२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

नेपालका लागि १०० औँ अन्तर्राष्ट्रिय फुटबल खेल पूरा गर्दै रोहित चन्द

नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रोहित चन्दले मंगलबार(आज) नेपाली टोलीका लागि १०० औँ अन्तर्राष्ट्रिय खेल खेल्दै छन्। केही बेरमा भियतनामविरुद्ध सुरु हुने खेलमा भाग लिन लागेका चन्दको यो नेपाली राष्ट्रिय टोलीका लागि सयौँ अन्तर्राष्ट्रिय खेल हुनेछ। उनलाई केही बेरअघि मात्र टोली तथा एन्फाका केही पदाधिकारीले सम्मान स्वरूप स्मृति चिन्ह प्रदान गरेका छन्। 

नेपालबाट रोहित चन्द दोस्रो खेलाडी हुन्, जसले आज १०० क्याप जित्दै छन्। यसअघि नेपालका कप्तान किरणकुमार लिम्बूले १०० खेल पूरा गरिसकेका छन्।

प्रकाशित: २८ आश्विन २०८२ १८:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App