२५ जेष्ठ २०८३ सोमबार
image/svg+xml
खेल

ब्राजिललाई विश्वकप जिताउन नेयमारलाई मौका

नेयमारले ब्राजिलको विश्वकप टोलीमा स्थान बनाएका छन्। स्थानीय विश्लेषकहरू र पूर्व फुटबलरहरूले केही दिन अघि मात्र उनी विश्वकपमा फर्किने सम्भावना न्यून रहेको अड्कल गरेका थिए।

३४ वर्षीय नेयमार ७९ गोलका साथ ब्राजिलका सर्वकालीन शीर्ष गोलकर्ता हुन्। तर, अक्टोबर २०२३ मा चोटका कारण उनका बायाँ घुँडाको एसीएल च्यातेपछि फिटनेसमा फर्कन संघर्ष गरिरहेका थिए।

प्रशिक्षक कार्लो एन्सेलोटीले २६ सदस्यीय टोली घोषणा गर्दै नेयमारलाई पनि समेटेका हुन्। यस पटक पनि टोलीमा परेपछि नेयमारले चौथो विश्वकप खेल्ने भएका छन्। उनले यसअघि २०१४, २०१८ र २०२२ विश्वकप खेलिसकेका छन्।

ब्राजिलका मुख्य खेलाडीहरू भिनिसियस जुनियर र राफिन्हा पनि टोलीमा अटाएका छन्।

मे २०२५ मा पदभार ग्रहण गरेका इटालियन प्रशिक्षकले सोमबारको घोषणा नभएसम्म नेयमारबारे कुनै प्रतिक्रिया दिएका थिएनन्।

एन्सेलोटीले गत हप्ता मात्रै ब्राजिलियन फुटबल कन्फेडेरेसनसँगको आफ्नो सम्झौता २०३० को विश्वकपसम्म विस्तार गरेका थिए।  

विश्वकप २०२६ का लागि ब्राजिलको टोलीः

गोलकिपर : एलिसन, एडरसन, वेभर्टन

डिफेन्डर : एलेक्स सान्ड्रो, ड्यानिलो, लियो परेरा, ब्रेमर, इबानेज, वेस्ले, मार्किन्होस, गेब्रियल म्यागाल्हेस, डगलस सान्तोस।

मिडफिल्डर : ब्रुनो गुइमारेस, कासेमिरो, डानिलो सान्तोस, फाबिनहो , लुकास पाकेटा।

फरवार्ड : एन्ड्रिक, गेब्रियल मार्टिनेली, इगोर थियागो, म्याथ्युस कुन्हा, राफिनहा, भिनिसियस जुनियर, लुइज हेनरिक, नेयमार, रायन।

प्रकाशित: ५ जेष्ठ २०८३ ०८:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App