५ मंसिर २०८३ शनिबार
image/svg+xml
खेल

एनपिएल फाइनल : सुरुवाती झट्कापछि सम्हालिँदै लुम्बिनी, ७ ओभरमा ५२ रन

नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ब्याटिङ गरिरहेको लुम्बिनी लायन्सले सुरुवाती झट्का बेहोरे पनि इनिङ्स सम्हाल्दै अर्धशतक पूरा गरेको छ।

शनिबार जारी फाइनलमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको लुम्बिनीले ७.३ ओभरमा २ विकेट गुमाएर ५२ रन बनाएको छ।

हाल क्रिजमा लुम्बिनीका कप्तान रोहित पौडेल १६ बलमा २ चौकासहित १५ रन र विकेटकिपर निरोशन डिकवेला ७ बलमा १ छक्काको मद्दतले १३ रन बनाएर अविजित खेलिरहेका छन्। पछिल्ला ५ ओभरमा १ विकेट गुमाएर ९.४० को रनरेटमा ४७ रन जोडेको लुम्बिनीको समग्र रनरेट ६.९३ रहेको छ।

यसअघि लुम्बिनीको सुरुवात कमजोर बनेको थियो। २.२ ओभरमा टिमको ५ रन हुँदा आसिफ शेख ४ बलमा १ रन बनाएर स्कट कुगेलेइनको बलमा एलबीडब्ल्यू आउट भए।

त्यस्तै ५.३ ओभरमा ३५ रनको स्थितिमा डार्सी सर्ट १८ बलमा ४ चौकासहित २१ रन जोडेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा बोल्ड भए। लुम्बिनीले अतिरिक्त २ रन पाएको छ।

बलिङतर्फ सुदूरपश्चिमका लागि कप्तान ऐरीले १.३ ओभरमा ६ रन खर्चेर १ विकेट तथा कुगेलेइनले २ ओभरमा ९ रन खर्चेर १ विकेट लिएका छन्। हेमन्त धामीले २ ओभरमा ९ रन खर्चिए भने अनिल खरेलले १ ओभरमा १२ र थरिन्दु रत्नायकेले १ ओभरमा १४ रन दिएर विकेट लिन सकेका छैनन्।

प्रकाशित: ५ मंसिर २०८३ १७:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App