आइसिसी महिला टि-२० च्यालेन्ज ट्रफीको जारी खेलमा भानुआटुले नेपाललाई ९८ रनको लक्ष्य दिएको छ।
शुक्रबार रुवान्डाको किगालीस्थित गहंगा क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको भानुआटुले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९७ रन बनायो।
भानुआटुको लागि भ्यालेन्टा लाङ्गियातु सर्वाधिक ४२ रन बनाएर आउट भइन्। त्यस्तै, कप्तान रचेल ६ रन बनाएर पेभिलियन फर्किन्।
नेपालको लागि रिया शर्माले सर्वाधिक २ विकेट लिइन्। मनिषा उपाध्याय ,रचना चौधरी र कविता कुवरले समान १/१ विकेट लिइन्।
कुल ५ टोलीको सहभागीता रहेको प्रतियागितामा नेपाल अमेरिकासँग पराजित हुँदा इटाली र घरेलु टोली रुवान्डामाथि जित हात पारेको छ।
प्रकाशित: ११ वैशाख २०८३ १४:१८ शुक्रबार

