२७ वैशाख २०८३ आइतबार
image/svg+xml
खेल

रोमाञ्चक बन्दै खेल, सन्दीप एक्लैले लिए तीन विकेट

लेग स्पिनर सन्दीप लामिछानेले घातक बलिङ गर्दै तीन विकेट लिएपछि युएईविरुद्धको ऐतिहासिक रात्रिकालीन खेल रोमाञ्चक बन्दैछ।

जितका लागि ७८ रनको संशोधित लक्ष्य पछ्याइरहेको युएईले ६ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ४५ रन जोडेको छ।

युएईलाई जितका लागि अब अन्तिम ४ ओभरमा ३३ रन आवश्यक छ। क्रिजमा अहिले अलिसान सराफु ३ रन र अक्षदिप नाथ १ रन बनाएर खेलिरहेका छन्।

नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट पुनरागमन गराउँदै २ ओभरमा मात्र ८ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिएका हुन्।

उनले सुरुमा कप्तान मोहम्मद वसिम (३३) र अदिव उस्मानी (२) लाई आउट गरेका थिए भने पछिल्लो ओभरमा हरप्रीत सिंहलाई २ रनमा कुशल मल्लको हातबाट क्याच आउट गराउँदै तेस्रो सफलता दिलाए।

अन्य बलरहरूमा शेर मल्लले २ ओभरमा ७ रन खर्चेर किफायती बलिङ गरे पनि विकेट लिन सकेका छैनन्।

यसअघि टस जितेर ब्याटिंग गरेको नेपालले वर्षाले अवरुद्ध हुनुअघि १८.५ ओभरमा १२२ रन बनाएको थियो।

वर्षाका कारण खेल छोट्याएर युएईलाई १० ओभरमा ७८ रनको लक्ष्य दिइएको हो।

प्रकाशित: ७ वैशाख २०८३ २०:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App