३० कार्तिक २०८२ आइतबार
image/svg+xml ५:४० पूर्वाह्न
खेल

टप एण्ड टी-२० क्रिकेटः आफ्नो पहिलो खेलमा नेपाल पराजित

अस्ट्रेलियामा जारी टप एण्ड टी-२० क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। शुक्रबार भएको खेलमा नेपाल नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको हो ।  

मरारा क्रिकेट मैदानमा नर्दनले दिएको १७८ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३५ रनमात्रै बनाउन सक्यो ।  

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३५, गुल्शन झाले २६ र रोहित पौडेलले २३ रन बनाए । दीपेन्द्र सिंह ऐरीले १९ रन जोडे ।  

नेपाललाई कम योगफलमा रोक्ने क्रममा केन रिटर्डसनल र थोमस आन्देले समान २ विकेट लिए ।  

यसअघि पहिला ब्याटिङ गरेको नर्दनले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १७७ रनको योगफल तयार पारेको थियो । नर्दनका लागि डिआर्सी सर्टले ५१ र थोमस आन्द्रेशले ३२ रन बनाए ।  

नेपालका लागि सन्दीप लामिछानेले ३, सहाब आलमले २ तथा दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र रुपेश सिंहले समान एक विकेट लिए ।  

प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले भोलि शनिबार बंगलादेश एसँग खेल्नेछ ।  

प्रकाशित: ३० श्रावण २०८२ १८:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App