६ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
खेल

पाकिस्तानका कप्तान साहिबजादा फर्हानले कर्णाली याक्सबाट खेल्ने

कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि टेष्ट राष्ट्र पाकिस्तानका कप्तान साहिवजादा फर्हानलाई अनुबन्ध गरेको छ।

क्लबले बिहीबार ३० वर्षीय मध्यक्रमका दाया हाते ब्याटर फर्हानलाई अनुबन्ध गरेको घोषणा गरेको हो। उनी कर्णाली याक्समा अनुबन्ध हुने दोस्रो पाकिस्तानी राष्ट्रिय टिमका खेलाडी हुन्।

बिहीबार नै कर्णालीले पाकिस्तानका चर्चित अलराउन्डर हुसैन तलातलाई अनुबन्ध गरेको थियो। मध्यक्रमका ब्याटर फर्हानले सन् २०१८ मा अस्ट्रेलियाबाट खेल्दै टी–२० आईमा डेब्यु गरेका थिए।

उनले पाकिस्तानबाट टी–२० मा ५१ खेल खेल्दा एक हजार ५ सय ५४ रन बनाएका छन्। जसमा २ शतक र १३ अर्धशतक सामेल छ। उनले रावलपिण्डीमा भएको पछिल्लो तीन टी–२० आईमै अर्धसतक बनाएका छन्।

कर्णाली याक्स स्पोट्स् प्रालीमा मालिक गृहेन्द्र घिमिरेले फर्हानको आगमनसँगै टिमको मध्यक्रम बलियो बन्ने बताए।

‘फर्हान जस्ता खेलाडी एनपिएलमा खेलाउन पाउनु हाम्रो खुसीको कुरा हो। हामी उनलाई भित्राउन सफल भएका छौं,’ मालिक घिमिरेले भने, ‘पाकिस्तानका कप्तान फर्हानको आगमनसँगै कर्णाली याक्सको मध्यक्रम निकै बलियो भएको विश्वास छ।’

मालिक घिमिरेले फर्हान जस्ता खेलाडीलाई एनपिएलमा भित्राउन पाउनु पयर्टन प्रवर्धनमा अर्को खुड्किलो पार गरेको पनि बताए।  

पाकिस्तानी कप्तान तेस्रो सिजनको लागि कर्णाली याक्समा अनुबन्ध हुने पाँचौ विदेशी खेलाडी हुन्। यसअघि कर्णालीले पाकिस्तानकै अलराउन्डर हुसैन तलातसँगै बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम र अकबर अलीलाई भित्राइसकेको छ।

त्यस्तै, दोस्रो सिजनमा सानदार प्रदर्शन गरेको स्कटल्यान्डका अलराउन्डर मार्क वाट पनि टिममा अनुबन्ध भइसकेका छन्। वाटबाहेक फर्हान, तलात, अरिफुल र अकबर तीनै जना पहिलो पटक एनपिएल खेल्दैछन्।

कात्तिक ९ बाट सुरु हुने एनपिएलको लागि कर्णालीको मार्कीमा सोमपाल कामी छन्। यस्तै, राष्ट्रिय टिमबाट खेलिरहेका अलराउन्डर गुल्शन झा र बलर नन्दन यादव पनि कर्णालीमै छन्।

यसबाहेक कर्णालीले कर्णाली प्रदेशकै विपिन शर्मा, युनिस विक्रम सिंह र  दीपेन्द्र रावतसँगै पवन सरार्फ, युवराज खत्री, दीपक डुम्रे, सुर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मालाई अनुबन्ध गरेको छ।

प्रकाशित: ६ कार्तिक २०८३ १४:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App