बिहिबार, १९ मङि्सर २०७६
नेपाली कांग्रेसले मंसिर १४ गते सम्पन्न उपनिर्वाचन र पार्टीको आन्तरिक संगठन निर्माणका विषयमा छलफल गर्न पार्टी केन्द्रीय समितिको बैठक बोलाएको...
सोमबार, १६ मङि्सर २०७६
कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले उपनिर्वाचनको परिणामले सरकारप्रति जनताको असन्तुष्टि बढेको पुष्टि भएकोे बताएका छन्। ...
सोमबार, १६ मङि्सर २०७६
नेकपाको लालकिल्ला भनिने धरान उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका तिलक राईले ऐतिहासिक जित हासिल गरेको छन्। ...
सोमबार, १६ मङि्सर २०७६
धरानको वडा नम्बर ७ को अध्यक्ष पदको मतपरिणाममा विवाद उत्पन्न भएको छ। मतगणना सकिदा नेकपाबाट अध्यक्षका उम्मेदवार जीवनराम सुवेदी १...
आइतबार, १५ मङि्सर २०७६
घोराही उपमहानगरपालिका वडा नम्बर-१६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका तारावहादुर डाँगी निर्वाचित भएका छन्। डाँगी १ हजार २ सय १८ मत प्राप्त गरि अध्यक्षमा निर्वाचित भएका हुन्।
आइतबार, १५ मङि्सर २०७६
धरानमा मेयर पदको लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले अग्रता कामय गरेका छन्। उनले ७ हजार ९ सय १५ मत ल्याएका छन् भने नेकपाका उम्मेदवार प्रकाश राईले ७ हजार १ सय ७० मत प्राप्त गरेका छन्। कांग्रेसले ७ सय ४५ मतले अग्रता कामय गरेको हो।
आइतबार, १५ मङि्सर २०७६
अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–३ को निर्वाचनमा नेपाली कांग्रेसका शोभाखर खनाल विजयी भएका छन्।
आइतबार, १५ मङि्सर २०७६
भक्तपुर– १ ‘क’ बाट नेपाली कांग्रेसका कृष्णलाल भडेल विजयी भएका छन्। यसअघि एमाले (हालको सतारुढ नेकपा) ले विजयी हाँसिल गरेको यो क्षेत्रमा कांग्रेस विजयी बनको हो।
शनिबार, १४ मङि्सर २०७६
खोटाङको साकेला गाउँपालिका–३ खिदिमामा वडाध्यक्ष चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ।
सोमबार, ०९ मङि्सर २०७६
नेपाली कांग्रेसका शीर्ष नेताहरुले बर्तमान सरकारको धर्मराएको ‘समृद्धी’ को नारा लिपुलेकमा लम्पसार परेको बताएका छन्। जिल्लाको क्षेत्र नम्बर ३ (ख) मा पर्ने तुलसीपुर ६ श्रीगाउँमा सोमवार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै कांग्रेस शीर्ष नेताहरुले विभिन्न ‘काण्डै काण्ड’ले धर्मराएको समृद्धीको नारा लिपुलेकमा पुगेर समाप्त भैसकेको बताए।
आइतबार, ०८ मङि्सर २०७६
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपि ओलीको राष्ट्रवाद कालापानीमा नाँगिएको बताएका छन्।
आइतबार, ०८ मङि्सर २०७६
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा भारतले नेपालको भूभाग समेटिएको नयाँ नक्सा सार्वजनिक गरेको आरोप लगाएका छन्। ओलीको सल्लाहबिना भारतले नक्सा छाप्नै नसक्ने पनि उनले बताए।
बिहिबार, ०५ मङि्सर २०७६
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता विपरितका गतिविधि नगर्न सरकारलाई सचेत गराएको छ।
बुधबार, ०४ मङि्सर २०७६
नेपाली कांग्रेसका प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा र कांग्रेसकै वीरगन्ज महानगरपालिका समितिका सभापति भोला कलवारबीच बुधवार बिहान कुटाकुट भएको छ।
आइतबार, ०१ मङि्सर २०७६
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधान कार्यान्वयन गर्न आनाकानी गरेकोले सघीयता कार्यान्वयनमा बाधा उत्पन्न भएको बताएका छन्।
बिहिबार, २८ कार्तिक २०७६
इन्द्रावती नेकपा अध्यक्ष झम्क नेपाल र कांग्रेस सभापति विकास लामाको गृहगाउँ भएकाले वडाध्यक्षको निर्वाचनमा सबैको चासो बढेको हो। कांग्रेस जितलाई निरन्तरता दिन चाहन्छ भने नेकपा यसअघिको हारको बदला लिने दाउमा छ।
सोमबार, २५ कार्तिक २०७६
मंसिर १४ मा हुने स्थानीय निकायको उपनिर्वाचनका लागि पार्टीले वडाध्यक्षको टिकट नदिएको भन्दै सत्तारुढ नेकपाबाट वडाध्यक्षका दुइ जना दाबेदार नै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
सोमबार, १८ कार्तिक २०७६
कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले प्रदेश प्रमुख हटाएर गलत काम गरेको बताएका छन्। उनले सरकारको यो कदमको भत्सर्ना गर्ने प्रतिक्रिया दिए।
शुक्रबार, १५ कार्तिक २०७६
शुक्रबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले तिकल राईको नाम स्वीकृत गरेको हो।
शुक्रबार, १५ कार्तिक २०७६
प्रमुख तीन ठूला दलले उम्मेदवार सिफारिश गरेसँगै कोहलपुर नगरपालिकाको वडा नं ६ मा उपनिर्वाचनको माहोल बढ्दै गएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट रामशरण थारु, नेपाली काङ्ग्रेसबाट कृष्ण थारु र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्रीधर सुवेदीलाई उम्मेदवार सिफारिस गरिएको छ।
बिहिबार, १४ कार्तिक २०७६
नेपाली कांग्रेसले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुंगो लगाउन बिहीबार बिहान पदाधिकारी बैठक बोलाएको छ।
आइतबार, १० कार्तिक २०७६
राष्ट्रियता लोकतन्त्र र तरुण एकता आजको आवश्यकता भन्ने मूल नाराका साथ स्थापना दिवस तथा शुभ दिपावलीको अवसरमा बृहत चियापान कार्यक्रमको आयोजना गरेर आफ्नो दिवस मनाएको हो । तरुणदल डोल्पाको स्थापना दिवस तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेकपाका पाँच जनाले पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका छन ।
शुक्रबार, ०८ कार्तिक २०७६
आलम प्रकरणमा १२ वर्ष पुरानो घटनाको अनुसन्धान निष्पक्ष नहुने विचार राखेर कांग्रेस संक्रमणकालीन न्यायसमेत फासफुस पार्ने रणनीतिमा लागेको देखिन्छ।
बिहिबार, ०७ कार्तिक २०७६
नेपाली कांग्रेसका नेताहरुले वर्तमान सरकार नेपालमा कम्युनिस्ट सत्ता निर्माणमा लागेको आरोप लगाएका छन्।
सोमबार, ०४ कार्तिक २०७६
छलफलमा सहभागी थिएनन्। सिटौला आएपछि संघको विषयमा पुनः छलफल गर्ने सभापति र असन्तुष्ट पक्षको तयारी छ। नेवि संघ गत माघ २ गतेदेखि नेतृत्वविहीन छ।
बुधबार, १५ असोज २०७६
सोलुखुम्बुमा नेकपाबाट निर्वाचित वडासदस्य वैशलक्ष्मी विश्वकर्मा मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । सोलुदुधकुण्ड नगरपालिका–७ गार्माकी वडासदस्य विश्वकर्मा पार्टीकै नेताहरूले विभेदकारी व्यवहार देखाएको र दलित समुदायका लागि कुनै योजना नदिएको आरोप लगाएकी छन् ।
मङ्गलबार, १४ असोज २०७६
नेपाली काँग्रेसले असोज २६ गते कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम गर्ने भएको छ। नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले असोज २६ गते आईतबार कोजाग्रत पूर्णिमाको दिन दशैंको अवसर पारेर पार्टीले चियापान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए।
बिहिबार, ०२ असोज २०७६
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बाँके घटनाको छानबिन नगरी कारवाही प्रक्रिया अघि बढाउन नसकिने बताएका छन्।
बुधबार, २५ भदौ २०७६
तरुण दलमा विवाद चुलिँदै गएको छ। अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीले एक अर्काका निर्णयका विरुद्ध वक्तव्यवाजी गर्न थालेपछि संगठनको विवाद छताछुल्ल भएको हो।
मङ्गलबार, २४ भदौ २०७६
संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्चमा बिपीको विलक्षण र विद्वतापूर्ण भाषणले विश्वमा नेपाल भन्ने देश पहिचान हुन थाल्यो। दक्षिण एसियामा एक नयाँ नेतृत्वकर्ताको उदयले भारत, चीन जापानलगायत राष्ट्र तथा सरकार प्रमुखहरूको पनि ध्यान आकृष्ट भयो।
बिहिबार, १९ भदौ २०७६
असार २२ देखि सुरु केन्द्रीय समिति बैठकको बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनीक गरेको कांग्रेसले सरकारविरुद्ध १७ बुँदे आरोप लगाएको छ।
सोमबार, १६ भदौ २०७६
राणा शासनदेखि राजतन्त्र अन्त्यसम्म जनताको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको नेपाली कांग्रेस नेपालको राजनीतिक र सामाजिक परिवर्तनको संवाहक शक्ति हो। करिब ७१ वर्ष लामो संघर्षको इतिहास बोकेको कांग्रेसलाई अलग राखेर नेपालको राजनीति र सामाजिक अध्ययन पूरा हुन सक्दैन। त्यसैले नेपाली कांग्रेसलाई लोकतन्त्रको पर्याय पनि भनिन्छ।
आइतबार, ०८ भदौ २०७६
पार्टीका जिल्ला सभापति खड्काले जिल्लाभर पुनर्संरचना गत जेठमै सकिएको र केन्द्रबाट खटिने प्रतिनिधिले अनुमोदन गरेपछि समितिहरू वैधानिक हुने जानकारी दिए।
शुक्रबार, ३१ साउन २०७६
आगामि मंसिरमा हुने उप–निर्वाचनले कांग्रेसको दुई गुटलाई एउटै पार्टी बनाउने गरि एकता गराउनुपर्ने कांग्रेस सभापति शेरबहादुर देउवाले बताएका छन्। देउवाले उपनिर्वाचनबाटै पार्टीको एकता सुरु हुने बताए। प्रतिनिधिसभातर्फ कास्की–२ लगायतका क्षेत्रमा उपनिर्वाचन हुँदैछ। सबै मिलेर उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताएर एकताको सन्देश दिनुपर्ने उनले बताए।
बिहिबार, ३० साउन २०७६
कांग्रेसका जिल्ला सभापति रुद्र खड्का र गाउँपालिका समिति सभापति श्याम सुन्दर लामाले पहिरोमा परी वेपत्ता भएका निशान खड्का र जगतबहादुर खत्रीको परिवारलाई १५ हजारका दरले नगद राहत हस्तान्तरण गरे।
मङ्गलबार, २८ साउन २०७६
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सत्ता र प्रतिपक्ष सांसदबीच जुहारीको अवस्था सिर्जना भएको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकी सचेतक शान्ता चौधरीले नियमापत्ति नजनाई सिधै हटाउ भन्ने निर्देशनात्मक शब्द प्रयोग गरेपछि प्रतिपक्षी सांसद विरोधमा उत्रिए। प्रतिपक्षी सांसदले बोलेको अभिव्यक्ति चित्त नबुझेपछि चौधरीले यस्तो पनि बोल्ने भन्दै हटाउ, रेकर्डबाट हटाउ भनेकी थिइन्।
शुक्रबार, २४ साउन २०७६
नेपाली कांग्रेसका नेता गगन थापाले प्रजातन्त्रको स्थायित्वका लागि नेपाली कांग्रेस बलियो र भरोसा योग्य हुनुपर्ने बताएका छन्।
शुक्रबार, १७ साउन २०७६
प्रदीप पौडेल नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। नेपाल विद्यार्थी संघको अध्यक्ष समेत रहेर चर्चामा आएका पौडेल पार्टी भित्र पनि प्रतिपक्षी देखिन्छन्। पौडेलसँग जारी कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रित भएर गरिएको कुराकानी।
बुधबार, १५ साउन २०७६
पछिल्लो समय संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक निरन्तर अवरुद्ध भइरहेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र विपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय छानविन समितिको माग गर्दै बैठक अवरुद्ध गर्दै आएका छन्।
बुधबार, १५ साउन २०७६
नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले राष्ट्रियतालाई घात हुने गरी कहाँ कति आत्मसमर्पण ग-यो, अहिले के गरिरहेको छ, जनताका मौलिक हकलाई संकुचित गराउन के/कति सम्झोता गरिरहेको छ, जनतालाई दिएका वचनहरू उल्लंघन किन गरिरहेको छ ? यी प्रश्नको जवाफ धेरैपटक नेपाल कम्युनिस्ट पार्टीका शीर्ष तहका नेताहरूले समेत खोजी गरिरहेका सुनिन्छ।
मङ्गलबार, १४ साउन २०७६
असार ३० गतेको बैठकमा बाढीको विषयमा अत्यन्त सार्वजनिक महŒवको कांग्रेस र राजपाको प्रस्तावमाथि छलफल भए सदन सञ्चालन हुने तर नभए अवरुद्ध हुने भएपछि सत्तापक्षले कांग्रेसको प्रस्तावमा मात्र छलफल नभई सत्तापक्षको पनि सहभागिता हुनुपर्ने अडान लिएको थियो।
शनिबार, ११ साउन २०७६
कांग्रेस पार्टी कार्यालयबाट सरकारविरोधी नारा–जुलुससहित बेसक्याम्प पुगेका नेवि संघआबद्ध विद्यार्थीले पुत्ला दहनपछि निर्मलाको न्यायका लागि भन्दै चर्को नाराबाजी लगाएको थियो।
बिहिबार, ०९ साउन २०७६
हलेसी तुवाचुङ नगरपालिकाको नगरसभाप्रति असन्तुष्टि जनाउँदै नेकपाका नेता तथा कार्यकर्ताले चक्काजाम गरेकोमा कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ।
सोमबार, ०६ साउन २०७६
नेपाली कांग्रेसले पार्टीका महाधिवेशन प्रतिनिधिका लागि दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टी उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको आइतबारको बैठकले सोन १६ गतेदेखि दुई दिनसम्म प्रशिक्षण दिने निर्णय गरेको हो ।
शुक्रबार, ०३ साउन २०७६
बाढी पहिरोबाट ज्यान गुमाएकाको परिवारलाई नेपाली कांग्रेस मकवानपुरले राहतस्वरुप २५ हजार रुपैयाँ दिने भएको छ। बिहीबार हेटौंडामा जिल्ला सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको मकवानपुर कांग्रेसको बैठकले जिल्लाका पाँचजना मृतकका परिवारलाई २५ का दरले सहयोग प्रदान गर्ने निर्णय गरेको हो।
बिहिबार, ०२ साउन २०७६
बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई नेपाली कांग्रेस मकवानपुरले राहत स्वरुप २५ हजार रुपैंया दिने भएको छ। बिहीबार हेटौंडामा जिल्ला सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको कांग्रेस मकवानपुरको बैठकले मकवानपुरका पाँच मृतकका परिवारलाई २५ का दरले सहयोग प्रदान गर्ने निर्णय गरेको हो।
सोमबार, ३० असार २०७६
सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न बस्ने आजको प्रतिनिधिसभाको बैठक स्थगन गर्न नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका नेताहरुले माग गरेका छन्।
सोमबार, ३० असार २०७६
नेपाली कांग्रेसले अरु राजनीतिक विषय थाति राखेर प्राकृतिक प्रकोपमा परेकाहरुको राहत र उद्दारमा लाग्न आव्हान गरेको छ।
बिहिबार, २६ असार २०७६
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले विप्लव समूहको हिंसाको पक्षमा वकालत गरेर सरकारलाई खेद्ने काम नगर्न चेतावनी दिएका छन्। बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बाँस्कोटाले हिंसा भइरहेको कुरालाई नदेखेर सरकारलाई खेद्ने काम अनुचित भएको टिप्पणी गरे। ‘सत्ता गुमेको पीडामा कांग्रेसले यतिसम्म गर्न हुदैन्थ्यो। सरकालाई अप्ठेरो गर्ने काम नगरौं। भद्रगोल सिर्जना नगरौं’, मन्त्री बाँस्कोटाले भने।
बुधबार, २५ असार २०७६
प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) ले अवरोध गरेका छन्।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।