कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिने पहिलो टोली बनेको छ।
मंगलबार पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित भएसँगै लिग चरणको कर्णाली एक खेल अगावै बाहिरिएको हो। कर्णालीका प्रशिक्षक राजु बस्न्यातले टिममा सन्तुलन नमिल्दा बाहिरिनुपरेको बताए।
उनले भने, ‘सुरूको खेल हार्दादेखि नै टिमको मनोबल खस्किएको थियो, त्यसपछिका खेलहरूमा पनि सोचेअनुसार प्रदर्शन गर्न सकेनौं।’
बलिङ, ब्याटिङ र फिल्डिङ सबै कुरामा चुक्दा यस्तो नतिजा आएको उनको भनाइ थियो। उनले भने, ‘कागजमा हेर्दा हाम्रो टिम बलियो नै थियो तर मैदान उत्रिँदा फितलो प्रदर्शन भयो, जसका कारण बाहिरिन बाध्य भयौं।’
कर्णालीमाथि जीत निकाल्दै पोखराले प्लेअफको सम्भावना जीवितै राखेको छ। पोखराले भने पाँच खेलबाट चार अंक पुर्याएको छ।
प्रकाशित: १७ मंसिर २०८२ ०९:५७ बुधबार





