२० श्रावण २०८३ बुधबार
image/svg+xml
खेल

वेस्ट इन्डिज र पाकिस्तान टेस्ट सिरिजको दोस्रो खेल जारी

वेस्ट इन्डिज र पाकिस्तानबिच चलिरहेको टेस्ट सिरिजको दोस्रो खेल गए रातिबाट सुरु भएको छ। 

पोर्ट अफ स्पेनमा टस जितेर पहिलो ब्याटिङ गरेको घरेलु टोलिले पहिलो दिनको खेलको समाप्तिमा ५ विकेटको क्षतिमा २३९ रन जोडेको छ। दिनको समाप्तिमा उसका लागि जस्टिन ग्रिभ्स ६४ रन तथा कप्तान रोस्टन चेस ३६ रन बनाएर क्रिजमा रहेका छन्।

बलिङतर्फ पाकितानका लागि मोहम्मद अलीले २ विकेट हात पारेका छन्। यसअघि भएको सिरिजको पहिलो खेलमा वेस्ट इन्डिजले ९० रनको फराकिलो जित हासिल गरेको थियो।  

प्रकाशित: १८ श्रावण २०८३ ०६:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App