३ कार्तिक २०८३ मंगलबार
image/svg+xml
खेल

वेस्ट इन्डिजका अलराउन्डर रसेलले विराटनगर किङ्सबाट एनपीएल खेल्ने

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को लागि विराटनगर किङ्सले वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेललाई अनुबन्ध गरेको छ।

आइतबार एक भिडियो पोस्ट जारी गर्दै विराटनगरले रसेललाई अनुबन्ध गरेको जानकारी गराएको हो।

रसेलले वेष्ट इन्डिजबाट १४३ खेल खेलिसकेका छन् भने ८६ टी–२०आई खेलमा एक हजार १२२ रन र ६१ विकेट लिएका छन्।

रसेल विश्वभरका टी–२० लिगहरूमा सर्वाधिक माग हुने खेलाडी पनि हुन्। उनी आईपीएलमा लामो समयदेखि कोलकाता नाइट राइडर्सका प्रमुख स्तम्भ रहँदै आएका छन्। उनले केकेआरलाई धेरै खेलहरू एक्लैको दममा जिताएका छन्।

यस्तै, उनले क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, बिग ब्यास लिगलगायत लिगहरू खेलेका छन्।

आन्द्रे रसेल आफ्नो आक्रामक ब्याटिङ र पावर हिटिङकै कारण टी– २० क्रिकेटमा फेमस छन्। विराटनगर किङ्सले रसेलको आगमनले टोलीलाई थप बलियो बनाउने अपेक्षा गरेको छ।

प्रकाशित: १ कार्तिक २०८३ १३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App