साउथ अफ्रिकाका बायाँहाते ब्याटर डेभिड मिलरले कर्णाली याक्सबाट एनपीएल खेल्ने भएका छन्।
शुक्रबार कर्णाली याक्सले सामाजिक सञ्जालमार्फत उनलाई अनुबन्ध गरिएको औपचारिक घोषणा गरेको हो।
३७ वर्षीय मिलरले दक्षिण अफ्रिकाका लागि १८० एकदिवसीय र १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
मिलरले एकदिवसीयमा ४ हजार ७६२ र टी–२० अन्तर्राष्ट्रियमा २ हजार ८०४ रन बनाएका छन्। उनले एकदिवसीयमा आठ शतक र २४ अर्धशतक तथा टी–२० अन्तर्राष्ट्रियमा दुई शतक र नौ अर्धशतक बनाएका छन्।
हालसम्म उनले टी–२० क्रिकेटमा ५८४ खेलमा चार शतक र ५३ अर्धशतकसहित १२ हजार ४३५ रन बनाएका छन्।
प्रकाशित: ६ कार्तिक २०८३ १८:१३ शुक्रबार





