२३ श्रावण २०८३ शनिबार
image/svg+xml
खेल

सिनरको उदयसँगै बढेको इटाली टेनिसको सपना

ग्रान्ड स्लाम प्रतियोगिताहरूले पुरस्कार राशिमा सुधार नगरे बहिष्कार गर्न सक्ने भन्दै खेलाडीले दिएको चेतावनीमा इटालियन ओपनका आयोजकले समर्थन गरेका छन्।

इटालियन टेनिस तथा प्याडेल फेडेरेसनका अध्यक्ष एन्जेलो बिनाघीले खेलाडीको आन्दोलन इटालियन ओपनलाई पाँचौं ग्रान्ड स्लाम बनाउने आफ्नो योजनासँग जोडेर अघि बढाएका छन् । खेलाडीहरूले आगामी फ्रेन्च ओपनलाई लक्षित गर्दै ग्रान्ड स्लामले आफ्नो आम्दानीको हिस्साबाट घटाएर खेलाडीलाई १४.३ प्रतिशत मात्रै दिने गरेको आरोप लगाएका छन् । जबकि यही साता भएको इटालियन ओपनजस्ता एटिपी र डब्लुटिए प्रतियोगिताहरूमा खेलाडीहरूले २२ प्रतिशत हिस्सा पाउने गरेका छन् । विश्व नम्बर एक आर्यना साबालेन्का र कोको गौफसहितका शीर्ष खेलाडीहरूले ग्रान्ड स्लामबाट पर्याप्त पारिश्रमिक नपाए बहिष्कार गर्न सक्ने चेतावनी दिएका हुन्।

‘खेलाडीहरूलाई हाम्रो पूर्ण समर्थन छ । एटिपीले हामीलाई आम्दानीको ठूलो हिस्सा खेलाडीसँग बाँड्न बाध्य पार्छ । चारवटै ग्रान्ड स्लामले भने कम हिस्सा दिन्छन् । यो लज्जास्पद कुरा हो,’ एन्जेलोले भने, ‘यसले प्रतिस्पर्धात्ममा असमानता सिर्जना गरेको छ । किनभने ग्रान्ड स्लाम आयोजना गर्ने चार राष्ट्रसँग आफ्ना प्राविधिक क्षेत्रहरूमा लगानी गर्ने अत्यधिक पैसा छ, जुन अन्य राष्ट्रसँग छैन । म यो एकाधिकार तोड्न चाहन्छु।’

इटालियन ओपनले वर्षौंदेखि पुरुष र महिलालाई फरकफरक पुरस्कार राशि दिँदै आएको छ । यस वर्ष रोममा पुरुषतर्पm कुल पुरस्कार राशि ९.६ मिलियन अमेरिकी डलर रहेको छ भने महिलामा ८.३ मिलियन डलर छ।

यद्यपि, यस वर्ष रोममा महिला एकल विजेताले १० लाख ५५ हजार युरो प्राप्त गर्नेछिन् । जुन पुरुष विजेताले पाउने १० लाख ७ हजार युरोभन्दा केही बढी हो । एक वर्षभन्दा बढी समयदेखि बिनाघीले अस्ट्रेलियन ओपन, पे्रmन्च ओपन, विम्बल्डन र युएस ओपनसँगै इटालियन ओपनलाई पाँचौं ग्रान्ड स्लाम बनाउने अभियान चलाइरहेका छन् । इटालीकै जानिक सिनर विश्व नम्बर एक स्थानमा छन् । अन्य तीन इटालियन खेलाडी पनि विश्व वरीयतामा शीर्ष २० स्थान भित्र छन् । लोरेन्जो मुसेट्टी विश्व नम्बर १०, फ्लाभियो कोबोली नम्बर १२ र लुसियानो डार्डेरी नम्बर २० स्थानमा छन् । इटालीले लगातार तीन वर्ष डेभिस कप जितेको छ भने महिला टोली पनि बिली जिन किङ कपमा लगातार दुई वर्ष उपाधि विजेता हो।

इटालीले विश्व टेनिसमा राम्रो गरिरहे पनि इटाली ओपनलाई ग्रान्ड स्लाम बनाउने बिनाघीको योजना सफल हुन सकिरहेको छैन । २५ वर्षअघि महासंघ आर्थिक संकटको अवस्थामा हुँदा बिनाघीले नेतृत्व सम्हालेका थिए । अहिले इटालियन टेनिस धेरै राम्रो अवस्थामा छ । विश्वमा सफलता पाइरहँदा उनी इटालियन ओपनलाई ग्रान्ड स्लामको सपनामा बदल्न चाहन्छन् । ‘इटालीमा अहिले देखिएको टेनिसको उत्साह फेरि दोहोरिन गाह्रो हुन सक्छ । विशेष गरी इटालियन फुटबलको निराशाजनक अवस्थासँग तुलना गर्दा यो अझ महŒवपूर्ण देखिन्छ,’ उनले भनेका छन् । बिनाघीले लगातार तेस्रोपटक विश्वकपमा छनोट हुन नसकेको इटालीको फुटबल टोलीप्रति संकेत गरेका थिए।

परम्परा र तालिकाको समस्यासँगै इटालियन ओपनलाई अझ ठूलो बनाउने बिनाघीको योजनामा अर्को चुनौती फोरो इटालिकोमा (रोमको स्पोटर््स कम्प्लेक्स) सीमित स्थान पनि हो । ‘हामी इटालीको जुनसुकै स्थानमा, जुनसुकै सतहमा पाँचौं ग्रान्ड स्लाम आयोजना गर्न तयार छौं,’ उनले भने । क्याम्पो सेन्ट्राल स्टेडियममा रिट्य्राक्टेबल रूफ निर्माणको काम यस वर्षको इटालियन ओपनलगत्तै सुरु हुने र २०२८ संस्करणसम्म सम्पन्न हुने अपेक्षा गरिएको छ । पुनर्निर्माणपछि स्टेडियमको क्षमता १० हजार पाँच सयबाट बढेर १२ हजार चार सय क्षमताको पुग्नेछ । यस वर्ष इटालियन ओपनले चार लाख टिकट बिक्री कटाउने लक्ष्य राखेको छ।

गत वर्ष फ्रेन्च ओपनमा झन्डै तीन लाख दर्शक उपस्थित थिए । ‘यदि हामीले ठूलो लक्ष्य राख्ने हो भने केबल फोरो इटालिकोमा मात्र केन्द्रित हुनु हुँदैन । किनकि यहाँ यातायात र अस्थायी पूर्वाधारका धेरै समस्या छन्,’ उनले योजना सुनाए । फोरो इटालिकोका मूर्तिले सजिएका कोर्ट छाडेर प्रतियोगिता अन्यत्र लैजान सकिनेबारे सोधिएको प्रश्नमा उनले भने, ‘आजभोलि सौन्दर्य केवल अतिरिक्त मूल्य हो । निर्णायक कुरा होइन । मानिसहरू मूर्ति हेर्न आउँदैनन् । उनीहरू सिनर, मुसेट्टी, जास्मिन पाओलिनी र अन्य इटालियन खेलाडी हेर्न आउँछन्।’

सिनरमाथि सबैको नजर

गत वर्ष जास्मिन पाओलिनीले महिला एकल र सारा एरानीसँग मिलेर महिला डबल्स उपाधि जितेकी थिइन् । यस वर्ष भने सिनरलाई रोममा उपाधि जित्न सक्ने प्रबल दाबेदारका रूपमा हेरिएको छ । यदि सिनरले उपाधि जिते भने ५० वर्षअघि एड्रियानो पानाट्टापछि रोमको फोरो इटालिकोमा उपाधि जित्ने उनी पहिलो इटालियन पुरुष खेलाडी बन्नेछन् । ओलम्पिकबाहेक इटालियन ओपन र पे्रmन्च ओपन मात्रै सिनरले जित्न बाँकी ठूला उपाधि हुन् । उनका मुख्य प्रतिद्वन्द्वी कार्लोस अल्काराज भने दायाँ हातको चोटका कारण दुवै प्रतियोगिताबाट बाहिर छन्। ‘यदि सिनरले रोम र पेरिस दुवै उपाधि जिते भने सायद मैले पद छाड्नुपर्ला,’ उनले भने, ‘यदि त्यस्तो भयो भने हामी सबै उपयुक्त र परिणामबारे समीक्षा गर्नेछौं।’

प्रकाशित: २५ वैशाख २०८३ ०७:५५ शुक्रबार