प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ)ले मधेश प्रदेशलाई ७४ रनले पराजित गरेको छ।
सोमबार एपीएफले दिएको ३९१ को विशाल लक्ष्य पछ्याएको मधेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१६ रन मात्र बनाउन सक्यो।
मधेशको लागि आदिल आलमले सर्वाधिक ८७ रन बनाए। उनले केवल ४३ बलमा उक्त रन बनाएका हुन्। सो क्रममा उनले ८ छक्का र ६ चौका प्रहार गरे। त्यस्तै, मधेशका अरनिको यादवले ८६ रनको योगदान दिए। अरनिकोले ७३ बलमा ६ छक्का र ८ चौका प्रहार गरे। त्यस्तै, मधेशका कप्तान अनिल शाह २९ रनमा आउट भए।
एपीएफको लागि अभिषेक गौतमले ३ विकेट लिए।
त्यसअघि नारायणी क्रिकेट मैदान वीरगञ्जमा टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३९० रन बनायो। एपीएफको लागि ओपनर आशिफ शेखले २०८ रन बनाए। १४२ बल खेलेका उनले १५ चौका र १७ छक्का प्रहार गरे।
त्यस्तै, कप्तान रोहित पाैडेल ५५ रन र सन्दीप जोरा ५६ रन बनाए। मधेशको लागि रुपेश सिंहले ३ विकेट लिए।
प्रकाशित: ३० चैत्र २०८२ १६:३३ सोमबार





-600x400-wm.jpg)