संयुक्त अरब इमिरेट्स (युएई) ले दिएको १२९ रनको लक्ष्य पछ्याइरहेको नेपालले दोस्रो विकेट गुमाएको छ।
आजकै खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका युवा खेलाडी सन्तोष यादव मात्र १ रन बनाएर पभिलियन फर्किएका हुन्।
नेपालको खातामा ७१ रन हुँदा ८.३ ओभरमा सन्तोष आउट भएका हुन्। उनलाई युएईका बलर निलान्श केसवानीको बलमा विकेटकिपर अदीब उस्मानीले स्टम्पिङ आउट गराए।
सन्तोषले ४ बलको सामना गर्दै १ रन मात्र जोड्न सके। यसअघि ओपनर कुशल मल्ल १९ रन बनाएर आउट भएका थिए।
अहिले क्रिजमा ओपनर कुशल भुर्तेल र कप्तान दीपेन्द्र सिंह ऐरी रहेका छन्। भुर्तेल उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतकको नजिक पुगेका छन्।
प्रकाशित: ८ वैशाख २०८३ १९:३६ मंगलबार





