उपभोक्ता समितिमा आफन्त, विकासे बजेटमा जनप्रतिनिधिको रजाइँ

उपभोक्ता समितिमा आफन्त, विकासे बजेटमा जनप्रतिनिधिको रजाइँ

बुधबार, ०१ साउन २०७६

जिल्लाका सबै स्थानीय तहले प्रायः करोडभन्दा कम लागतका अधिकांश काम उपभोक्ता समितिमार्फत गराउँदै आएका छन्। तर उपभोक्ता समितिहरूले आ–आफ्नो जिम्मेवारीमा...

उपभोक्ता समितिमा आफन्तको रजाइँ

उपभोक्ता समितिमा आफन्तको रजाइँ

मङ्गलबार, २८ जेठ २०७६

विकासनिर्माणका काममा छिटो, छरितो र गुणस्तरीय काम होओस् भन्ने उद्देश्यले उपभोक्ता समितिको गठन गरिएको हुन्छ। पछिल्लो समय खेलकुद पूर्वाधार निर्माणमा...

गुनासो गर्न गएका उपभोक्ता कुटिए

गुनासो गर्न गएका उपभोक्ता कुटिए

मङ्गलबार, २८ जेठ २०७६

नेपाल विद्युत् प्राधिकरण कलैया वितरण केन्द्रमा सोमबार गुनासो गर्न गएका उपभोक्ता कुटिएका छन्। ...

राजस्वको रस

राजस्वको रस

आइतबार, २६ जेठ २०७६

सामान्यतः मूल्य अभिवृद्धि कर (भ्याट) उपभोक्ताबाट उठाइएको रकम हो, जसमा सेवा वा वस्तु बिक्रेताले आफैं राख्न पाउने होइनन् । यसलाई...

लिटरमा १५-२० रुपैयाँ बढी तिर्छन् उपभोक्ता

लिटरमा १५-२० रुपैयाँ बढी तिर्छन् उपभोक्ता

आइतबार, १९ जेठ २०७६

कालीकोटमा मस्तमाण्डु पेट्रोल पम्प सञ्चालन गरिररहेका हस्तबहादुर बमले नेपालगन्जबाट पेट्रोलियम पदार्थ लगेर बिक्री गर्छन्। कर्णाली प्रदेशमा नेपाल आयल निगमको इन्धन भण्डार नहुँदा उनले निगमको नेपालगन्ज डिपोबाट डिजेल, पेट्रोल ढुवानी गरेका हुन्।

उपभोक्ताको सहभागितामा बबई सिँचाइको मूल नहर

उपभोक्ताको सहभागितामा बबई सिँचाइको मूल नहर

आइतबार, १९ जेठ २०७६

सयौं उपभोक्ताको सहभागितामा शनिबार बबई सिँचाइ आयोजनाको मूल नहर सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। विगतमा झैं रोपाइँ सुरु हुनुपूर्व साविकका तीन गाविस (पदनाहा, धधवार र मगरागाडी) का सयौं उपभोक्ताको सहभागितामा सो सरसफाइ कार्यक्रम सम्पन्न भएको हो। सो कार्यक्रममा ३ हजार ५ सय जनाको सहभागिता रहेको बबई सिँचाइ आयोजना कार्यालयको रेकर्डमा उल्लेख छ। शनिबार बिहान ८ बजे नहरभित्र पसेका उपभोक्ताले दिउँसो १२ बजेसम्म नहर सफा गरेका थिए।

गोदाममै सड्यो अनुदानको चामल, 'डिस्पोज' गर्ने तयारीमा खाद्य संस्थान

गोदाममै सड्यो अनुदानको चामल, 'डिस्पोज' गर्ने तयारीमा खाद्य संस्थान

आइतबार, १२ जेठ २०७६

उपभोक्ताले उपयोग नगर्दा नेपाल खाद्य संस्थान शाखा कार्यालय खोटाङको १० क्विन्टल चामल सडेको छ।

उपभोक्ताबाटै अनियमितता

उपभोक्ताबाटै अनियमितता

बुधबार, ०८ जेठ २०७६

उपभोक्ता समितिमार्फत् हुने विकास निर्माणका कामको उद्देश्य अनियमितता घटाउने हो। तर हामीकहाँ ठीक उल्टो अभ्यास भइरहेको छ।

उपभोक्ता ऋणी बनाएर खानेपानी!

उपभोक्ता ऋणी बनाएर खानेपानी!

शनिबार, २८ बैशाख २०७६

पाँचखाल नगरपालिकामा उपभोक्तालाई ऋणी बनाएर सुनकोशी पाँचखाल बृहत् खानेपानी परियोजना सञ्चालन गरिने भएको छ। पाँचखालका सबै बासिन्दालाई खानेपानी उपलब्ध गराउने उद्देश्यले सञ्चालन गर्न लागिएको उक्त परियोजनाका लागि नगरसभाले हाल उपभोक्तालाई नगरको अगुवाइमा स्थानीय सहकारीमा ऋणी बनाइने र पछि उपभोक्ताबाट सहकारीमा पैसा असुलउपर गर्ने निर्णय गरेको हो। “जसरी पनि खानेपानी योजना सम्पन्न गर्नुपर्नेछ, यसबाहेक अर्को विकल्प नभएपछि नगरसभामा यस्तो निर्णय ग¥यौँ”, नगरप्रमुख महेश खरेलले भने।

राउटे अब वनका उपभोक्ता

राउटे अब वनका उपभोक्ता

शुक्रबार, २९ चैत २०७५

पुसको दोस्रो साता लेकवेशी नगरपालिकाको पार्वती महिला सामुदायिक वन उपभोक्ता समूहले रुखहरु काटेको भन्दै जंगलमा फिरन्ते जीवन विताउने राउटे समुदायलाई वन क्षेत्रभित्रबाट लखेट्यो।

ओप्पोको ब्रिलियन्ट पोट्रेट आउने

ओप्पोको ब्रिलियन्ट पोट्रेट आउने

बुधबार, २० चैत २०७५

ओप्पोले लोकप्रिय एफ ११ र एफ ११ प्रो नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ।

कर्मचारी नै उपभोक्ता समितिमा बसेर अनियमितता

कर्मचारी नै उपभोक्ता समितिमा बसेर अनियमितता

बुधबार, १३ चैत २०७५

जिल्लाको खत्याड गाउँपालिका वडा नम्बर ७ मा एक योजनाको उपभोक्ता समितिमा  सरकारी कर्मचारी नै उपभोक्ता समितिको अध्यक्ष बनेर लाखौ रकम हिनामिना गरेको पाईएको छ।

कोका–कोलाको मोःमोःउत्सव

कोका–कोलाको मोःमोःउत्सव

शुक्रबार, ०८ चैत २०७५

कोका–कोला नेपाललेलाई चिसो कोका–कोलासँग मःमको मज्जा दिन कोका–कोला मोःमोःउत्सव सुरु गरेको छ।

उपभोक्ता अधिकार, मौसमी व्यापार

उपभोक्ता अधिकार, मौसमी व्यापार

शुक्रबार, ०१ चैत २०७५

काठमाडौं घट्टेकुलोकी सपना रेग्मीले प्रतिष्ठित व्यापारिक कम्प्लेक्समा कपडा किन्दा आफू ठगिएको पछिमात्रै थाहा पाइन्। बजारमा प्रतिस्पर्धा भए पनि एक हजार दुई सय रुपैयाँ पर्ने टप्सलाई उनले एक हजार आठ सय रुपैयाँ तिरेर किनिन्। ‘हेर्दा कपडा राम्रो लाग्यो र किनें, पछि कपडा खुइलियो,’ उनले गुनासो गरिन्, ‘यहाँ नुनदेखि सुनसम्म सबै सामानमा किन्दा ठगिनुपर्छ, गुणस्तरको पाटो त अझै फितलो छ, खोइ सरकार कहाँ छ?’ उपभोक्ता हरेक ठाउँमा दिनदहाडै ठगिएका छन्।’

विश्व उपभोक्ता दिवस मनाइरहदा उपभोक्ता भने सधै मारमा

बुधबार, २९ फागुन २०७५

मार्च १५ को दिनमा विश्व उपभोक्ता अधिकार दिवस मनाउदै आएको छ । एकता तिर दिवस मनाई रहदा उपभोक्ताहरुको अबस्था भने मारमा पर्ने क्रम बढ्दै गएका छन् । सरकारी क्षेत्रबाट बस्तु तथा सेवाभित्र प्रभावकारी नियमनको प्रयास भए पनि बजारमा उपभोक्ता ठगीने क्रम भने रोकिएको छैन । वजारमा कालोवजारी, महंगी देखि खाद्यान्नमा मिसावट लगाएत उपभोक्ता ठग्ने प्रवृती वढ्दै गएका छन् भने त्यसलाई नियन्त्रण, नियमन, अनुगमन गर्ने सरकारी निकाय निरिह जस्तो देखिन्छ ।

मारमा उपभोक्ता

मारमा उपभोक्ता

बिहिबार, २३ फागुन २०७५

भाटभटेनी सुपर मार्केटमा आजकल एक किलो चिनीको मोल ७२ रुपैयाँ पर्दछ। दसैं, तिहार, छठ जस्ता चाडपर्वको समयमा ५९ रुपैयाँ किलो चिनी बेचेको भाटभटेनी केही साता अघिसम्म ६९ रुपैयाँमा बेच्दैथ्यो। आजकल ७२ कायम छ। बजारमा सामान्य तथा ७५ रुपैयाँ किलोमा चलेको छ।

‘ग्यास अभाव हुँदैन’

‘ग्यास अभाव हुँदैन’

मङ्गलबार, २१ फागुन २०७५

उद्योगहरुमा पर्याप्त खाना पकाउने ग्यास स्टक रहेकाले बजारमा अभाव नहुने नेपाल आयल निगम र ग्यास उद्योगीले बताएका छन्। ती निकायले हल्लाका पछि नलाग्न उपभोक्तालाई आग्रह पनि गरेका छन्।

उपभोक्ताको रोजाइ जोगवनी

उपभोक्ताको रोजाइ जोगवनी

शनिबार, १८ फागुन २०७५

प्रदेश १ को अस्थायी राजधानी विराटनगरसँग जोडिएको सीमावर्ती भारतीय बजार जोगवनीमा नेपाली उपभोक्ताको भीड लाग्ने गर्छ। विशेषगरी दैनिक उपभोग्य वस्तु र लत्ताकपडा किन्न नेपाली उपभोक्ताको भीड लाग्ने गर्छ।

भान्सा महँगियो , ठगिँदै उपभोक्ता

भान्सा महँगियो , ठगिँदै उपभोक्ता

शनिबार, १८ फागुन २०७५

आम्दानी बढेको छैन। खर्च बढेको बढै छ। हुनेखानेले ‘भेराइटी’ खान्छन्। न्यून आम्दानी हुनेलाई बिहान–बेलुका छाक टार्न पनि हम्मे छ। सरकार महँगी घटेको दाबी गर्छ। बजारले अनुभूति दिलाउन सकेको छैन। दैनिक उपभोग्य वस्तुको भाउ बढ्दा भान्सा महँगिएको हो। बजारमा उपभोक्ताले चर्को मूल्यमा दैनिक उपभोग्य वस्तु खरिद गरिरहेका छन्।

वन्यजन्तुको काल बन्दै जंगलबीचकाे सडक

वन्यजन्तुको काल बन्दै जंगलबीचकाे सडक

बुधबार, ०१ फागुन २०७५

धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानवारी सामुदायिक वन बीचबाट महादेव चोक–पानवारा सडक पर्छ। यो सडकको एकापट्टि(दक्षिणतर्फ)बिरुवा जोगाउन वन उपभोक्ता समूहले सिमेन्टको पिलर गाडेर फेन्सिङ (तारजाली) लगाएको छ।

दूधको गुणस्तर कायम राख्ने प्रतिबद्ध

दूधको गुणस्तर कायम राख्ने प्रतिबद्ध

आइतबार, २७ माघ २०७५

अघिल्लो वर्ष दूध तथा दुग्धजन्य पदार्थको धेरै खपत हुने सिजनमा दूधको गुणस्तरबारे धेरै कुराहरु सतहमा आए। यसबाट उपभोक्ताहरु दूध र दुग्धजन्य उत्पादनहरुको सेवनमा हच्किए। अवस्था गम्भीर देखेपछि नीति बनाउने कृषि मन्त्री स्वयं नै आक्रामक शैलीमा डेरी उद्योग अनुगमनमा निस्किए।

‘राजस्व छल्न सेवा शुल्क हटाइएको हो’

‘राजस्व छल्न सेवा शुल्क हटाइएको हो’

सोमबार, २१ माघ २०७५

उपभोक्ताको चाहना विपरीत रेस्टुरेन्टको बिलमा उठाइँदै आएको १० प्रतिशत सेवा शुल्क हटाउने पर्यटन व्यवसायीको निर्णय कर छली गर्न भएको मजदुरले आरोप लगाएका छन्। रेस्टुरेन्ट व्यवसायीको छाता संस्था रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराले उठाउँदै आएको १० प्रतिशत रकम केही दिनअघि नउठाउने निर्णय गरेको थियो।

किसानका कठिनाइ

किसानका कठिनाइ

बिहिबार, १७ माघ २०७५

किसान मेहनत गर्छन्। त्यो मेहनत खेतबारीमा अनाज, फलफूल र तरकारी बनेर फल्छ। उपभोक्तालाई गुणकारी खानेकुरा चाहिएको छ। किसानका उत्पादन र उपभोक्ताको मागबीच बजारले काम गर्न सकेको छैन। बिचौलिया तत्वले यी दुईबीच सामञ्जस्य हुन दिएका छैनन्। अर्थशास्त्रले माग र आपूर्तिबीचको सन्तुलनको कुरा गर्छ। आपूर्ति धेरै हुँदा माग कम हुन सक्छ। हामीकहाँ माग ठूलो छ। आपूर्ति बढाएर मागलाई सन्तुलन गर्नेभन्दा पनि बजारमै ती सामग्री पुग्न नदिएर मूल्य नियन्त्रण गर्ने कृत्रिम अभ्यास हावी छन्। ‘न बाच्छाले पाउने र न माउले नै राख्न सक्ने’ जस्तो अवस्था अहिले छ।

बजार बेथिति

बजार बेथिति

मङ्गलबार, ०१ माघ २०७५

नारायणहिटीमा राजा छैनन्, बजारमा भने छन्। खुला बजार अर्थतन्त्रले प्रत्येक उपभोक्तालाई राजा मान्छ। यी राजा सन्तुष्ट भएनन् भने बजारमा कोही पनि टिक्न सक्दैन। तिनलाई बजारबारे जानकार बनाउन सक्नुपर्छ। उनीहरूले मनपर्ने वस्तु उपभोग गर्न पाउनुपर्छ।

एउटै औषधिको मूल्य अन्तर आठ गुणा बढी

एउटै औषधिको मूल्य अन्तर आठ गुणा बढी

आइतबार, २९ पुष २०७५

सरकारले औषधि बजारमा प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन्। औषधि व्यवस्था विभागले औषधिको उचित मूल्य निर्धारण नगर्दा विदेशबाट आयातितभन्दा स्वदेशमा उत्पादित औषधिको मूल्य आठ गुणासम्म महँगो पर्न गएको छ।

फोहोरमैला व्यवस्थापनमा जुट्दै वडा

फोहोरमैला व्यवस्थापनमा जुट्दै वडा

सोमबार, २३ पुष २०७५

तारकेश्वर नगरपालिका वडा नं.१० मनमैजु फोहोर व्यवस्थापन अभियानमा जुटेका छन्। स्थानीय उपभोक्ता, टोल विकास समितिको संयुक्त प्रयासमा सो अभियानमा जुटेका हुन्।

जारमा प्रदूषित पानी, अनुगमन छैन

जारमा प्रदूषित पानी, अनुगमन छैन

बुधबार, ०४ पुष २०७५

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही पानी उद्योगमा अनुगमन गरेको थियो। अनुगमन टोलीले केही उद्योगलाई कारबाही समेत ग-यो। तर, अहिले फेरि जारको पानीमा समस्या उस्तै देखिएको जानकार बताउँछन्।

उपभोक्ताका उजुरी जिप्रकामा अलपत्र

उपभोक्ताका उजुरी जिप्रकामा अलपत्र

शुक्रबार, २१ मङि्सर २०७५

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपभोक्ता ठगिएका र क्षतिपूर्तिसम्बन्धी उजुरी अलपत्र परेका छन्। जिल्ला सरकारी वकिलको कार्यालयले आवश्यक राय नपठाउँदा जिल्ला प्रशासन कार्यालयमा परेका उजुरी अलपत्र परेका हुन्।

उपभोक्ताका उजुरी प्रशासन कार्यलयमै अलपत्र

उपभोक्ताका उजुरी प्रशासन कार्यलयमै अलपत्र

बुधबार, १९ मङि्सर २०७५

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपभोक्ता ठगिएका र क्षतिपूर्ति सम्बन्धी उजुरी अलपत्र परेका छन्। जिल्ला सरकारी वकिलको कार्यालयले आवश्यक राय नपठाउदा जिल्ला प्रशासन कार्यालयमा परेका उजुरी अलपत्र परेका हुन्।

उपभोक्ता ठग्ने चार पेट्रोल पम्प कारबाहीमा

उपभोक्ता ठग्ने चार पेट्रोल पम्प कारबाहीमा

बुधबार, ०५ मङि्सर २०७५

उपभोक्तालाई कम पेट्रोलियम पदार्थ दिएर ठग्ने चार पेट्रोल पम्प कारबाहीमा परेका छन्। गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय वीरगन्जले गरेको अनुगमनका क्रममा कलैया उपमहानगरपालिका क्षेत्रमा रहेका ती पम्पहरुले उपभाेक्तालार्इ ठगी गर्ने गरेकाे खुलेकाे हाे।

दैनिक मूल्यवृद्धिले उपभोक्ता चिन्तित

दैनिक मूल्यवृद्धिले उपभोक्ता चिन्तित

बुधबार, २४ असोज २०७५

वीरेन्द्रनगर–१० कि आमपूरा शाही दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि देखेर चिन्तित छिन् । ‘हप्तैपिच्छे उपभोग्य वस्तुको मूल्य फरक–फरक हुन्छ,’ हटियालाइनमा भेटिएकी शाहीले भनिन्, ‘हामीजस्ता न्यून आय भएकाहरुका लागि दुई छाक राम्रोसँग खान पनि मुस्किल भइसक्यो।’

भाउ बढेपछि उपभोक्ता भारतीय बजारमा

भाउ बढेपछि उपभोक्ता भारतीय बजारमा

सोमबार, २२ असोज २०७५

दसैं नजिकिँदै गर्दा नेपालगन्जमा कलोबजारी बढ्दै गएको छ । सरोकारवाला निकायले मूल्य नियन्त्रण गर्न नसक्दा हरेक वर्ष झैं यो वर्ष पनि दसैंका मुखमा उपभोग्य सामानको कृत्रिम अभाव देखाएर कालोबजारी सुरु भएको छ । कृत्रिम अभावसँगै मूल्य पनि अकासिएको छ।

उपभोक्तासम्बन्धी उजुरी अलपत्र

उपभोक्तासम्बन्धी उजुरी अलपत्र

बुधबार, १७ असोज २०७५

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपभोक्ता ठगिएका र क्षतिपूर्तिसम्बन्धी उजुरी अलपत्र परेका छन्। संसद्बाट असोज २ गते उपभोक्ता हित संरक्षण ऐन पारित भएपछि पुरानो ऐन स्वतः खारेज हुँदा कार्यालयमा रहेका उजुरी अलपत्र परेका हुन्।

‘चाडपर्वमा हतार, अरु बेला गुपचुप’

‘चाडपर्वमा हतार, अरु बेला गुपचुप’

शुक्रबार, १२ असोज २०७५

चाडपर्व नजिकिएको छ । बजारभाउ आकाशिएको छ । होटल, व्यवसायले लुट मच्चाइरहेका छन् । दैनिक उपभोग्य सामानको मूल्यले उपभोक्ताको ढाड सेकाइरहेको छ । खाद्यान्नमा मिसावट र उपभोक्ता ठगी हुने गुनासो बारम्बार आइरहेका छन्।

वन जोगाउन ग्यास वितरण

वन जोगाउन ग्यास वितरण

बिहिबार, ११ असोज २०७५

दाउराको खपत गर्दा वन विनाश बढ्ने भन्दै उदयपुरको एक सामुदायिक वनले उपभोक्तालाई एलपी ग्यास बाल्न सिलिण्डर वितरण गरेको छ। दाउरा प्रयोग गर्दा दिनदिनै वन जंगल विनाश हुँदै गएको भन्दै त्रियुगा नगरपालिका १ जोगीदहस्थित रामजानकी नमुना सामुदायिक वन उपभोक्ता समूहले उपभोक्तालाई एलपी ग्यास बाल्न सिलिण्डर वितरण गरेको हो।

ठेकेदारसँगै उपभोक्ता समितीलाई कस्दै जुम्ला प्रशासन

ठेकेदारसँगै उपभोक्ता समितीलाई कस्दै जुम्ला प्रशासन

शनिबार, २६ जेठ २०७५

कामचोर ठेकेदारको उच्च निगरानी राख्दै आएको जिल्ला प्रशासन कार्यालय जुम्लाले उपभोक्ता समितीलाई समेत कस्दै आएको छ।

घाँसका लागि उपभोक्ता नै लगाउँछन् सामुदायिक वनमा आगो

घाँसका लागि उपभोक्ता नै लगाउँछन् सामुदायिक वनमा आगो

सोमबार, १४ जेठ २०७५

डडेल्धुराका सामुदायिक वनमा आगो लाग्ने क्रम शुरु भएको छ । सुक्खायाम र गर्मी मौसम बढेसँगै डडेल्धुराका करीब दर्जनभन्दा बढी सामुदायिक र सल्लेरी वनमा आगो लागेको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ ।

चामल अभाव हुँदा रित्तो हात फर्कदै उपभोक्ता

चामल अभाव हुँदा रित्तो हात फर्कदै उपभोक्ता

शनिबार, १२ जेठ २०७५

नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लामा चामल अभाव हुँदा स्थानीय उपभोक्ता रित्तोहात फर्कने गरेका छन् । दुई हप्ता अगाडि आएको जापानिज चामलको मूल्य निर्धारण नभएको र अन्य कुनै पनि प्रकारको चामल मौज्दात नभएकोले उपभोक्ता रित्तोहात फर्कन बाध्य भएका हुन्।

अघोषित लोडसेडिङले सर्लाहीका उपभोक्ता हैरान

अघोषित लोडसेडिङले सर्लाहीका उपभोक्ता हैरान

बुधबार, ०९ जेठ २०७५

गत वैशाख ३१ गतेबाट औद्योगिक क्षेत्रको लोडसेडिङ समेत हटाउँदै नेपाल विद्युत् प्राधिकरणले मुलुकलाई लोडसेडिङ मुक्त घोषणा गर्यो । ऊर्जा मन्त्रालयले पत्रकार सम्मेलन नै आयोजना गरेर मुलुक लोडसेडिङ मुक्त भएको घोषणा गरेको थियो।

मारमा उपभोक्ता

मारमा उपभोक्ता

सोमबार, १० बैशाख २०७५

गतवर्ष नेपाल निर्माण सामग्री व्यापार संघका अध्यक्ष श्रीकृष्ण रिजालले भैरहवाबाट काठमाडौं निर्माण सामग्री ल्याउँदा एक ट्रकको भाडा ३० हजार रुपैयाँभन्दा धेरै तिर्न बाध्य भए । ढुवानी व्यवसायीमा व्याप्त सिन्डिकेटकै कारणले उनले चलेको भाडामा दोब्बरभन्दा धेरै नतिरी सुख पाएनन्।

खानेपानी पाइप चोरीमा उपभोक्ता समितिकै अध्यक्ष पक्राउ

खानेपानी पाइप चोरीमा उपभोक्ता समितिकै अध्यक्ष पक्राउ

आइतबार, ०२ बैशाख २०७५

उदयपुर सदरमुकामस्थित त्रियुगा साना सहरी खानेपानी उपभोक्ता समिति (संस्था) को पाईप चोरी आरोपमा संस्थाकै अध्यक्ष पक्राउ परेका छन्। आइतबार दिउँसो त्रियुगा नगरपालिका १० बाबरीस्थित खानेपानी आयोजनाको प्रशोधन केन्द्रस्थित गोदाममा राखिएको पाइप २ जना कामदार लगाएर चोरेको अभियोगमा पक्राउ परेकाको बयानका आधारमा समितिका अध्यक्ष शंकर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उपभोक्ता ठग्ने ६ दर्जनविरुद्ध मुद्दा

उपभोक्ता ठग्ने ६ दर्जनविरुद्ध मुद्दा

शुक्रबार, ०५ माघ २०७४

उपभोक्ता ठग्ने ६ दर्जनभन्दा बढी उद्योग, कम्पनी, व्यापारिक प्रतिष्ठानविरुद्ध सरकारले मुद्दा दायर गरेको छ । उपभोक्तालाई अखाद्य वस्तु बेच्ने उद्योग, चर्को मूल्य लिने पसल, अतिरिक्त शुल्क लिने अस्पताल लगायतलाई कारबाहीको दायरामा ल्याउन लागिएको हो ।

अवरुद्ध फोन सेवा मर्मत नहुँदा उपभोक्ता मारमा

अवरुद्ध फोन सेवा मर्मत नहुँदा उपभोक्ता मारमा

मङ्गलबार, ०२ माघ २०७४

खोटाङको उत्तरी क्षेत्रमा पाँच महिनादेखि मोबाइल फोन सेवा अवरुद्ध बनेको छ। उत्तरी क्षेत्रको केपीलासगढी गाउँपालिका–१ फेदीमा राखिएको टेलिकमको रिपिटर टावरमा विद्युत अभावमा ब्याट्री चार्ज नहुँदा गत भदौदेखि मोबाइल सेवा अवरुद्ध भएको हो।

प्याजको मूल्य बढेपछि उपभोक्ता मारमा

प्याजको मूल्य बढेपछि उपभोक्ता मारमा

मङ्गलबार, ०४ पुष २०७४

कार्तिक पहिलो साताबाट दैनिक उपभोग्य तरकारीसब्जीको रुपमा लिईने प्याजको मूल्य तीन गुणा बढेपछि यहाँका उपभोक्ताहरु मारमा परेका छन् । प्रतिकिलो ३० रुपैँया पर्ने ठूलो रातो प्याजको मूल्य अहिले स्थानीय बजारमा प्रतिकिलो एक सय ३० रुपैँयासम्म किनबेच हुने गरेको छ । एक्कासी प्याजको मूल्य वृद्धि भएलगत्तै खपत घटेको छ । प्याज किन्ने पैसाले बोइलर कुखुराको आधा केजी मासु आउने गरेको स्थानिय खगेन्द्र खड्काले बताए । प्याज सर्वसाधारणले किनेर खान नसक्ने गरेर मूल्य वृद्धि भएको उनको तर्क थियो ।

पूजा सामग्रीको मूल्य बढ्दा उपभोक्ता मारमा

पूजा सामग्रीको मूल्य बढ्दा उपभोक्ता मारमा

आइतबार, ०५ कार्तिक २०७४

दशमी, दीपावली र छठपर्व सकिएपछि छठपर्वका लागि स्थानीय ताल तलाउ, खोला र नदी सरसफाइ गर्न र पूजाघाट बनाउन थालिएको छ।

उपभोक्ता समितिका अध्यक्षद्वारा कर्मचारीमाथि कुटपिट

उपभोक्ता समितिका अध्यक्षद्वारा कर्मचारीमाथि कुटपिट

शनिबार, २४ भदौ २०७४

खलंगा स्थित साना जलविद्युत उपभोक्ता समितीका अध्यक्ष विष्णु वुढ्थापाले विद्युतकै कर्मचारी माथि कुटपिट गरेका छन्।

उपभोक्ता निचोरेर मासिक ६८ करोड नाफा

उपभोक्ता निचोरेर मासिक ६८ करोड नाफा

शुक्रबार, २६ जेठ २०७४

उपभोक्तालाई चर्को मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गरिरहेको नेपाल आयल निगमले मासिक ६८ करोड रुपैयाँ नाफा कमाउँदा पनि मूल्य घटाएको छैन। स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्ने बताउँदै आएको निगमले आफ्नै प्रतिबद्धता कुल्चेर लामो समयदेखि पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको हो।

विद्युत् कटौतीले उपभोक्ता आजित

विद्युत् कटौतीले उपभोक्ता आजित

मङ्गलबार, १५ चैत २०७३

बर्सेनि करोडौं रुपैयाँको नाफा देखाएर ‘गर्व' गर्ने नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारणका सामान्य अवरोध नै हटाउन नसक्दा उपभोक्ता भने सास्ती खेप्न बाध्य छन्। लोडसेडिङको तालिका नभएको जिल्लामा झ्याप्प-झ्याप्प बिजुली काटिँदा उद्योग कलकारखानाका मेसिनमा असर परेर आइलाग्ने आर्थिक भार चाहिँ अहिलेसम्म ‘बेहिसाब' छ।

उपभोक्ता लुट्दै सिभिल होम्स

उपभोक्ता लुट्दै सिभिल होम्स

सोमबार, ०७ चैत २०७३

ललितपुर ठेचोमा एउटा सफा, सुग्घर र भव्य बस्ती छ, जहाँ मन्त्री, सांसद तथा विभिन्न क्षेत्रका बुद्धिजीवी बसोबास गर्छन्। सिभिल होम्सले चिनिने यो बस्तीमा बस्दै आएका उपभोक्ताको कथा भने बेग्लै छ। पछिल्लो समय उनीहरू हाउजिङ कम्पनी सञ्चालकको शोषणमा परेका छन्।

कुरै नगरी अर्बौं तिर्छन् उपभोक्ता

कुरै नगरी अर्बौं तिर्छन् उपभोक्ता

सोमबार, ३० फागुन २०७३

उपभोक्ताहरुले टेलिफोनमा कुरै नगरी सित्तैमा वार्षिक अर्बौं रुपैयाँ तिर्ने गरेका छन् । कुरा गरेको समयको सही मापन नहुँदा ग्राहक कुरै नगरी अर्बौं रुपैयाँ तिर्न बाध्य भएका हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad