२ श्रावण २०८३ शनिबार
image/svg+xml
खेल

विश्वकपमा अमेरिकाको शानदार सुरुवात : पाराग्वेविरुद्ध २-० को बलियो अग्रता

सन् २०२६ फिफा विश्वकपको समूह 'डी' अन्तर्गत आफ्नो पहिलो खेलमा सह-आयोजक संयुक्त राज्य अमेरिकाले खेलको ३० मिनेटभित्रै पाराग्वेविरुद्ध २-० को बलियो अग्रता बनाएको छ। 

लस एन्जलस स्टेडियम (सोफाइ स्टेडियम) मा भइरहेको यस रोमान्चक खेलमा अमेरिकी टोलीले पूर्ण रूपमा दबाब कायम राखेको छ। 

खेलको छैटौं मिनेटमा पाराग्वेका मिडफिल्डर डामियान बोबाडिलाको आत्मघाती गोलबाट अग्रता लिएको अमेरिकाका लागि ३० औं मिनेटमा स्ट्रिगर फोलारिन बालोगुनले दोस्रो गोल थपे।

प्रकाशित: ३० जेष्ठ २०८३ ०७:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App