महिला एसिया कप क्रिकेटको उपाधिका लागि भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार आज राति ८ः१५ बजे दुबईमा सुरु हुनेछ।
भारत हरमनप्रित कौर र श्रीलंका चमरी अटापट्टुको कप्तानीमा मैदान उत्रनेछ।
भारत बंगलादेशलाई ४० रनले र श्रीलंका पाकिस्तानलाई ४ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेका हुन्।
प्रकाशित: २८ भाद्र २०८३ १८:१८ आइतबार





