एसियन गेम्सको छनोट प्रतियोगिता र एसीसी महिला प्रिमियर कप खेल्ने नेपाली महिला टोलीको घोषणा भएको छ।
बुधबार नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्यीय टोलीको घोषणा गरेको हो।
यस्तो छ टोली: इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), बिन्दु रावल, सम्झना खड्का, रूबि पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, सीता राना मगर, अनु कठायत, मनीषा उपाध्याय, रुबिना क्षेत्री, सोनी पाख्रिन र सिमाना केसी ।
प्रकाशित: २३ वैशाख २०८३ १८:१९ बुधबार




