८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
खेल

सन्दीपको घातक बलिङ, एकै ओभरमा लिए दुई महत्त्वपूर्ण विकेट

त्रिवि क्रिकेट मैदानमा जारी युएईविरुद्धको पहिलो टी–२० खेलमा सन्दीप लामिछानेले एकै ओभरमा दुई विकेट लिँदै नेपाललाई खेलमा फर्काएका छन्।

७८ रनको संशोधित लक्ष्य पछ्याइरहेको युएईका आक्रामक ब्याट्सम्यानलाई आउट गर्दै सन्दीपले नेपालको आशा कायमै राखेका हुन्।

सन्दीपले आफ्नो स्पेलको पहिलो ओभरमै युएईका कप्तान मोहम्मद वसिम र अदिव उस्मानीलाई पभेलियनको बाटो देखाए।

विस्फोटक ब्याटिङ गरिरहेका वसिम १५ बलमा ३३ रन बनाएको अवस्थामा सन्दीपको बलमा कुशल मल्लद्वारा क्याच आउट भए। ३.३ ओभरमा ३५ रन जोडेको युएईले वसिमका रूपमा पहिलो विकेट गुमाएको थियो।

सोही ओभरको पाँचौं बलमा सन्दीपले अर्का ब्याट्सम्यान अदिव उस्मानीलाई २ रनमा एलबीडब्लुको धरापमा पारे।

मात्र ५ बल बलिङ गरेका सन्दीपले ७ रन खर्चेर २ विकेट लिएका हुन्। यसअघि युएईका ओपनरहरूले तीव्र गतिमा रन जोडेपछि नेपाल दबाबमा देखिएको थियो।

हेमन्त धामीले आफ्नो १ ओभरमा २० रन खर्चेका थिए।

प्रकाशित: ७ वैशाख २०८३ २०:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App