मार्टिन जुबिमेन्डीको दुई गोलमा आर्सनलले शनिबार नटिङ्घम फरेस्टलाई हराउँदै प्रशिक्षक एन्ज पोस्टेकोग्लुलाई हारबाट सुरुआत गर्न बाध्य बनाएको छ।
आफ्नो घरेलु मैदान इमिरेट्स स्टेडियममा आर्सनलले पोस्टेकोग्लुको पहिलो खेलमा नटिङ्घमलाई ३–० ले सहजै हराएको हो। क्लोज सिजनमा रियल सोसिडाडबाट आर्सनलमा आएका स्पेनिस मिडफिल्डर जुबिमेन्डीको गनर्सका लागि यसै खेलमा पहिलो गोल गरेका हुन्। उनले पहिलो हाफमा गोल गर्दै अग्रता दिलाए र पहिलो हाफ भिक्टर ग्योकेरेसले आर्सनलको अग्रता दोब्बर बनाएका हुन्।
खेल सकिन केही समय हुँदा ग्योकेरेसले फेरि अर्को गोल थपे। यस सिजन चार खेलबाटआर्सनलको तेस्रो जित हो। आर्सनल गोलअन्तरको आधारमा अंकतालिकाको शीर्ष स्थान छ। लिभरपुल आइतबार बर्नलीसँग खेल्नेछ र आर्सनललाई पछि पार्ने अवसर पनि हुनेछ।
फिफा इन्टरनेसनल ब्रेकअघि अन्तिम खेलमा आर्सनल लिग च्याम्पियन लिभरपुलसँग १–० ले पराजित भएको थियो। यस खेलमा जित निकाल्दै आर्सनल लयमा फर्कने आशामा थियो र सफलता पनि पाएको छ। आर्सनलले सिजनको सुरुमा लिड्स र म्यानचेस्टर युनाइटेडविरुद्ध जितले यस सिजन राम्रो गर्ने देखाएको थियो।
लिभरपुलसँग भने संघर्ष गर्नुपर्यो। ब्रेकपछि फेरि आर्सनलले लय समातेको छ। नोनी मडुएकेको प्रदर्शनले मात्रै होइन टोलीले नै लय समातेपछि आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले पनि उपाधि दाबेदार दिन सक्ने विश्वास लागेको छ। यो प्रदर्शनले उनको टोली उपाधि दाबेदारी दिन सक्षम हुनेछ। आर्टेटाको लागि एकमात्र खराब पक्ष खेलाडीको चोट हो।
आर्सनल कप्तान मार्टिन ओडेगार्ड चोटका कारण बाहिरिनुपर्यो। पहिलो हाफमा काँधको समस्या देखिएपछि उनी बाहिरिएका हुन्। ओडेगार्डभन्दा पहिला नै चोट बोक्से खेलाडीको लामो सूची छन्। जसमा बुकायो साका, काई हाभटर्ज, गेब्रियल जेसस र विलियम सालिबा पनि हुन्। यता टोटेनहम हट्सपरबाट निकालिएको तीन महिनापछि पोस्टेकोग्लु उत्तरी लन्डनमा फर्किएको अनुभव सुखद भएन।
गत सिजन उनको प्रशिक्षणमा टोटनहमले १७ वर्षपछि ट्रफीको खडेरी तोडेको थियो। युरोपा लिग जिते पनि टोटेनहमले उनलाई निकालेको हो। नुनो एस्पिरिटो सान्टोको नटिङ्घमका मालिक इभान्जेलोस मारिनाकिससँग सम्बन्ध बिग्रएपछि पोस्टेकोग्लु क्लबमा आएका हुन्।
मारिनाकिसले एस्पिरिटोलाई बर्खास्त गरेलगत्र्तै पोस्टेकोग्लु भित्राए तर पहिलो खेलमा खराब नतिजासँग पोस्टेकोग्लुमाथि दबाब बढेको छ।
गत सिजनमा उनको प्रशिक्षणमा १९७६–७७ पछि टोटेनहमले लिगमा सबैभन्दा खराब नतिजा सामना गर्नु परेको थियो। यसपल्ट उनले फरेस्ट प्रमुख ट्रफीहरूको लागि चुनौती दिने स्थितिमा छ भन्दै दाबी पनि गरेका छन्। यद्यपि, अस्ट्रेलियनले प्रशिक्षकले सुखद नतिजा दिन सकेनन्।
प्रकाशित: २९ भाद्र २०८२ ०९:३८ आइतबार





