नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सविरुद्ध आक्रामक सुरुवात गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको चितवनले ६ ओभरमा बिना विकेटको क्षतिमा ५० रन बनाएको छ।
चितवनका ओपनर डेभिड मलानले २७ बलमा ३९ रन बनाएका छन्। उनले चार चौका र तीन छक्का प्रहार गरेका छन्। अर्का ओपनर देव खनाल १० बलमा आठ रन बनाएर खेलिरहेका छन्।
विराटनगरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। चितवनले पहिलो ६ ओभरमा ८.३३ को रनरेटमा रन बनाएको छ।
प्रकाशित: १० कार्तिक २०८३ १३:०३ मंगलबार





