२ जेष्ठ २०८३ शनिबार
image/svg+xml
खेल

महिला च्यालेन्ज ट्रफी : नेपालले घरेलु टोली रुवान्डालाई हरायो

आइसिसी महिला टि-२० च्यालेन्ज ट्रफीमा नेपालले घरेलु टोली रुवान्डालाई २ विकेटले पराजित गरेको छ। 

बुधबार रुवान्डामा रहेको किगाली गहंगा क्रिकेट ओभलमा रुवान्डाले दिएको ८९ रनको लक्ष्य नेपालले १९ ओभर ४ बलमा ८ विकेट गुमाएर पूरा गर्यो। 

नेपालको लागि ओपनर सम्झना खड्काले सर्वार्धिक ४८ रन बनाइन्। ४२ बल फेस गरेकी उनले ७ चौकासमेत प्रहार गरिन्। अर्का ओपनर बिन्दु रावल ८ रनमा पेभिलियन फर्किन्। कप्तान इन्दु बर्मा १ रनमै समेटिईन्।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको रुवान्डा १९ ओभर ४ बलमा अलआउट हुँदै ८८ रनमा समेटियो। रुवान्डको लागि एलिस इकुजेवले सर्वाधिक १७ रन बनाइन्। नेपालको लागि रचना चौधरीले सर्वाधिक ३ विकेट लिइन्। 

त्यस्तै, पूजा महतो र कविता कुँवरले समान २२ विकेट लिँदा मनिष उपाध्याय र रिया शर्माले समान १ १ विकेट लिए। 

कुल ५ टोलीको सहभागीता रहेको सो प्रतियामेगितामा नेपाल अमेरिकासँग पराजित हुँदा इटाली र घरेलु टोली रुवान्डामाथि जित हात पारेको छ।

प्रकाशित: ९ वैशाख २०८३ १७:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App