्रदेश नम्बर ७ को महत्वपूर्ण मानिएको निर्वाचन क्षेत्र कैलाली ५ मा यस पटकको चुनावमा कस्ले बाजी मार्ला भनेर यहाँ चिया पसलदेखि सर्वत्र चर्चा, परिचर्चा सुरु भएको छ ।
आइतबार, १५ असोज २०७४
दशैंको अवसरमा कैलाली जिल्ला कारागार शाखाबाट ४० प्रतिशत कैद भुक्तान गरेका ११ कैदीलाई बाँकी कैद मिनाहा गरी मुक्त गरिएको छ । असल चालचलन देखाएकाले सरकारको निर्णयअनुसार ११ कैदीको बाँकी कैद मिनाह गरी मुक्त गरिएको कारागार शाखाका प्रमुख पुष्कर खड्काले बताए । ‘कैद मुक्त हुनेमा कर्तव्य ज्यान मुद्दाका चार, सवारी ज्यान मुद्दाका दुई जना, बहुबिवाह मुद्दाका दुई र डाँका चोरी, चोरी र आगो लगाएको मुद्दाका एक÷एक जना रहेका छन्,’उनले भने ।
बिहिबार, ०१ असार २०७४
असन्तुष्ट पक्षको भेलाद्वारा वडादेखि मेयरसम्म वागी उम्मेदवार उठाउने निर्णय, क्षेत्रीय सभापतिसहित सामूहिक राजीनामा।
शुक्रबार, ०५ जेठ २०७४
एसएसपीसहित ७ सुरक्षाकर्मी र एक शिशुको विभत्स हत्या भएको कैलाली घटनालाई 'राजनीति'को संज्ञा दिएर दोषीलाई उन्मुक्ति दिने सरकारको निर्णयले सुरक्षाकर्मीको मनोबल घटाउने निष्कर्ष एमालेले निकालेको छ। एमालेले मुद्दा फिर्ताले दण्डहीनता संस्थागत गर्ने एवं आपराधिक प्रवृत्तिलाई प्रोत्साहन मिल्ने भन्दै आपत्ति जनाएको छ।
सोमबार, २५ बैशाख २०७४
कैलालीको अत्तरियामा जारी रुस्लान अत्तरिया कप क्रिकेट प्रतियोगितामा बारा क्रिकेट एकेडेमीलाई हराउँदै कैलाली जिल्ला क्रिकेट एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ । यस नतिजासँगै सेमिफाइनल समीकरण पूरा भएको छ । समूह ‘बी’ मा रहेका बारा र कैलाली पहिलो खेलमा पराजित भएका थिए । दुईबीचको विजेता टोली सेमिफाइनल पुग्ने अवस्थामा कैलालीले बारामाथि ८ विकेटको सानदार जित दर्ता गरेको हो ।
बिहिबार, १९ फागुन २०७३
कैलाली वहुमुखी क्याम्पसको निर्वाचन कार्यालयमा तालाबन्दी गर्न खोज्दा नेकपा माओवादी केन्द्र निटक अखिल क्रान्तीकारी र प्रहरीबीच झडप भएको छ।
शुक्रबार, २४ मङि्सर २०७३
सङ्घीय गठबन्धन तथा थरूहट थारूवान् सङ्घर्ष समितिले आज कैलाली बन्द गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारले ल्याएको अपूरो संविधान संशोधनको विरोधमा व्यापार, व्यवसाय, उद्योग, शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी संस्था तथा यातायात एक दिनका लागि बन्द गरिदिन अनुरोध गरिएको एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।
शुक्रबार, १७ भदौ २०७३
प्रधानमन्त्री पुष्पकमल दाहालले गतवर्ष कैलाली जिल्लामा भएको घटनाको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन भएकाले सोही समितिले दिने सुझावका आधारमा सरकार अगाडि बढ्ने बताएका छन्। निर्दोषलाई दुःख दिने विषय स्वीकार्य नहुने तर आयोगले दोषी ठहर्याएकालाई कारवाही हुने उनले बताए।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।