१० आश्विन २०८३ शनिबार
image/svg+xml
खेल

पथरीशनिश्चरे गोल्डकपः उद्घाटन खेलमा पथरी–११ र कुर्सेङ भिड्ने

मोरङको पथरीशनिश्चरेमा आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरीशनिश्चरे गोल्डकप-२०८३ को खेल तालिका सार्वजनिक भएको छ।

प्रतियोगिताको उद्घाटन खेलमा पथरी-११ एफसी मोरङ र युनाइटेड कुर्सेङ फुटबल क्लब (यूकेएफसी) भारतबीच प्रतिस्पर्धा हुनेछ। खेल असोज १७ मा पथरी रंगशाला जाते मोडमा हुनेछ।

असोज १८ मा न्यु रोड टिम (एनआरटी) काठमाडौं र सलहेश युवा क्लब सिरहाबीच खेल हुनेछ। त्यस्तै, असोज १९ मा थ्री स्टार क्लब ललितपुर र झापा-११ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।

असोज २० मा नेपाल पुलिस क्लब काठमाडौं र रेड हर्स फुटबल क्लब इलाम आमनेसामने हुनेछन्।

पहिलो क्वार्टरफाइनलका विजेताबीच असोज २१ मा पहिलो सेमिफाइनल खेल हुनेछ। अर्को सेमिफाइनलमा असोज २२ मा दोस्रो र चौथो खेलका विजेता भिड्नेछन्।

प्रतियोगिताको फाइनल खेल असोज २४ मा हुनेछ। प्रतियोगिताका सबै खेल पथरी रंगशाला जाते मोडमा  हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा नेपालका विभिन्न क्लबका साथै भारतको युनाइटेड कुर्सेङ फुटबल क्लबको सहभागिता रहनेछ। प्रतियोगिताको विजेता टोलीले ६ लाख रुपैयाँ र उपविजेता टोलीले ३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।  

 

 

प्रकाशित: १० आश्विन २०८३ १३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App