७ कार्तिक २०८३ शनिबार
image/svg+xml
खेल

पाकिस्तानी क्रिकेटर हुसैन काठमाडौंमा, कर्णाली याक्सबाट एनपिएल खेल्ने

कर्णाली याक्समा अनुबन्ध भएका टेस्टराष्ट्र पाकिस्तानका हुसैन तलात नेपाल आइपुगेका छन् ।  

शुक्रबार उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा.लीका प्रतिनिधिले स्वागत गरेका थिए ।  

क्लबले बिहीबार ३० वर्षीय अलराउन्डरलाई अनुबन्ध गरेको थियो । लाहोरमा जन्मिएका तलातले सन् २०१८ देखि पाकिस्तानी राष्ट्रिय टिमबाट खेल्दै आएका छन् ।  

तीव्र गतिका बलरले पाकिस्तानबाट २३ टी–२० आई खेल खेल्दा ४४१ रन बनाएका छन् । त्यस्तै, ६३ विकेट लिएका छन् । यसक्रममा दुई अर्धशतक बनाएका थिए ।  

एकदिवसीयतर्फ १२ खेल खेल्दा २२४ रन बनाउनुका साथै ६२ विकेट लिएका छन् । लिस्ट ए मा भने १२५ खेल खेल्दा तीन हजार ७५४ रन बनाएका छन् । यस्तै, १४१ विकेट लिएका छन् ।  

पाकिस्तानी अलराउन्डर तेस्रो सिजनका लागि कर्णाली याक्समा अनुबन्ध हुने चौथो विदेशी खेलाडी हुन् । समग्रमा कर्णालीले चार पाँच खेलाडी अनुबन्ध गरिसकेको छ ।  

यसअघि बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम र अकबर अली तथा स्कटल्यान्डका अलराउन्डर मार्क वाट अनुबन्ध भइसकेका छन् । अरिफुल र अकबर समेत नेपाल आइसके । शुक्रबारमात्रै कर्णाली याक्सले पाकिस्तान टी–२० टिमका कप्तान साहिवजादा फर्हानलाई अनुबन्ध गरेको छ । यस्तै, क्लबले विश्व चर्चित एक क्रिकेटरलाई चाडै सार्वजनिक गर्दैछ ।

कात्तिक ९ गते सुरु हुने एनपिएलका लागि कर्णालीले घरेलु खेलाडीको रुपमा मार्की सोमपाल कामीसँगै राष्ट्रिय टिमबाट खेलिरहेका अलराउन्डर गुल्सन झा र बलर नन्दन यादव तथा विपिन शर्मा, युनिसविक्रम सिंह, दीपेन्द्र रावत, पवन सर्राफ, युवराज खत्री, दीपक डुम्रे, सूर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मालाई अनुबन्ध गरेको छ ।

प्रकाशित: ६ कार्तिक २०८३ १७:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App