२९ भाद्र २०८३ सोमबार
image/svg+xml
खेल

देशलाई खुसीको खाँचो हुँदा ट्रफी जित्न सफल भयौं : सन्दीप लामिछाने

नेपाली राष्ट्रिय क्रिकेट टोली सन्दीप लामिछानेले देशलाई खुसीको खाँचो रहेको समय क्रिकेटको माध्यमबाट केही मात्रामा पूरा भएको बताएका छन्।

एसीसी प्रिमियर कपको फाइनलमा शनिबार संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपाली टोली दोस्रो पल्ट एसिया कपको लागि छनोट भएको थियो। च्याम्पियन्स ट्रफीसहित आइतबार राति त्रिभुवन विमानस्थलमा स्वदेश फर्किएको नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले देशमा गएको बाढीले ठूलो मानवीय क्षति भएको समय यो सफलताले थोरै भएपनि खुसी मिलेको उनको विश्वास छ। सबै खेलाडीको मेहनत अनुसार ट्रफी प्राप्त हुँदा धेरै खुसी रहेको उनले बताए।

एसीसी प्रिमियर कप खेल्न जानुअघि ट्रफी भित्र्याउने बाचा गरेको स्मरण गर्दै सन्दीपले सबै टोलीको मेहनतका कारण सम्भव भएको धारणा राखेका छन्। नेपाली क्रिकेट टोली राम्रो बाटोमा हिँडिरहेको उनको आशा छ।

सेमिफाइनलमा ओमानसँग सस्तै योगफलमा समेटिएपछि उक्त लक्ष्य जोगाउनका लागि सबै खेलाडीले एकएक बलमा ध्यान दिएको उनको भनाइ छ। त्यो खेलमा २०० रनको आसपास पनि पनि राम्रो लक्ष्य रहेको उनले उल्लेख गरे। तर नेपालले बनाएको १४७ रनको लक्ष्य जोगाउन उत्कृष्ट बलिङ आवश्यक पर्ने भएकाले सबैले त्यसमा धेरै मेहनत गरेको उनको भनाइ छ। सबै खेलाडीले जीवनको अन्तिम खेलको रूपमा लिएर खेलको सन्दीपले बताए।  

कुनै एक खेलाडीले भन्दा पनि समग्र टिमले राम्रो प्रदर्शन गरेका कारण यो ट्रफी सम्भव भएको सन्दीपले बताएका छन्। जुनियर र सिनियर सबै खेलाडीले आफ्नो ठाउँबाट राम्रोसँग जिम्मेवारी निभाएको उनी बताउँछन्। आफूले प्राप्त गरेको म्यान अफ द टुर्नामेन्टभन्दा हरेक खेलमा कुनै एक खेलाडीले दिएको राम्रो प्रदर्शन नै महत्वपूर्ण रहेको सन्दिपले बताएका छन्।

प्रकाशित: २९ भाद्र २०८३ १०:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App