अस्थिर अभिव्यक्ति

अस्थिर अभिव्यक्ति

सोमबार, ०४ कार्तिक २०७६

लोकतन्त्रवादी त्यही हो, जसले कानुनको शासनमा विश्वास गर्छ। कानुनले सानो वा ठूलो भन्दैन। जो जतिसुकै शक्तिशाली भए पनि कानुनका दृष्टिमा...

अभिव्यक्तिमा आपत्ति

अभिव्यक्तिमा आपत्ति

मङ्गलबार, २१ साउन २०७६

आफ्नो राजपाट बुझाएर सामान्य नागरिकसरह जीवन यापन गर्दै आएका पूर्वराजाले बोल्नै नपाउने हुन् र ? ...

महिला सांसदलक्षित ट्रम्पको रंगभेदी भनाइको निन्दा

महिला सांसदलक्षित ट्रम्पको रंगभेदी भनाइको निन्दा

बिहिबार, ०२ साउन २०७६

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्यहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पले चार जना महिला सांसदलाई लक्षित गर्दै दिएको विवादास्पद अभिव्यक्तिको सांकेतिक...

‘प्रहरी र निहत्था नागरिक मारिनु राम्रो होइन’

‘प्रहरी र निहत्था नागरिक मारिनु राम्रो होइन’

शुक्रबार, २७ असार २०७६

सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतका दलले गरिरहेको संसद् अवरोध पहिलो र अन्तिम नभएको बताएका छन्।...

अमर्यादित अभिव्यक्ति

अमर्यादित अभिव्यक्ति

मङ्गलबार, २४ असार २०७६

प्रधानमन्त्री केपी शर्मा ओली भाषिक मर्यादाबारे अत्यन्त चासो राख्नेमध्येमा पर्छन्। उनले असार ३ गते आयोजित पत्रकार सम्मेलनमा सञ्चारमाध्यमले प्रयोग गरेको तिमी शब्दावलीप्रति टिप्पणी गरेका छन्। प्रधानमन्त्री ओलीको टिप्पणी छ– ‘नेपाली भाषामा त बाबुलाई तपाईं नै भन्ने चलन हुन्छ। बाबुलाई पनि तिमी, आमालाई पनि तिमी, हजुरआमालाई पनि तिमी, हजुरबाबुलाई पनि तिमी, यो त नेपाली भाषा, नेपाली सभ्यता, नेपाली संस्कृतिभित्र पर्दैन।’ बोलीचालीमा तपाईँ, हजुर भनेर संवोधन गरे पनि प्रेसले सबैलाई संवोधन गर्ने सजिलोका लागि ‘तिमी’ आदरार्थी शब्द प्रयोग गर्दै आएको छ। लेखाइमा तपाईं लेखियो वा तिमी भन्नेमा समेत ख्याल गर्न सक्षम प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले प्रयोग गरेको ‘छौँडा’ शब्दले यतिबेला सामाजिक सञ्जाल तताएको छ। कसैलाई ‘बोक्सी’ आरोप लगाउनुसमेत गैरकानुनी भइसकेको यो मुलुकमा प्रधानमन्त्रीकै प्रमुख सल्लाहकारले प्रयोग गरेको भाषामा यसको प्रयोग भएको छ। यस्तो अमर्यादित भाषा बोल्ने रिमालमाथि कुनै कारबाही हुने छैन। कारण यही भाषा प्रधानमन्त्री आफैँले प्रयोग गरिसकेका छन्। उनले २०७३ साउन १४ गते ‘छौँडा’ शब्द प्रयोग गरेका थिए। उनले भनेका थिए– ‘छिमेकीले रातदिन छौँडा खेलाएर दुःख दिनु बेठीक कुरा हो।’

अभिव्यक्तिमाथि अत्याचार

अभिव्यक्तिमाथि अत्याचार

बिहिबार, ३० जेठ २०७६

विद्युतीय कारोबार ऐनको दफा ४७ को प्रावधान समातेर जसरी अहिले सिर्जनाकर्ममाथि कारबाही सुरु भएको छ, त्यसले कुनै अर्थमा पनि अहिलेको लोकतान्त्रिक शासन व्यवस्थालाई मद्दत गर्दैन।

समयमै सोच सरकार !

समयमै सोच सरकार !

आइतबार, २९ बैशाख २०७६

आफूविरुद्ध सञ्चारमाध्यम र जनता खनिएको मौका पारी सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजिरहेको छ। हालै पेस गरिएको मिडिया काउन्सिल नामक ऐनको मस्यौदामा प्रस्तावित व्यवस्थाले सरकार मिडिया र अभिव्यक्ति स्वतन्त्रता केही न केही बन्देज लगाउन उद्दत रहेको चर्चा चलिरहेको छ। सरकार आफू अनुकूलको काउन्सिल बनाएर त्यस माध्यमबाट अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने प्रयासमा रहेको भन्दै विरोध भइरहेको हो। पहिला, मिडिया सञ्चालनका लागि प्रेस काउन्सिलले सरकारलाई सुझाव दिन्थ्यो, अहिले सरकारको निर्देशनमा काउन्सिल चल्नुपर्छ भन्ने मान्यतामा यो गठन प्रस्ताव गरिएको छ। यस्तो अवस्थामा अभिव्यक्ति स्वतन्त्रताका विविध पाटोका विषयमा चर्चा चलाउनु आवश्यक छ।

अबको निकास के ?

अबको निकास के ?

बिहिबार, ०९ फागुन २०७५

कुनैबेला डा. गोविन्द केसीले लुटतन्त्र, माफिया, गुन्डागर्दी र बेथितिले मुलुकमा शासन गरिरहेको छ भन्दा किन डा.साबले यति चर्को अभिव्यक्ति दिनुभएको होला भनेर म अचम्भित हुन्थेँ। तर लोकतान्त्रिक र राष्ट्रिय भावनाले ओतप्रोत भएको सरकारले आफैँ गर्नुपर्ने आधारभूत सवालमा माग राखेर सत्याग्रहमा बसेका डा. केसीमाथि धोका दिने र छलकपट गर्ने तथा पशुपति शर्माको गीतसँग डराउने सरकारका लागि उक्त विशेषणहरू चर्को नभएर नित्तान्त स्वाभाविक भएको आज जसरी नेपाली समाजले स्वीकार गरेको छ त्यसबाट ज्यादै गम्भीर राजनीतिक र सामाजिक सन्देश सञ्चारित भएको छ।

अभिव्यक्तिमा अंकुश लगाउँदै विज्ञापन विधेयक

अभिव्यक्तिमा अंकुश लगाउँदै विज्ञापन विधेयक

मङ्गलबार, २२ माघ २०७५

अभिव्यक्ति स्वतन्त्रताप्रति कुनै न कुनै लगाउने उद्देश्यबाट प्रेरित भएकै कारण सरकारले विज्ञापन गरेबापत ५ वर्षसम्म कैद र ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधानसहितको विधेयक ल्याएको छ। राष्ट्रियसभाको आइतबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाद्वारा प्रस्तुत ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ नेपाली सञ्चार जगत्का निम्ति अर्को तरबार भएर झुन्डिने भएको छ।

सिक्किमबाट ‘लोक अभिव्यक्ति कोष’

सिक्किमबाट ‘लोक अभिव्यक्ति कोष’

सोमबार, २१ साउन २०७५

सिक्किमका नेपाली मूलका लेखक के एनशर्माको नेपाली भाषामा लेखिएको पुस्तक ‘लोकअभिव्यक्ति कोष’ सार्वजनिक भएको छ ।राजधानीमा गत बिहीबार आयोजित कार्यक्रममा भाषा आयोगका अध्यक्ष लवदेब अवस्थी र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सार्वजनिक गरे । शर्मा सिक्किम सरकारका पूर्व सचिव तथा जनसेवा अधिकृत पनि हुन्।

प्रधानमन्त्रीका अभिव्यक्ति खेदजनक : विवेकशील साझा

प्रधानमन्त्रीका अभिव्यक्ति खेदजनक : विवेकशील साझा

सोमबार, २५ असार २०७५

विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ति र हठ खेदजनक रहेको बताएको छ।

भारतीय विदेशमन्त्रीको अभिव्यक्ति ‘दुर्भाग्यपूर्ण’

भारतीय विदेशमन्त्रीको अभिव्यक्ति ‘दुर्भाग्यपूर्ण’

मङ्गलबार, १५ जेठ २०७५

सरकारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा जनकपुरमा आयोजित नागरिक अभिनन्दन समारोहको सन्दर्भलाई जोडेर विदेशमन्त्री शुषमा स्वराजले दिएको अभिव्यक्तिलाई दुर्भाग्यपूर्ण भनेको छ।

ओलीको आपत्तिजनक अभिव्यक्ति

ओलीको आपत्तिजनक अभिव्यक्ति

सोमबार, १४ जेठ २०७५

नेकपा (एमाले) र नेकपा (माओवादी) को एकतापछि स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको संगठनात्मक संरचना निर्माण गर्ने क्रममा एकीकृत पार्टीको कार्यसमितिमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित नगरिएको विषयमा आलोचना भइरहेको छ। अतः सो व्यवस्था समावेशिता र महिला सहभागिताका लागि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा समावेशिताका सन्दर्भमा नेपालको संविधानले गरेको व्यवस्था विपरीत रहेको भन्ने भनाइ रहेको छ।

आपत्तिजनक अभिव्यक्ति

आपत्तिजनक अभिव्यक्ति

मङ्गलबार, ०५ मङि्सर २०७४

एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन अभियानलाई सम्बोधन गर्ने क्रममा वर्तमान सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेश लगायतका कामको खुलेर विरोध गर्दै आएका छन् । निःसन्देह विपक्षी नेताका रूपमा सरकारका गलत कामको विरोध प्रतिपक्षीको धर्म नै हो । तर, विरोध रचनात्मक हुनुपर्छ ।

ट्रम्पले उत्तर कोरियाबारे दिएको अभिव्यक्ति तेस्रो विश्वयुद्धलाई निम्तोः रसिया

ट्रम्पले उत्तर कोरियाबारे दिएको अभिव्यक्ति तेस्रो विश्वयुद्धलाई निम्तोः रसिया

बिहिबार, २६ असोज २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्वका लागि आगो बालिरहेको आरोप उत्तर कोरियाली सञ्चार माध्यमले लगाएका छन्। मिसाईल परीक्षणको विषयलाई उत्तर कोरिया र अमेरिकाबीचको तनावबारे धारणा राख्दै रसियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो गतिविधिले विश्वमा तेस्रो विश्व युद्वलाई निमन्त्रणा गरेको रूसी प्रधानमन्त्री भ्यादिमिर पुटिनले बताए।

संविधानबारे प्रधानमन्त्रीको अभिव्यक्ति 'लज्जास्पद'

संविधानबारे प्रधानमन्त्रीको अभिव्यक्ति 'लज्जास्पद'

शनिबार, १० भदौ २०७४

एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानका विषयमा नयाँदिल्लीमा दिएको अभिव्यक्ति उपयुक्त नभएको टिप्पणी गरेका छन्।

अशोभनीय अभिव्यक्ति

अशोभनीय अभिव्यक्ति

शुक्रबार, ०९ भदौ २०७४

प्रधानमन्त्री देउवाले भारतीय भूमिमा सम्पूर्ण विश्वले थाहा पाउने गरी जे जसरी आफ्नो अडान छाड्दै नेपालको संविधानको मामिलामा भारतीय अजेन्डालाई अनुमोदन गरे, त्योभन्दा लज्जाजनक विषय हुनै सक्दैन । भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले राष्ट्रको शिर उँचो बनाउन असफल साबित भएका छन् ।

मोबाइल कभर क्रेज : नयाँ पुस्ताको भावना अभिव्यक्ति

मोबाइल कभर क्रेज : नयाँ पुस्ताको भावना अभिव्यक्ति

शनिबार, २६ चैत २०७३

स्मार्ट फोन हातमा हुनु मात्र ठूलो कुरा भएन, त्यो कति स्टाइलिस छ, त्यसले पनि महत्व राख्न थालेको छ। सेल फोनलाई स्टाइलिस बनाउने विभिन्न एसेसरिज हुन सक्छन्। हिजोआज स्टाइलका लागि मोबाइल कभर र केसको प्रयोगमा मानिस सचेत हुन थालेका छन्।

ओबामा अभिव्यक्ति

ओबामा अभिव्यक्ति

शुक्रबार, २९ पुष २०७३

अमेरिकाका ४४औँ राष्ट्रपति बाराक ओबामाले ह्वाइटहाउसमा दुई कार्यकाल बिताएर फर्किने क्रममा दिएको अन्तिम अभिव्यक्ति लोकतान्त्रिक बाटोमा हिँडेका र हिँड्न लागेका संसारका सबै मुलुकका निम्ति निकै अनुकरणीय छ। आठ वर्ष विश्वशक्ति राष्ट्रको शीर्ष पदमा बिताएका ओबामाका अभिव्यक्ति राजनेता बन्न चाहने जोकोहीका लागि उपयोगी देखिन्छ।

आपत्तिजनक अभिव्यक्ति

आपत्तिजनक अभिव्यक्ति

मङ्गलबार, २१ मङि्सर २०७३

संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूलाई आइतबार शीतलनिवासमै बोलाएर राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक निकासका निम्ति मिलेर जान आग्रह गरिरहँदा नेताहरू भने आरोप–प्रत्यारोपमा मग्न थिए।

अनलाइन निर्देशिका अभिव्यक्ति स्वतन्त्रताविपरितः पत्रकार महासङ्घ

अनलाइन निर्देशिका अभिव्यक्ति स्वतन्त्रताविपरितः पत्रकार महासङ्घ

सोमबार, ०६ असार २०७३

काठमाडौं—नेपाल पत्रकार महासङ्घले ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३’ का केही प्रावधान संविधानले प्रत्याभूत गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताका स्थापित मान्यताविपरीत रहेको भन्दै सच्याउन सरकारसँग माग गरेको छ।

Ncell Footer Ad